आगामी असोज दोस्रो सातादेखि देशैभर ४७ ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन

काठमाडौं । आगामी असोज १२ गतेदेखि दशैं तिहार र छठ पर्वलाई ध्यानमा राखेर देशभर ४७ वटा सुपथ मूल्यका पसल खुल्ने भएका छन् । सरकारले काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको आपूर्ति मनत्रालयका प्रवक्ता नवराज ढकालले बताए । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोल्नेछन् । कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर, ललितपुरमा तीनवटै संस्थानले एकीकृत पसल चलाउने तयारी छ । थप पढ्नुहोस्

चट्याङ पर्दा ट्रान्सफर्मरमा क्षति, गाँउ अन्धकार

इलाम, २४ । हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो । सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । थप पढ्नुहोस्

कालीगण्डकी गाउँपालिकामा खानेपानी घरमै आएपछि निकै सहज

वालिङ । एक गाग्री खानेपानीका लागि घण्टौँ बिताउने गरेका कालीगण्डकी गाउँपालिकाका बासिन्दाले लिफ्टिङ खानेपानी योजनाबाट घरमै पानी आएपछि निकै सहज भएको अनुभव गरेका छन् । उक्त समयलाई उनीहरुले अन्य आयआर्जनका कार्यमा लगाउन थालेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालनमा रहेको ढुसखोला डुमही लिफ्टिङ खानेपानी आयोजनाले स्थानीयवासीको दैनिकी फेरिएको हो । कालीगण्डकी गाउँपालिका वडा नं १, २ र ३ का २२५ घरधुरी सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका हुन् । थप पढ्नुहोस्

नहर बगाएपछि चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य

जाजरकोट । बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका छ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन्   । थप पढ्नुहोस्

सप्तकोशीको बाढीले कोशी किनारका बस्तीका पाँच सय घर डुबानमा

राजविराज । गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए। अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक खण्डमा बसाइएको छ । बाढीले झण्डै तीन सय बिघामा लगाइएको धान खेती डुबाएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए । थप पढ्नुहोस्

तीन बर्षयता बैतडीमा औलोको जोखिम उच्च

बैतडी । पछिल्लो समय बैतडीमा औलोको उच्च जोखिम रहेको पाइएको छ । तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका छन् । “हालसम्म ४० औलो रोगी भेटिएका छन्,” पाण्डेयले भने । गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको उनले बताए । थप पढ्नुहोस्

विद्यालय हड्तालको कार्यक्रम स्थगित, छलफलबाट समाधान खोजिने

काठमाडौँ । आफ्ना पेशागत माग पूरा गराउन यही भदौ १२ र १३ गते देशभरका सामुदायिक विद्यालयमा हड्तालको कार्यक्रम फिर्ता भएको छ । संयुक्त अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासङ्घसँगको वार्ताका क्रममा माग पूरा गराउन सकारात्मक पहल गर्ने सहमतिपछि आन्दोलन स्थगन भएको समितिका अध्यक्ष हेमनाथ चौलागार्ईंले बताए । सङ्घीय शिक्षा ऐन तर्जुमाका क्रममा अस्थायी शिक्षकका माग सम्बोधन गर्न महासङ्घले पहल गर्ने सहमति भएको समितिले जनाएको छ । कुनै पनि बहानामा विद्यालय बन्द गराइनु मानव अधिकार विरोधी हुने सरोकार भएकाहरुले बताउँदै आएका छन् । थप पढ्नुहोस्

सङ्घीय सिद्धान्तअनुसार तत्काल कानून बनाउन कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सङ्घीय सिद्धान्त र संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून तत्काल बनाउन माग गरेको छ । काङ्ग्रेसले सोमबार आयोजना गरेको पार्टीकातर्फबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको अन्तरसंवाद कार्यक्रममा उक्त प्रस्ताव पारित गर्दै सम्बन्धित तहले बनाउने कानून सोही तहले बनाउने र निर्णय गर्ने कुरालाई समेत सहज बनाउन माग गरेको हो । थप पढ्नुहोस्

नयाँ ऐनमा सहकारी शिक्षाका लागि पाठ्यक्रम अनिवार्य !

सुर्खेत । नयाँ बन्ने सहकारी ऐनमा सहकारी शिक्षाको पाठ्यक्रम अनिवार्य गर्नुपर्ने माग गरिएको छ । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिद्वारा सोमबार रुकुम पश्चिम चौहरजहारी नगरपालिकामा आयोजित ‘सहकारी विधेयक निर्माण’ का लागि सुझाव सङ्कलन कार्यक्रममा सो माग गरिएको हो । सो अवसरमा प्रदेशसभा सदस्य सुशीलकुमार थापाले नयाँ बन्ने सहकारी ऐनलाई सबैले स्वामित्व लिने गरी निर्माण गरिने बताउँदै समृद्ध कर्णाली बनाउनका लागि प्राप्त सुझावलाई ग्रहण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । थप पढ्नुहोस्

भोलिदेखि ओखरपौवामा फोहोर फाल्न पाइने

नुवाकोट । फोहोर बोक्ने टिपरको ठक्करबाट मृत्यु भएका पदम बलामीको परिवारलाई क्षतिपूर्ति रुवरुप २० लाख रुपैंया दिने सहमति भएपछि उपत्यकाको फोहोरमैला ढुवानीमा अवरोध हटेको छ । नुवाकोटको ककनी गाउँपालिका १ ओखरपौवामा फोहोर बोक्ने बा २ ख ६११८ नम्बरको टिपरको ठक्करबाट आज स्थानीय ४५ बर्षिय बलामीको मृत्यु भएको थियो । वातावरण प्रशासन महाशाखा प्रमुख युवराज खनालले र काठमाडौं महानगरपालिका, टिपर संचालक र मृतकका आफन्तबीच गाडी धनीले १५ लाख र महानगरपालिकाले ५ लाख रुपैयाँ मृतकका परिवारलाई दिने सहमति भएको जानकारी दिए । थप पढ्नुहोस्
1 2 3 39