fbpx

बर्दियामा बर्थिङ सेन्टर स्थापना

बर्दिया । गुलरिया नगरपालिका १२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । मोहम्मद पुर क्षेत्रमा योभन्दा पहिले प्रसूति केन्द्र नहुँदा नेपालगञ्ज वा गुलरियाको अस्पतालमा जानुपर्ने बाध्यता हटेको सदस्य शर्माले बताए । कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख यादवले यस क्षेत्रमा भएको स्वास्थ्यचौकीलाई अझ प्रभावकारी बनाउन गुलरिया नगरपालिकाले भौतिक पूर्वाधार विस्तार गर्ने बताए । थप पढ्नुहोस्

स्रोतव्यक्तिको दरबन्दीमा नियुक्त सट्टा शिक्षकको भविष्य अन्यौलमा !

काठमाडौं । स्रोतव्यक्तिको दरबन्दीमा नियुक्त सट्टा शिक्षकको जागिर धरापमा परेको छ । सरकारले स्रोतव्यक्तिलाई साविकको दरबन्दीमा काज फिर्ता गर्ने निर्णय गरेपछि सट्टा शिक्षकको भविष्य अन्यौलमा परेको हो । स्रोतव्यक्तिको सट्टामा जागीर खाएका शिक्षक देशभर १ हजार ५३ जना छन् । त्यसमध्ये ९७८ जना अस्थायी हुन् भने ७५ जना स्थायी । यही फागुन ३ गतेको मन्त्रिपरिषद बैठकले स्रोतव्यक्ति हटाउने र उनीहरुको सट्टामा कार्यरत शिक्षकलाई माघ महिनासम्मको तलब दिएर विदा गर्ने निर्णय गरेको थियो । थप पढ्नुहोस्

स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न बेष्ट फाइनान्स र रेडक्रसबीच सम्झौता

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल रेडक्रस सोसाइटी, कमलादी च्याप्टरबीच स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम गर्ने विषयमा सम्झौता भएको छ। सोसम्बन्धी सम्झौता पत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी च्याप्टरका सचिव माधव अधिकारीले हस्ताक्षर गरेका हुन् । थप पढ्नुहोस्

डा. केसीले दिए फेरि अनसन बस्ने चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । आज एक प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राखेका छन् । नागरिकले देशमा हुने गरेका दण्डहीनता र कुशासन विरुद्ध सडक र सामाजिक सञ्जालबाट सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै आइरहेको बेला सामाजिक सञ्जाललाई नै नियन्त्रण गर्नेरी विधेयक ल्याइन खोजिएको केसीको आरोप छ । थप पढ्नुहोस्

पर्यटन र शिक्षा क्षेत्रमा ४८ अर्ब बाहिरियो

सेवा व्यापारमा खुदघाटा साढे ९ अर्बले वृद्धि काठमाडौं । चालु आर्थिक वर्षको प्रथम छ महिनामा मुलुकको सेवा व्यापारमा खुदघाटा रु.९ अर्ब ४५ करोड पुगेको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१ अर्ब ४२ करोडले घाटामा रहेको बैंकले जनाएको छ । नेपालीहरु पर्यटकका रुपमा विदेश जाने हैसियत प्राप्त गरिसकेका छन् । अर्को विदेशी पर्यटकहरुलाई नेपालमा आकर्षित गर्नसक्ने थप प्रडक्टहरुको व्यवस्था गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो । थप पढ्नुहोस्

सरकारी चिकित्सकहरूकाे संकलित हस्ताक्षर सरकारलाई बुझाउने तयारी

काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा आन्दोलनरत सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्ने भएका छन् । आफूहरुको माग सम्बोधन नगरेको भन्दै देशभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरू आज सामूहिक विदामा बस्न लागेका हुन् । सरकारी चिकित्सक संघ, नेपाल 'गोदान'ले विधेयक सच्याउन सरकारलाई बाध्य पार्ने भन्दै एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रमअनुसार राजीनामाका लागि संकलित हस्ताक्षर सरकारलाई बुझाउन उनीहरू शुक्रबार काठमाडौंमा भेला हुदैंछन् । थप पढ्नुहोस्

वीर अस्पतालका कर्मचारी आज पनि धर्नामा

काठमाडौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारी नियुक्तिको माग गर्दै वीर अस्पतालका आधिकारिक कर्मचारी यूनियनले आज सातौं दिन पनि अस्पताल परिसरमा धर्ना दिएको छ ।न्याम्सका पदाधिकारी रिक्त भएको आज १९६ दिन भइसक्दासमेत नियुक्ति गर्ने तर्फ सरकारको ध्यान नगएको भन्दै उनीहरुले अस्पताल परिसरमा धर्ना दिएका हुन् । थप पढ्नुहोस्

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण

विमलबहादुर विष्ट डोटी । पछिल्लो समय जिल्लाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएका कारण विद्यार्थीको आकर्षण बढ्न थालेको छ । जिल्लाको शिखर नगरपालिका–१ केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकास्थित तलारा मावि, सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण मावि, दिपायलमा रहेको दिल्पेशवर मावि, जोरायल गाउँपालिका–१ मा रहेको घण्टेश्वर माविलगायतका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्न थालेको अभिभावक बताउँछन् । थप पढ्नुहोस्

नेपाली भाषा, शिक्षण र वर्तमान अवस्था

कृष्णसुन्दर थापा सभ्यताको विकाससँगै मानवले विविध पक्षको विकास गर्दै गयो । ती विविध पक्षमध्ये भाषा प्रमुख मानिन्छ । मानिसलाई पशुको कित्ताबाट अलग्याउने प्रमुख साधन भाषा नै हो भन्दा अत्युक्ति नहोला । भाषाविनाको मानव सभ्यताको कल्पनामात्र पनि सकसपूर्ण हुन्छ । जनावरीय तथा यायावरीय जीवन व्यतित गर्दै आएको मानवले आफ्ना भावनाहरु आदानप्रदान गर्नका लागि अनवरत प्रयास गर्ने क्रममा भाषाको विकास भयो । ढुङ्गे युगबाट कृषि युग हुँदै औद्योगिक युगमा प्रवेश गरिरहँदा भाषा सँगसँगै लिपिको विकास हुन थाल्यो । थप पढ्नुहोस्

बर्सेनि तीन हजार कुष्ठरोगी थपिँदै

काठमाडौं । सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि बर्सेनि यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन्। कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन्। कुष्ठरोग लाग्नासाथ अधिकांशमा सुरुमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा बिरामी ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ । थप पढ्नुहोस्
1 2 3 88