शर्मिला पाठक
काठमाडौं । काठमाडौं महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो ।
कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५ सहकारी कार्वाहीमा परेका छन् । ती सहकारीलाई कार्वाहीस्वरुप बचतकर्ताको रकम फिर्ता गर्न लिखित सहमति गरी समय तोकिएको छ । थप पढ्नुहोस्
डोटी । खाद्य सङ्कट न्यूनीकरण गर्न दीर्घकालीन लक्ष्यका साथ एक गैरसरकारी संस्थाको सहयोगमा डोटीमा बिउ बैंक स्थापना गरिएको छ ।
हरेक वर्ष बढ्दै गएको खाद्य सङ्कटले समस्या उत्पन्न भइरहेका बेला उन्नत बिउबिजनको प्रवद्र्धन गरी उत्पादनमा वृद्घि गर्दै खाद्य सङ्कटको अवस्था आउन नदिन दीर्घकालीन लक्ष्यका साथ जैविक विविधता संरक्षण मञ्च लिबर्ड नामक एक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा डोटीको जोरायल गाउँपालिका–१ गैरामा बिउ बैंक स्थापना गरिएको हो । थप पढ्नुहोस्
काठमाडौं । परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारवाही गर्ने भएको छ ।
बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारवाही गरिने जनाएको छ । थप पढ्नुहोस्
नेपालमा रहेको विदेशी नागरिक तथा अन्य व्यक्तिहरुबाट सङ्कलन गरी ल्याइएको ती सामग्रीहरु खरीद गर्न आउनेको भीड नै लाग्दछ । रु १० देखि १०० सम्ममा आवश्यकताअनुसारका स्तरीय सामग्री खरीद गर्न सकिने भएकाले विभिन्न उद्योग कारखाना, कार्यालयमा कार्यरत कर्मचारीदेखि सर्वसाधारण समेत आउने गरेको संस्थाकी कार्यकारी सहायक प्रतिमा न्यौपाने बताउँछन् ।
ललितपुर । के तपाईँ एक पटक प्रयोग गरिसकेको वा प्रयोगमा नआएका लत्ताकपडा, पुस्तक, स्टेशनरीका सामग्रीहरु कहाँ व्यवस्थापन गर्ने भन्ने समस्यामा हुनुहुन्छ ? त्यसो भए होस्टेहैंसे नामक संस्थालाई खबर गरिदिनुहोस् । थप पढ्नुहोस्