fbpx

पर्यटन र शिक्षा क्षेत्रमा ४८ अर्ब बाहिरियो

सेवा व्यापारमा खुदघाटा साढे ९ अर्बले वृद्धि काठमाडौं । चालु आर्थिक वर्षको प्रथम छ महिनामा मुलुकको सेवा व्यापारमा खुदघाटा रु.९ अर्ब ४५ करोड पुगेको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१ अर्ब ४२ करोडले घाटामा रहेको बैंकले जनाएको छ । नेपालीहरु पर्यटकका रुपमा विदेश जाने हैसियत प्राप्त गरिसकेका छन् । अर्को विदेशी पर्यटकहरुलाई नेपालमा आकर्षित गर्नसक्ने थप प्रडक्टहरुको व्यवस्था गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो । थप पढ्नुहोस्

पारुल विश्वविद्यालय परिसरभित्र पेट्रोलियम गाडीलाई प्रतिबन्ध

काठमाडौं । प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ । शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य र क्याम्पसको वातावरणलाई कार्वनका कारण थप बिग्रन नदिनका लागि यस्तो व्यवस्था गरिएको क्याम्पसले जनाएको छ । क्याम्पसमा यातायातका लागि साईकलको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको समाचारमा उल्लेख छ । क्याम्पसमा प्रयोगका लागि विश्वविद्यालयले अहिले पहिलो चरणमा एक सय साईकल पनि ल्याएको छ । थप पढ्नुहोस्

किन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कर्मचारीले तलब पाएनन् ?

धम्बोझी । मध्यपश्चिमाञ्चल विश्वविद्यालय(मवि)ले १० आङ्गिक क्याम्पसलाई समयमै समायोजन नगर्दा कर्मचारीले तलब पाउन सकेका छैनन् । आङ्गिक क्याम्पसका रुपमा मान्यता पाएको डेढवर्ष बित्दा पनि साविक मध्यपश्चिम विकास क्षेत्रका कर्णाली र प्रदेश नं ५ का १० वटा आङ्गिक क्याम्पसमा कर्मचारी समायोजन भएका छैनन् । कर्मचारी समायोजन नहुँदा आङ्गिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले हालसम्म सेवा सुविधा पाउन नसकेका हुन् । लामो समयसम्म पनि अन्योलमै काम गर्नुपरेको र तलब पनि नपाएको आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीको गुनासो रहेको छ । थप पढ्नुहोस्

पोखरा विश्वविद्यालयका सभापति र सचिवले थाले आमरण अनशन

पोखरा । पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी सम्बन्धी विवाद अदालत हुँदै आमरण अनशनसम्म पुगेको छ ।स्ववियु विवाद समाधानमा विश्वविद्यालयले ध्यान नदिएको र क्याम्पसमा लगाइएको ताला तत्काल नखोलिएको भन्दै स्ववियुका सभापति सुनील तिमिल्सिना र सचिव सुरज परियारले सोमबार साँझदेखि केन्द्रीय कार्यालयमा आमरण अनशन थालेका हुन् । आफैंले हस्ताक्षर गरेको नियम बिपरीत स्ववियु पदाधिकारीको पदावधि थप्न लागिएको भन्दै विश्वविद्यालयका भिसी, रजिस्टार, ४ वटै डिनका कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । थप पढ्नुहोस्

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अनियमितता छानविन गर्न समिति गठन

काठमाडौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भएको भन्दै आर्थिक र नीतिगत भ्रष्टाचारको विषयमा छानविन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो । छानबिन समितिमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगका सदस्य डा। विकास अधिकारी सदस्य छन् । समितिलाई छानबिन प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । थप पढ्नुहोस्

सहरजिष्ट्रार नियुक्तिको विरोध

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ । समाजका अध्यक्ष सञ्जीव रोकाहाले विज्ञप्ति जारी गरी विवादित राजेश झालाई सहरजिष्ट्रारमा नियुक्ति गरिएको र शैक्षिक योग्यताको परीक्षण नगरी उपप्राध्यापकको बढुवा गत जेठ २५ मा भएको विश्वविद्यालयसभाको कार्यादेश विपरीत भएको दाबी गरेका छन् । झा विगत १८ वर्षदेखि विश्वविद्यालयको विभिन्न पदमा रहँदै आएका छन् । थप पढ्नुहोस्

इतिहासका विद्यार्थी शुन्य, प्राध्यापक आठ जना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा इतिहास विषय अध्ययन गर्न चाहने विद्यार्थी नै पाउन छाडेको छ । २०७० सालमा सात जना विद्यार्थी भर्ना भएकोमा २०७१ सालमा छ जना, २०७२ सालमा दुई जना, २०७३ सालमा एक जना र गत २०७४ सालमा शून्य विद्यार्थी रहे । यस वर्ष नयाँ भर्ना खुला भएकोछ, तर विद्यार्थी नआउलान् कि भन्ने चिन्ताले त्रिवि इतिहास केन्द्रीय विभागका प्राध्यापकहरूलाई सताउन थालेको छ । थप पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह,फोटो फिचर

काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयले ९ हजार विद्यार्थीलाई दीक्षित गरेको छ। विश्वविद्यालयबाट स्नातक तथा स्नातकोत्तर उत्तिर्ण गरेका ९ हजार विद्यार्थीहरू दीक्षित भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुलचोक इन्जिनियरिङ क्याम्पसमा भएको दीक्षान्त समारोहकाबीच विद्यार्थीहरूलाई दीक्षित गराए। समारोहमा नौ हजार ५ सय ४ जना विद्यार्थी दीक्षित भएका छन् । थप पढ्नुहोस्

त्रिवि प्राध्यापक संघको केन्द्रीय नेतृत्वमा प्रजातन्त्रवादी समूह निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय कार्यसमितिमा प्रजातन्त्रवादी प्राध्यापक संघको समूहले बहुमत ल्याएको छ ।बहुमत ल्याएकै समुहले पदाधिकारी चयन गर्ने भएकाले प्रजातन्त्रवादीहरुकै तर्फबाट निर्वाचितहरु पदाधिकारीमा नियुक्त हुने भएका छन् । निर्वाचित १५ जना मध्ये आठ जना प्रजातन्त्रवादी पक्षका रहेकाले उनीहरुले पहिलो बैठकबाटै पदाधिकारी चयन गर्ने तय भइसकेको छ । थप पढ्नुहोस्

आज त्रिविको ४४औ दीक्षान्त समारोह, नौ हजार ५०४ जना विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सोमबार ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह हुँदै छ । ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी गराए । समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । थप पढ्नुहोस्
1 2 3 9