सांसद यादवद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

वीरगंज । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले नाउक्षे अस्पताल वीरगंजलाई एक थान एम्बुलेन्स हस्तान्तरण गरेका छन् । अस्पतालमा आउने सर्वसाधारण बिरामीहरुको सुविधाको लागि स्वास्थ्य मन्त्रालयबाट अनुदानमा पाएको करिब रु १० लाख मूल्य बराबरको एम्बुलेन्स एक समारोहबीच अस्पतालका मेसु डा. ऐनामुल हकलाई हस्तान्तरण गरेका हुन्। एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद यादवले भने– वीर अस्पतालसँगै जन्मेको मोफसलको पुरानो अस्पतालको अवस्था दयनीय छ, राज्यद्वारा उपेक्षित यस अस्पतालको भौतिक संरचना र सेवा प्रभावकारी बनाउन सबै प्रकारको पहल गर्न तयार छु । थप पढ्नुहोस्

अस्पतालमा डाक्टर नहुँदा बिरामी निजी क्लिनिकमा उपचार गर्न बाध्य

गाईघाट, उदयपुर । जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । थप पढ्नुहोस्

बाजुरेलीका लागि खुशीको कुरा, आन्द्राको शल्यक्रिया सफल

बाजुरा । बाजुराको जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएको हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए । उक्त अस्पतालमा डा दुर्गा महर्जन र डा टीका राई आएपछि हर्निया, हाइड्रोसिल, एपेन्डेकटोमी, पायल्स, सिएस ९सिजिरियन्स सेक्सन० लगायतको शल्यक्रिया सस्तो मूल्यमा हुँदै आएको हो । थप पढ्नुहोस्

आमाको स्मृतिमा ३० लाख मूल्यको डायलाइसिस मेशिन सहयोग

बेनी, म्याग्दी ।  म्याग्दीमा एक परिवारले जिल्ला अस्पताललाई दिवंगत आमाको स्मृतिमा मृगौला रोगीको डायलाईसीस गर्न प्रयोग हुने उपकरण हस्तान्तरण गरेको छ । रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द सुवेदी र माधव सुवेदीले आमा धनीदेवीको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख मूल्य पर्ने डायलाइसिस मेशिन सहयोग गरेका हुन् । मिर्गौला सम्बन्धी रोगको उपचारमा प्रयोग गरिने दुई थान मेशिन माधव र उनकी धर्मपत्नी सपनाले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अनिल पाण्डे तथा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीलाई हस्तान्तरण गरेकी हुन् । थप पढ्नुहोस्

औषधिको मूल्य सरकारले तोक्ने : स्वास्थ्यकर्मीले ‘जेनेरिक’ नाम दिनुपर्ने

काठमाडौं । “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु प¥यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु प¥यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन् ।” “विदेश उपचार गर्न जानुपरे उनीहरुको निजी खर्च होस् । प्रस्तुत विधेयकमा ९जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक० संशोधन हुनु आवश्यक छ । थप पढ्नुहोस्

१५ वटै स्थानीय तहमा स्वास्थ्य बीमा प्रभावकारी बन्दै

भद्रपुर । झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ पुगिसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी लक्ष्मी कँडेलले जानकारी दिए । उनका अनुसार बीमा गराएकामध्ये ५० हजार ५४९ जनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइसकेका छन् । दमकस्थित आम्दा अस्पतालले सबैभन्दा बढी १७ हजार ६०० जनालाई गत एक वर्षको अवधिमा बीमामार्फत उपचार सेवा प्रदान गरेको जनाएको छ । थप पढ्नुहोस्

अस्पतालमा विशेषज्ञ छैनन, महंगोमा उपचार गर्न भारत जानुपर्ने बाध्यता

बैतडी । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मारमा परेका छन् । बिरामी दिनहुँ उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य छन् । सामान्य शल्यक्रियाका लागि समेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाट बताउँछन । “जिल्ला अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छैन, सामान्य समस्या हुँदा पनि भारतीय अस्पतालको भर पर्नुपर्छ,” उनले भने । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी नै छैन । अन्य दरबन्दीका चिकित्सकसमेत जिल्लामा बस्दैनन् । थप पढ्नुहोस्

क्यान्सर अस्पतालमा बिरामीको चाप

नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । अस्पताल प्रमुख क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार सेवा प्रारम्भ गरेको डेढ महिनाको अवधिमा ५२२ जनाको उपचार भएको छ । सरकारीस्तरबाट राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । असार ९ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि अस्पताल सञ्चालनमा आएको हो । अस्पतालले हालका लागि बहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवामात्र दिन सकेको छ । थप पढ्नुहोस्

गत आर्थिक बर्षमा ४९ हजार बिरामीको निःशुल्क उपचार

बिराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी गत आर्थिक बर्षमा पूर्वी नेपालका गाउँ–गाउँमा ६५ ओटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । थप पढ्नुहोस्

अस्पताल निर्माण गर्न ठेकेदारलाई दिएको पेश्की फिर्ता !

म्याग्दी । बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले काममा ढिलासुस्ती गरेपछि महादेव–खिम्ती–ज्वाला–रफीना जेभीको बैंक जमानतबाट असुल हुने गरी पेश्की फिर्ताका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले बेनी अस्पतालको पचास शय्या क्षमताको भवन निर्माणको जिम्मा पाएको थियो । पेश्की लगे पनि कार्ययोजना र लक्ष्यअनुसार काम गर्न नसकेपछि रु ६६ लाख असुल गराउन जमानत बसेको बैंकलाई पत्राचार गरिएको कार्यालयका लेखा अधिकृत मीनबहादुर बानियाँले बताए । थप पढ्नुहोस्
1 2 3 19