हुम्लामा गएरातिदेखि हिमपात, चिसो बढेपछि विद्यार्थीहरु प्रभावित

हुम्ला । पश्चिमी वायुका कारण हुम्लाको उच्च हिमाली भेगमा गए रातिदेखि हिमपात भएको छ । सदरमुकाम सिमकोटको तापक्रम आइतबार बिहान माइनस १३ डिग्री सेल्सियस पुगेको छ । मौसमविदका अनुसार बिहानदेखि नै मौसम बदली भएकाले दिनभर हिमपात हुने सम्भावना रहेको छ । हिमपातसँगै बढेको चिसोका कारण सदरमुकाम सिमकोटका साथै लिमी मुचु खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँका जनजीवन प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केहीमा वर्षा पनि भएको छ । चिसो बढेपछि एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरु प्रभावित भएका छन् । थप पढ्नुहोस्

डेढ महीनादेखि अस्पतालमा प्रसूति सेवा ठप्प, बिरामी मारमा

गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा. पवन साह र डा. विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो । थप पढ्नुहोस्

बिदाले नचिनेको विद्यालय

तारानाथ आचार्य बलेवा । अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् । घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक विद्यार्थीलाई सहयोग गर्छ । आफन्त भेट्न, घुम्न र अरु व्यक्तिगत कामको लागि सघाउने रातो मसिले लेखिएको भित्तेपात्रोको मितिले बागलुङको एक विद्यालयका शिक्षक विद्यार्थीलाई भने चिनेको छैन । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राममा रहेको धारा माध्यमिक विद्यालयमा बिदाको दिन पनि पठनपाठन हुने गरेको छ । थप पढ्नुहोस्

इतिहासका विद्यार्थी शुन्य, प्राध्यापक आठ जना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा इतिहास विषय अध्ययन गर्न चाहने विद्यार्थी नै पाउन छाडेको छ । २०७० सालमा सात जना विद्यार्थी भर्ना भएकोमा २०७१ सालमा छ जना, २०७२ सालमा दुई जना, २०७३ सालमा एक जना र गत २०७४ सालमा शून्य विद्यार्थी रहे । यस वर्ष नयाँ भर्ना खुला भएकोछ, तर विद्यार्थी नआउलान् कि भन्ने चिन्ताले त्रिवि इतिहास केन्द्रीय विभागका प्राध्यापकहरूलाई सताउन थालेको छ । थप पढ्नुहोस्

चिकित्सा विधेयक प्रतिवेदन बुझाउने तयारी, होला त सर्वसम्मत रूपमा पारित !

काठमाडौं । संसद्को स्वास्थ्य शिक्षा समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेर समितिलाई बुझाउने तयारी गरेको छ । सम्भवतः आज 'बिहीबार'सम्म सहमति जुट्ने र समितिलाई प्रतिवेदन बुझाउने उपसमितिको तयारी छ । उपसमितिका संयोजक भैरवबहादुर सिंहले बुधबार समितिलाई प्रंतिवेदन बुझाउने तयारी भए पनि भाषागत रूपमा प्रतिवेदनलाई मिलाएर बिहीबार बुझाउने तयारी गरिएको जानकारी दिए । डा। गोविन्द केसीले उठाउनुभएको सम्पूर्ण विषय प्रतिवेदनले समेटेको प्रष्ट पार्दै बाहिर आएजस्तो उपसमितिमा कुनै पनि विवाद नरहेको उनले बताए । थप पढ्नुहोस्

इलाममा अनसन बस्नपुगेका गोविन्द केसी किन पछि हटे (विज्ञप्तिसहित)

काठमाडौं । १६ औं अनसन बस्न इलाम पुगेका डाक्टर गोविन्द केसीको अनसनको कार्यक्रम स्थगित भएको छ।डा .केसीले आज एक विज्ञप्ति जारी गर्दै आगामी पुस २५ गतेसम्मको लागि अनसनको कार्यक्रम स्थगित भएको जनाएका छन् ।संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता जनाएकाले २५ गतेसम्मका लागि अनसनको कार्यक्रम स्थगन गरेको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थप पढ्नुहोस्

प्रतिष्ठानद्वारा चर्को शुल्क वृद्धि, बिरामी मारमा

घोराही । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वामित्व लिएको तीन महीनाभित्रै सेवा शुल्कमा वृद्धि गरिएको छ ।प्रतिष्ठानका अनुसार सेवा शुल्क आजदेखि वृद्धि गरिएको हो । पहिले अस्पतालले ठूलो सर्जरी गर्दा लिने रु पाँच हजारलाई बढाएर रु १२ हजार पु¥याएको छ । विगतमा बिरामीले श्ययाको प्रयोग गरेबापत पैसा तिर्न नपर्ने र अब प्रतिव्यक्ति रु १०० तिर्नुपर्ने भएको छ । मध्यम शल्यक्रिया गर्दा रु एक हजारलाई बढाएर रु छ हजार ५०० पु¥याइएको छ । सामान्य शल्यक्रिया गर्दा लाग्ने रु एक हजार पनि बढेर रु दुई हजार ५०० पुगेको छ । थप पढ्नुहोस्

हिमाली जिल्लामा अत्याधिक चिसो बढेपछि स्कुल बिदा

हुम्ला । अत्याधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्याधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए । “आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुवात गरिनेछ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने । थप पढ्नुहोस्

चिकित्सा शिक्षा विधेयक :डा.केसीसँगको सम्झौता अनुसार नै अगाडि बढाइने

काठमाडौं । डा. गोविन्द केसीसँगको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक अगाडि बढ्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको मङ्गलबारको बैठकमा डा. केसीसँगको सम्झौता अनुसार नै विधेयकलाई संसद्मा पेश गरिने सहमति भएको हो । समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीसँग भएको सहमति अक्षरशः लागू गरेर अघि बढ्ने बताए। मन्त्री पोखरेलले केही विषयमा मतभेद हुँदाहुँदै पनि केसीसँग भएका सम्झौता अनुसार अगाडि बढ्ने बताए । थप पढ्नुहोस्

बालबालिकाको चेहरामा खुशी देख्ने प्रधानमन्त्रीको चाहना

काठमाडौं । “बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु” प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रश्नको जवाफमा भने, “मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा मलाई खुशी लाग्छ ।” नेपाल स्काउटले आयोजना आज गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नयाँ पिँढीको चेहरामा मुस्कान हुनुपर्नेमा जोड दिए । “मानिस भोकबाट मुक्त हुनुपर्दछ । कठ्याङ्ग्रिएर मर्ने अवस्था आउनु हुँदैन । समाज समतामूलक हुनुपर्दछ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुशी हुन्छु”, उनले भने । थप पढ्नुहोस्
1 2 3 4 5 82