fbpx

शैक्षिक महोत्सवबाट एक करोड रकम सङ्कलन

गलकोट । जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा रु एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त भएको जग्गाको मूल्यसमेत जोड्दा रु एक करोड ७२ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ । थप पढ्नुहोस्

विकट र दुर्गम क्षेत्रकाे विद्यालयलाई साढे छ लाख सहयोग

म्याग्दी । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयलाई एक परिवारले रु छ लाख ५० हजार सहयोग गरेका छन् । कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि स्थानीय जेठीपार घरब्जा छन्त्यालको परिवारले उक्त सहयोग गरेकाे हो । छन्त्याल परिवारको सहयोगमा कम्प्युटर कक्षा सञ्चालनका लागि एककोठे पक्की भवन निर्माण भएको प्रधानाध्यापक खिममाया छन्त्यालले जानकारी दिए । विद्यालयमा सोमबार आयोजित कार्यक्रममा छन्त्याल परिवारले भवन र दुई थान कम्प्युटर हस्तान्तरण गरेको थियो । थप पढ्नुहोस्

रोयल सहकारी १८ औं बर्षमा प्रवेश,बहिरा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

रोयल को–अपरेटिभ
स्याङ्जा । सदरमुकाम पुतलीबजारमा २०५९ सालदेखि संचालनमा आएको रोयल को–अपरेटिभ सोसाईटी लि. को १८ औं स्थापना दिवसका अवसरमा फरक क्षमताका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री विरतण गरिएको छ । पुतलीजार नगरपालिका ३ बाडखोलामा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २२ जना फरक क्षमताका विद्यार्थीलाई आफ्नो स्थापना दिवसमा रोयलले शैक्षिक सामाग्री स्वरुप कपी, कमल लगायतका सामाग्री वितरण गरेको हो । शैक्षिक सामाग्री विरतण कार्यक्रमा पुतलीबजार नगरपालिका ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले गरिबी निवारणमा सहकारीहरुको भूमिका प्रभाबकारी बन्दै गएको बताए । थप पढ्नुहोस्

कुमारी बैंकद्धारा विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

kumari bank
काठमाडौं । कुमारी बैंकले कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं उक्त बिद्यालयका बालबालिकाको गुणस्तरीय एवं आधारभूत शिक्षामा टेवा पु¥याउने उदेश्यका साथ बैंकले पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेकोे हो । थप पढ्नुहोस्

सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका

ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो । यस गाउँपालिकाभित्र २८ विद्यालय छन्, जसमा एक निजी र २७ सामुदायिक विद्यालय रहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । थप पढ्नुहोस्

रुरु गाउँपालिका जिल्लामै पहिलो पूर्ण विद्यार्थी भर्ना घोषणा

रुरु गाउँपालिका
गुल्मी । गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको थियो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेकोे थियो । विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताए । थप पढ्नुहोस्

सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण

िभमदल गण
सप्तरी । नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो । डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की मञ्च भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कँुवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले विकट क्षेत्रका बालबालिका शिक्षामा पछाडि परेकाले जनता माविलाई पक्की मञ्च निर्माण गरी हस्तान्तरण गरेको बताए । थप पढ्नुहोस्

शंकरदेवमा क्याम्पस प्रमुखको मनोमानी, फुटवल एकेडेमीलाई क्रिकेट प्रतियोगिता सञ्चालनको जिम्मा

shankardev
काठमाडौँ । शंकरदेव क्याम्पस काठमाडौँमा क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले मनोमानी गर्दै विद्यार्थीहरुलाई दुर्व्यवहार गरेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुको वीवीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी पाएको शंकरदेव क्याम्पसले आफुले गर्न नसक्ने भएकोले चन्द्र ब्रदर्श प्रा. लिलाई खेल सञ्चालन गर्ने स्विकृति प्रदान गरेपछि यो विवाद चुलिएको हो । थप पढ्नुहोस्

पाँच विद्यालय आपसमा गाभिए, राष्ट्रपति रनिङशिल्डको उपाधि महेन्द्र ज्योतिलाई

school-merger
दमौली । विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालयमा गाभिएको छ । ती विद्यालयलाई नजिकको अन्य विद्यालयमा समायोजन गरिएको व्यास नगरपालिका शिक्षा शाखाका अधिकृत रामेश्वर लामिछानेले जानकारी दिए । थप पढ्नुहोस्

ब्रिटिस काउन्सिलको अवधारणामा चल्दैछ सामुदायिक विद्यालय

school
नवलपरासी । विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ । अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदन अगाडि बढिरहेको छ । थप पढ्नुहोस्
1 2 3 28