श्रीपेच सार्वजनिक, अब संग्राहलय भ्रमण गर्नेले हेर्न सक्ने

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको छ । दरबार संग्रहालयमा रहेको श्रीपेचलाई सोमबार विशेष कार्यक्रम गरी सर्वसाधारणको अवलोकनका लागि सर्वाजनिक गरिएको हो । श्रीपेच सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहितको उपस्थिति थियो । श्रीपेचलाई राजसंस्थाको सबैभन्दा ठूलो प्रतिकका रुपमा लिने गरिन्छ । राजसंस्था अन्त्य भएसँगै संग्रहालयमा परिणत भएको नारायणहिटी दरबारमा रहेको श्रीपेचलाई सोमबार सर्वसाधारणको अवलोकनका लागि राखिएको हो । थप पढ्नुहोस्

नवरात्रको छैठौं दिन आज, कात्यायनी माताको पूजा गरिंदै

काठमाडौं । बडा दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाडौं उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ । दसैंमा ९ दिनसम्म शक्तिपीठ तथा दसैंघरमा पूजा अर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । थप पढ्नुहोस्

पारिवारिक पुनर्मिलनको पर्व दशैंमा घर फर्किनेहरुको उल्लास

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैं बुधवारदेखि शुरु भएसँगै राजधानीका मुख्य नाकाहरुबाट आ–आफ्नो घर फर्किनेहरुको भीड बढेको छ । दशैंमा राजधानीबाट बाहिर जाने मुख्य नाकाहरु कलङ्की, कोटेश्वर, बल्खु, बालाजु लगायतका स्थानमा सार्वजनिक सवारी साधनमा दशैंको हर्षोल्लासका साथ घर फर्किनेहरुको ताँती नै देखिन्छ । आफूलाई आवश्यक पर्ने सामान किनेर साना–ठूला झोलासहित आफ्ना सन्तानको साथमा घर फर्किरहेको दृश्यले दशैंमा थप खुशियाली थपेको देखिन्छ । बजारका साना ठूला पसलमा लत्ताकपडा देखि घरायसी सामान किन्नेहरुको पनि उत्तिकै भीड लागेको छ । थप पढ्नुहोस्

किन लोप हुँदै छ पिङ ?

काठमाडौं । नेपालीको महान् पर्व दशैं –तिहारमा अनिवार्यजसो बनेको पिङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा तिजदेखि दशैं –तिहारसम्म पिङ हालेर खेलिने चलन अहिले लोप हुँदै गएको हो । दशैंका वला बस्तीका टोलमा पिङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पीङप्रति चासो नै छैन । युवापुस्ता पिङप्रति आकर्षित हुन नसक्दा पिङ खेल्ने संस्कृति नै हराउन थालेको हो । वर्षको एकपटक धर्ती छोड्नुपर्छ भन्ने मान्यताका कारणले पिङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो । थप पढ्नुहोस्

भोली श्रीपेच सार्वजनिक गरिने

काठमाडौं । लामो समय देखि सुरक्षाको कारण देखाउँदै सार्वजनिक नगरिएको श्रीपेच अब सार्वजनिक हुने भएको छ । यहि असोज २९ गते 'भोली' सोमबार नारायणहिटी संग्रहालयमा प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा श्रीपेच सार्वजनिक गरिने भएको हो । राजतन्त्रको अन्त्यसँगै तत्कालीन राजा ज्ञानेन्द्रले नारायाणहिटी दरबार छाडेपछि त्यसलाई संग्राहलयमा रूपान्तरण गरिएको थियो । २०६५ फागुन १५ गतेदेखि संग्रहालय सर्वसाधारणका लागि खुला गरिए पनि श्रीपेच भने सार्वजनिक गरिएको थिएन । थप पढ्नुहोस्

नवरात्रको आज पाँचौं दिन, स्कन्दमाताको पूजा

काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिरहेका छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहिन्छन् । थप पढ्नुहोस्

डेढ लाख रुपैयाँसहित जुवातास खेलिरहेका ६ जना पक्राउ

बेत्रावती । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई विदुरबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए । विदुर नगरपालिका–४ विदुर स्थित बद्रीबहादुर खड्काको घरमा उनीसहित छ जना ठूलो रकम बाजी राखेर तास खेलिरहेकोे अवस्थामा पक्राउ गरी कारबाहीका लागि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घरधनी ५४ वर्षका खड्का, ३२ वर्षीय कुमार लामा, ३६ वर्षीय हरि क्षेत्री, ४२ वर्षीय दीपक ओझा, ४७ वर्षीय बाबुराम तामाङ र ३४ वर्षीय सागर लामा छन् । थप पढ्नुहोस्

मेलम्चीका कारण त्रिपुरेश्वर–कलङ्कीको कालोपत्र अलपत्र !

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्र गर्ने कार्य पछि धकेलिएको छ । धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो । कालोपत्र गर्ने वित्तिकै सडक खन्नुपर्ने अवस्था आएकाले आवश्यक समन्वय गरिएको आयोजनाले जनाएको छ । थप पढ्नुहोस्

काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन !

काठमाडौँ । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए । विसं २०६९ पुस १४ गतेदेखि उनी मष्तिस्काघातबाट पीडित थिए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए । यसअघि उनी गम्भिर र अचेत अवस्थामै भएका बेला निधनको खबर बाहिरिएको थियो । तर उनी होशमा रहेको र उपचार सम्भव नभएपछि डाक्टरहरुले न्युरो अस्पतालबाट घर लैजान सुझाव दिएका थिए । थप पढ्नुहोस्

विवाह गरेको एक महिनामै सम्बन्ध विच्छेद !

सप्तरी । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन । नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका–३ का राकेशकुमार रायले मानसिक र शारिरीक यातना दिने गरेकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको साहले बताएकी छन । थप पढ्नुहोस्
1 2 3 253