सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना

काठमाडौं । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । थप पढ्नुहोस्

औसत आयुमा नेपाल भारतभन्दा अगाडि

काठमाडौं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ। नेपालको त्यस्तो आय दुई हजार चार सय ७१ अमेरिकी डलर छ भने भारतको ६ हजार तीन सय ५३ तर, नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिन्छ। अनि, श्रम बजारमा सक्रिय महिलाको संख्यामा त भारत नेपालभन्दा निक्कै पछाडि देखिन्छ। विवरण  गत शुक्रबार अबेर राती सार्वजनिक एउटा महत्त्वपूर्ण मानिने मानव विकास प्रतिवेदन हेर्दा यस्तै विवरण भेटिन्छन् । थप पढ्नुहोस्

अट्वारी पर्व थारु समुदायले धुमधामका साथ मनाउँदै

भीमदत्तनगर । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायले धुमधामका साथ मनाउँदै छन् । भाद्र शुक्ल पक्षको पहिलो आइतबारअर्थात् श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारलाई अट्बारी व्रत बस्ने परम्पराअनुसार थारु समुदायले अट्बारी पर्व मनाइरहेका हुन् । दुई दिनसम्म मनाइने अट्बारी पर्वमा हिन्दू महिलाको महान् चाड हरितालिका तीज पछिको शनिबार मध्यरातिमा दर 'भिन्सर्या' खाएर थारू समुदायको विधिवतरूपमा पर्वको शुरुवात हुने गरेको छ । थप पढ्नुहोस्

स्वास्थ्य शिविरबाट ३५ सय बिरामीको निःशुल्क उपचार ‘फोटोफिचर’

विराटनगर । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ जनाले भिडियो एक्सरे र ४७ जनाले ल्यावटेष्ट गराउँनुका साथै ३ सय २७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएका हुन् । गाउँ–गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि उपचारका लागि शिविरमा आएका थिए । थप पढ्नुहोस्

नदी कटानको चपेटामा बेनी र गलेश्वर बजार

बेनी । ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गीतले बेनी बजारलाई नेपालभर चिनाएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा चिटिक्क मिलेर बसेको बेनी बजारको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याउने गर्छ । प्राकृतिक रुपमा मनोरम बेनी बजार पछिल्लो समय भने प्राकृतिक विपद्बाट आक्रान्त बन्न थालेको छ । केही वर्ष अगाडि मात्रै बेनीको क्याम्पस चोक र मंगलाघाट क्षेत्रमा भेल बाढीले बजार डुबानमा पारेको थियो । करोडौँको क्षति पु¥याएको बाढीको त्यो घटना बिर्सन नपाउँदै बेनीवासीले फेरि नदी कटानको जोखिम व्यहोर्नु परेको छ । थप पढ्नुहोस्

प्रहरीमा अपराधसम्बन्धी दैनिक दुई हजार फोन

काठमाडौं । उपत्यकामा कतै डाँका, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ, भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् । घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ । कार्यालयकाअनुसार उपत्यकामा हुने झै–झगडा, कुटपिट,चोरी, डकैती, जस्ता घटनाबारे जानकारी दिन यस्ता फोन आउने गरेको हो । थप पढ्नुहोस्

निजगढ विमानस्थल : दुई लाख रुख काटिने

काठमाडौं । सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्ने जनाएको हो । सो विमानस्थलको कूल क्षेत्रफल आठ हजार हेक्टर भएपनि विमानस्थलका लागि दुई हजार हेक्टर मात्रै प्रयोग गरिनेछ । विमानस्थलको पेरीफेरीमा अत्याधुनिक शहरसहितका संरचना निर्माण गर्न उक्त परिमाणको जमिन आवश्यक पर्दछ । थप पढ्नुहोस्

सयपत्री फूलमा आत्मनिर्भर बन्न खोज्दै झापा

भद्रपुर । अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन । न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन् । सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । यति धेरै महत्व र माग भएर पनि नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको छ । सीमावर्ती प्रमुख नाकाहरुबाट वर्षेनी करोडौँको फूल भित्रिरहेको छ । थप पढ्नुहोस्

आज ऋषि पञ्चमी : सप्त ऋषिको पूजा आराधना ‘फाेटाे फिचर’

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । थप पढ्नुहोस्

पिसाब सङ्क्रमणबाट बचौँ….

काठमाडौं । के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ । पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै जुनसुकै ठाउँमा किटाणुले हुने सङ्क्रमण हो । शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजिष्ट प्रा डा उत्तम शर्मा यौन अङ्गको सरसफाइ वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नलीबाट त्यहाँ पुगेर पनि पिसाब सङ्क्रमण हुने बताउछन् । थप पढ्नुहोस्
1 2 3 8