fbpx

संघीय कानुनविपरित पुतलीबजार नगरपालिकाको शिक्षा ऐन

विद्यालय व्यवस्थापन समिति गठन प्रकृया विवादित प्रदिप कोइराला स्याङजा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा बखेडा निकालेपछि नगर क्षेत्रका सामुदायिक विद्यालयहरु धारासायी बन्ने भएका छन् । संघीय कानून, ऐन र नियमावली विपरित नगर ऐन बनाएर किचलो सिर्जना गरेपछि नगर क्षेत्रका विद्यालय धारासायी बन्ने भएका हुन् । पुतलीबजारले नगर शिक्षा ऐन २०७४ जारी गरेर हालसम्म गठन भएका माध्यामिक विद्यालयका व्यवस्थापन समिति खारेज गरेपछि विवाद उत्पन्न भएको हो । थप पढ्नुहोस्

४८ परीक्षार्थीले एसइई दिन नपाउने

सिन्धुली । आगामी चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले जानकारी दिए । प्राविधिकतर्फ इञ्जिनीयरिङमा ६८, कृषितर्फ ११३ गरी १८१ ले परीक्षा दिने र प्राविधिकहरुका लागि एउटै परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए । थप पढ्नुहोस्

नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४

काठमाडौं । नेपालमा उपलब्ध सबैे टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीका लागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा लिन सकिनेछ । नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका अन्य टेलिकम सेवाबाट सिधा ११३४ डायल गरी नेपाल मेडिसिटी अस्पतालको आकस्मिक सेवाको लागि सम्पर्क गर्न सकिनेछ । एम्बुलेन्स तथा हेली सेवाका लागि अस्पतालको हटलाईन नम्बर डायल गर्न सकिनेछ । थप पढ्नुहोस्

तीन हजारका दरले चौबिस विद्यार्थीलाई छात्रवृत्ति

भद्रपुर । झापा गाउँपालिका–६ शरणामतिस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत २४ विद्यार्थीलाई रु तीन हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा स्थापित रमा–पदम स्मृति अक्षयकोषबाट २० विद्यार्थी र वैदेशिक रोजगार छात्रवृत्तिवापत चार गरी २४ विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयमा कनकाई नगरपालिका–३ का प्रतिमान उप्रेती र गङ्गादेवी उप्रेतीद्वारा आमाबुबाको नाममा ‘रमा–पदम स्मृतिकोष’ स्थापना गरिएको थियो । थप पढ्नुहोस्

सरकार शिक्षकका मागप्रति उदासीन भएको भन्दै विरोध प्रदर्शन

काठमाडौं । सरकारले आफ्नो मागप्रति उदासीनता देखाएको भन्दै छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले मंगलबार काठमाडौमा विरोध प्रदर्शन गरेका छन् । आफुहरुले राखेको पछिल्लो माग र छलफलको बिषयलाई सरकारले कुनै लिखित तथा मौखिक निर्णय नदिएको भन्दै उनीहरुले काठमाडौको माइतिघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । थप पढ्नुहोस्

माईग्रेन भनेको के हो ? कसरी कम गर्न सकिन्छ

एजेन्सी । माईग्रेन भनेको अर्धकपाल अथवा आधि टाउको दुखाई हो । माईग्रेनले एकापट्टिको टाउकोको भागलाई सधैको दुखाईलाई मात्र होईन एक किसिमको दिन अथवा महिनाको अन्तरालमा समेत दुखाई हुन्छ । यो घण्टा वा केही दिनको अन्तराल सम्म हुन्छ र आफसे आफ निको हुन्छ । हामी त्यस्तो अवस्थालाई माइग्रेन भन्छौ । माईग्रेनका कारण १. माईग्रेनको कारण हाल सम्म पनि पत्ता लाग्न सकेको छैन् । २.माईग्रेन भएको मान्छेको डलिबिकल टेस्ट गर्दा ब्रेन भित्रको रक्त सञ्चार व्रेन बाहिरको रक्त संञ्चार अहाब्यालेन्स आउछ । ३. व्रेन भित्रका नलीहरु खुम्ची रहेको र बाहिरको नलीहरु चाही फैलि रहेको हुन्छ । थप पढ्नुहोस्

तपाईलाई मधुमेह भएको छ ? थाहा पाउनुस कस्तो खाने कुरा खानु उपयुक्त हुन्छ !

काठमाडौं । पछिल्लो समय धेरैजसो मानिस मधुमेहको समस्या भएर अस्पताल पुग्ने गर्छन् । हाम्रो शरीरमा अधिकांश रोग हाम्रै जीवनशैलीका कारण लाग्ने गर्छन् । सन्तुलित खानपान, नियमित व्यायाम गरेको खण्डमा मधुमेहबाट बच्न सकिन्छ । मधुमेह रोग लागेकाले खानेकुरामा अत्यन्तै ध्यान दिनुपर्छ । मधुमेह लागेकाले खानामा ध्यान दियो भने बिस्तारै यो नियन्त्रण हुँदै जान्छ । अब जानौँ, मधुमेह रोगीले खाने खानाबारे: १.मधुमेह रोगीले कार्बोहाइड्रेटयुक्त खाना जस्तै स् भात, आलु कम मात्रामा खाने गर्नुपर्छ । त्यस्तै, बोसो वा चिल्लो पनि कम खान आवश्यक छ । थप पढ्नुहोस्

बहिरा विद्यार्थीलाई खाद्यान्न

प्रकाश डोटेल स्याङ्जा । स्याङ्जा सरमुकामस्थित पुतलीबजार नगरपालिका ३ मा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्थानीय एक सहकारीले खाद्यान्न सामाग्री विरतण गरिएको छ । पुतलीबजार नगरपालिका ५ नयाँबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई खाद्यान्न वितरण गरेको हो । विद्यालयमा अध्ययनरत फरक क्षमताका २२ विद्यार्थीलाई १५ दिन पुग्ने खाद्यान्न सामाग्री वितरण गरिएको छ । खाद्यान्न सामग्रीमा चामल, तरकारी, तेल र फलफूल प्रदान गरिएको संस्थाको अध्यक्ष नरेन्द्रविक्रम थापाले जानकारी दिए । थप पढ्नुहोस्

राहत शिक्षकसंग सरकारको तीन बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । राहत शिक्षक तथा बाल विकास केन्द्र 'इसिडी'का सहयोगी कार्यकर्ताको सरकारसँग तीन बुँदे सहमतिपछि आन्दोलन फिर्ता लिएका छन् । केही दिनयता काठमाडौंको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको हो । सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले बिहीबार जारी गरेको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । थप पढ्नुहोस्

महिना दिनदेखि थलामा गण्डकी मेडिकल कलेज

पोखरा । सामान्य अवस्थामा विरामीको उपचार गरी स्वस्थ बनाउने अस्पताल आफै थलामा परेको छ भन्दा जो कसैलाई पत्याउन कठिन हुने गर्दछ । तर पोखरामा रहेको गण्डकी मेडिकल कलेज विद्यार्थी आन्दोलनको कारण एक महिनादेखि आफै विरामी भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको आन्दोलनको कारण अस्पतालका सेवा तथा पठनपाठन पूर्णरुपमा बन्द भएको छ । विरामी मर्कामा परेका छन भने कलेजमा कार्यरत झण्डै एक हजार प्राध्यापक र कर्मचारी एक महिनादेखि कामविहिन हुँदै आएका छन । थप पढ्नुहोस्
1 2 3 4 92