१४ माघ, काठमाडौं । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिनाचिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमै सुरु भएको छ । मुटु रोगको उपचारमा विशेष ख्याति कमाएको देशको अग्रणी र अन्तर्राष्ट्रिय स्तरको अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले यूरोप-अमेरिकामा मात्र संभव प्रविधि प्रयोग गरी एक बिरामीको सफल उपचार गरेका हुन् । नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ यादवकुमार भट्ट नेतृत्वको टिमले अधिक क्याल्सियमका कारण बन्द भएको मुटुको नशा बिनाचिरफार खुलाउने विशेष…