fbpx

मातृत्व रक्षाका लागि सुरक्षित गर्भपतन

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बाध्यात्मकरुपमा महिलाले गर्भधारण गर्नुपर्ने अवस्थाको अन्त्यका लागि संविधानमा गर्भपतनलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको बताए । महिला, कानून र विकास मञ्चले आयोजना गरेको अन्तक्र्रियमा उनले विसं २०५९ मा मुलुकी ऐनको ११औँ संशोधनका रुपमा गर्भपतनलाई अपराधमुक्त बनाइ हाल अधिकारका रुपमा स्थापित गरिएको बताए । प्रजनन स्वास्थ्यका रुपमा गर्भपतनले मान्यता प्राप्त गरेको हुँदा यसलाई आवश्यकताअनुसार देशभरका सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन राज्यको भूमिका र दायित्व हुनपर्ने उनको भनाइ थियो । थप पढ्नुहोस्

लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून

प्रकाश धौलाकोटी तेह्रथुम । जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहसहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण ९भ्यासेक्टोमी० शिविरका लागि पूर्वी संक्रान्तिबजार पुग्यो । आठराई गाउँपालिकालाई लक्ष्य गरी आयोजित एक दिने शिविरमा एक जना पनि सेवाग्राही आएनन् । संक्रान्तिबजारमा मात्रै हैन, कार्यालयले छथर र फेदाप गाउँपालिकामा आयोजना गरेको शिविरमा पनि सेवाग्राही आएनन् । जिल्लाका सबै स्थानीय तह र जिल्ला अस्पतालमा समेत दुई सातासम्म सञ्चालित सो शिविरबाट जम्मा सात जनाले मात्रै सेवा लिए । थप पढ्नुहोस्

मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

बाबियाचौर । म्याग्दीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताइएकी छिन् । थप पढ्नुहोस्

योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ

धनुषा । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र यसका लागि योग महत्वपूर्ण हुने प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताए । चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा जनकपुरको जानकी मन्दिरमा आज आयोजित योग अभ्यास कार्यक्रममा उनले सो कुरा बताए । उनले योगका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य लाभसमेत लिन सकिने र योगले सकारात्मक सोचको विकास हुनुका साथै आत्म ज्ञानकोसमेत प्राप्ति हुनेहुदा मानव जीवनमा योग अत्यन्तै लाभकारी रहेको विचार व्यक्त गरे । थप पढ्नुहोस्

इँटाभट्टाबाट फर्काइएका ३०० भन्दा बढी बालबालिका विद्यालयमा

रोल्पा । गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेका छन् । विद्यालय बाहिर रहेका त्यस्ता बालबालिकामध्ये केहीलाई वैकल्पिक शिक्षा दिएर कक्षा ३ सम्म भर्ना गरिएको छ भने अधिकांश कक्षा १ मा भर्ना भई नियमित पठनपाठनमा लागेका छन् । जिल्लाको रुन्टीगढी, माडी, त्रिवेणी, सुनिल स्मृति गाउँपालिका र रोल्पा नगरपालिकामा ती विद्यार्थी विद्यालय बाहिर रहँदै आएका थिए । थप पढ्नुहोस्

निःशुल्क कुष्ठ रोग जाँच शिविरमा २ जना कुष्ठरोगी फेला

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको जयसपुरमा थप दुई जना कुष्ठरोगी फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा सञ्चालन गरिएको निःशुल्क कुष्ठ रोग जाँच शिविरमा ती कुष्ठरोगी फेला परेका हुन् । नेपालगन्ज उपमहानगपालिका र जयसपुर स्वास्थ्य चौकीले सञ्चालन गरेको शिविरमा स्वास्थ्य जाँच गराउन आएका १०४ मध्ये कुष्ठरोग भएका उनीहरुलाई निःशुल्क औषधि र आवश्यक परामर्श दिइएको छ । थप पढ्नुहोस्

आइरन चक्कीले महिलाको स्वास्थ्यमा सुधार, सबै किशोरीलाई पनि खुवाइने अभियान शुरु

कालिकोट । कालिकोट जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छ वटा गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने भएको हो । खाँडाचक्र नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकी अन्तर्गतका किशोरीलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ । थप पढ्नुहोस्

स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष ९२०७४ मौका समेत० को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । उक्त परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्ने सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै एमए सिम्बोल नं। टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ । थप पढ्नुहोस्

नेपाललाई स्वस्थ आध्यात्मिक योग केन्द्रको रुपमा विकास गर्ने, कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौं । आज बिहीबार २१ जून, अर्थात् चौथो अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्र संघले २१ जुनलाई योग दिवसका रूपमा घोषणा गरेपछि विविध कार्यक्रम गरेर नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । यसैक्रममा चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, भारतीय राजदूत मञ्जिभ सिंह पुरी लगायत सहभागि भएका थिए । थप पढ्नुहोस्

भोली बिहान ८ बजे देशैभर एकैसाथ योग शिविर

काठमाडौं । चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ । पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंँसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा योगपीठका ट्रष्टी शालिग्राम सिंहले बताए । थप पढ्नुहोस्
Kanjirowa-Ad 1 79 80 81 82 83 106