एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामशरण सापकोटाले भने, ‘फाराम विद्यार्थीले नभई विद्यालयले नै भराउनुपर्छ ।’ यसका लागि परीक्षा बोर्डको वेबसाइटमा फाराम राखिएको छ । थप पढ्नुहोस्

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ तीन लाख ३२ हजार आठ सय ९१, अक्षराङ्कन पद्धतीमो आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार पाँच सय पाँच विद्यार्थीले परीक्षामा सहभागि भएका थिए । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित भएका थिए । नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । थप पढ्नुहोस्

कक्षा ११ को परीक्षाफल शनिबार प्रकाशित हुने !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा शनिबार प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार शनिवार ४ बजे नतिजा प्रकाशित हुनेछ । नतिजा सार्वजनिक गर्नका लागि शनिबार दिँउसो ४ बजे बोर्ड बैठक बोलाएका छन । अहिले उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने, विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेको छ । यो काम अन्तिम चरणमा पुगेकाले शनिबार नै नतिजा प्रकाशित हुने सम्भावना छ । गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी हुन पाँच लाख ४८ हजारले फाराम भरेका थिए । थप पढ्नुहोस्

सबै विद्यालयबाट अस्थायी शिक्षक हटाइने

काठमाडौं । सरकारलाई वषौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ । अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी १ लाख ७ हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्ने लगायत माग राख्दै शिक्षक आन्दोलनमा थिए । थप पढ्नुहोस्

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण

काठमाडौं । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्। सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । थप पढ्नुहोस्

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com.,www.tu.ntc.net.np मा हेर्न सकिने छ भने १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने कार्यालयले जनाएको छ । थप पढ्नुहोस्

एसईई नतिजाको त्रुटिबारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक कमजोरीका कारण माध्यामिक शिक्षा परीक्षा 'एसईई' को नतिजामा त्रुटि हुन गएको स्पष्ट पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले प्राविधिक कमजोरीका कारण एसईईको नतिजामा त्रुटि हुन गएको स्पष्टिकरण दिएका हुन् । एसईईको नतिजाको ग्रेडिङ २४ घण्टा नबित्दै परिवर्तन भएको विषयलाई लिएर आलोचना भइरहेका बेला बोर्डले प्राविधिक त्रुटिका कारण एसईईको नतिजा सच्याउनु परेको जनाएको हो । बोर्डले एसईईको ग्रेडिङ फेरबदल गरेपछि सरकारले त्यसको सत्यतथ्य छानविन गर्न समितिनै गठन गरेको छ । थप पढ्नुहोस्

रुजु गर्ने काम जारी, एसईईको नतिजा आउन अझै केही दिन लाग्ने

काठमाडौं । यो वर्षको एसईईको नतिजा बुधबार नै प्रकाशित हुने व्यापक हल्ला चलेपनि अझै केही दिन लाग्ने भएको छ । परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मिका अनुसार अहिले रुजु गर्ने काम भएकाले आजै प्काशित हुने सूचनाको खण्डन गर्नै नतिजा आउन अझै केहि दिन कुर्नुपर्ने बताएका छन्। रेग्मीले भने अहिले हामी रुजु गर्ने काम भएकाले त्यो सबै सकेर नतिजा निकाल्न केही नभएपनि ४ ५ दिन अझै लाग्ने छ । उनले बजारमा चलेको हल्ला र त्यसले विद्यार्थी तथा अभिभावकलाई दिएको तनावलाई मध्यनजर गर्दै प्रहरीमा पनि उजुरी गरिएको बताए । यस वर्षको एसईई परिक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । थप पढ्नुहोस्

कानुन र मानविकी संकायको परीक्षाफल, गौतमविरुद्ध विशेष अदालतमा मुद्दा

१२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत÷वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल हिजो प्रकाशन गरिएको छ । त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक÷मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल पनि प्रकाशित गरेको छ । उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com/ www.tu.ntc.net.np मा हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने विश्वविद्यालयले जनाएको छ । थप पढ्नुहोस्

एसइईको नतिजा आज सार्वजनिक हुने

२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि बिहान सार्वजनिक गर्ने भएको छ । एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए। बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए । थप पढ्नुहोस्