बेरोजगार युवालाई सिकर्मी तालीम

बाजुरा । आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले बेरोजगार युवाका लागि एक महीने सिकर्मी तालीम मार्तडीमा शुरु भएको छ । सहयोगी हातहरुको समूह 'सहास'    नेपालको सहयोगमा सञ्चालित सो उक्त तालीममा १० जना सहभागी छन् । फर्निचरसम्बन्धी सामग्री बजारबाट बनाएर गाउँमा पु¥याउनुभन्दा गाउँकै बेरोजगार युवालाई यस सम्बन्धी तालीम दिई उपभोक्ताको माग र उनीहरुको आयस्रोतमा समेत वृद्धि गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिएको सहास नेपालका जिल्ला वित्त प्रबन्धक नैनकुमार परियारले बताए । थप पढ्नुहोस्

राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै राप्रपा आन्दोलन गर्छ !

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन । पार्टीको ३ नं कमिटीद्वारा हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए । फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने बताउँदै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । थप पढ्नुहोस्

युवा स्वरोजगार कार्यक्रम गण्डकी गाउँपालिकामा

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेशा व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । वडा कार्यालयले वडाभित्रका विभिन्न सात स्थानको पहिचान गरी चालु आर्थिक वर्षका लागि कार्यक्रम शुरु गरेको उनले बताए । थप पढ्नुहोस्

रोजगारीका लागि भारत जानेलाई निःशुल्क दुर्घटना बीमा

बैतडी । पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन । भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएकामध्ये पहिलो चरणमा १०० जनाको निःशुल्क दुर्घटना बीमा गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाका तीन सहकारीमा आवद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गए उनीहरुको बीमा गरिने भएको हो । थप पढ्नुहोस्

विदेश जाने आउनेका लागि सुधारिदै अध्यागमन विभाग !

काठमाडौँ । अध्यागमन विभागका काम कारवाहीलाई आगामी डेढ वर्षभित्रमा आमूल परिवर्तन ल्याउनेगरी सुधारको प्रक्रिया थालिएको छ । विभागमा आउने गुनासालाई कम गर्दै विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । “आगामी छ महीनामा प्रारम्भिक सुधार र त्यसको एक वर्षमा आमूल परिवर्तन गर्छौं, महानिर्देशक पौडेलले भने, “विभागलाई आरोपबाट मुक्त गर्नतर्फ हाम्रो ध्यान जान्छ । थप पढ्नुहोस्

संसदको हिउँदे अधिवेशन छिट्टै हुन्छ : कानुन मन्त्री ढकाल

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन छिट्टै बोलाउने तयारी गरेको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन छिट्टै बोलाउन लागिएको बताएका छन । आज संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान’ सम्बन्धी एक दिने गोष्ठीमा बोल्दै उनले हिउँदे अधिवेशनमा संविधानसँग बाझिएका कानुन संशोधनको कामलाई अघि बढाउने गरी गृहकार्य भइरहेको पनि स्पष्ट पारे । थप पढ्नुहोस्

केन्द्रकै सिको प्रदेशमा : सुदुरपश्चिममा पनि सरकारको समीक्षा !

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्राालय र अन्तर्गतका निकायको काम कारवाहीलाई युद्धस्तरमा अघि बढाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका छन । मुख्यमन्त्रीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रालय र अन्तर्गतका निकायको बैठकमा पहिलो चौमासिक अवधिमा भएको कार्यप्रगति, देखिएका समस्या र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । थप पढ्नुहोस्

कोलम्बो प्रोसेस : उच्च अधिकारीस्तरीय बैठक शुरु

काठमाडौं । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । थप पढ्नुहोस्

बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवर्द्धन गरिने

काठमाडौैैँ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ छिमेकी मुुलुक भारतको बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । होटल एसोसिएसन अफ नेपाल हानले नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली राजदूतावास तथा बैङ्ग्लोरमा बसोबास गरेका नेपालीहरुको सहकार्यमा आगामी मंसिर ३ गते प्रवद्र्धनात्मक कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भारत नेपालको पर्यटनको मूख्यस्रोत बजार भएकाले अधिक सङ्ख्यामा भारतीय पर्यटकलाई आकर्षण गर्न कार्यक्रम गर्न लागिएको हानका अध्यक्ष अमरमान शाक्यले बताए । थप पढ्नुहोस्

सन् २०१७ को भाषा परीक्षा उतीर्णलाई प्राथमिकता दिन आग्रह

काठमाडौं । रोजगारी अनुमति प्रणाली 'इपिएस' अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् । सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरुले जतिसक्दो छिटो लैजान पहल गर्न आग्रह गरेका हुन् । इपिएस पीडित नेपाल समूह गठन गरी उनीहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । थप पढ्नुहोस्
1 2 3 17