इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियामा अाज केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् । पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो । भूकम्पका कारण हुनसक्ने धनजनको क्षतिको विवरण प्राप्त नभएको इन्डोनेसियाली विपद निकायले जनाएको छ । अर्को भूकम्प मध्य इन्डोनेसियाको पूर्वी टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको थियो । थप पढ्नुहोस्

विश्व मालीमा शान्ति सेनामाथि आक्रमण, १० सैनिकको मृत्यु

माली । मालीमा शान्ति सेनामाथि विद्रोहीले आक्रमण गर्दा १० सेनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ। आइतबार विहानै भएको आक्रमण मालीको किडालबाट करिब २०० किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा भएको हो । थप पढ्नुहोस्

मेक्सिकोमा तेल पाइप लाइनमा बिस्फोट ,७१ को मृत्यु

एजेन्सी । मेक्सिकोको हिडाग्लो प्रान्तमा भएको तेल पाइप लाइन दुर्घटनामा ७१ को मृत्यु भएको छ । यो दुर्घटनामा दर्जनौं घाइते भएका छन् । अधिकारीका अनुसार शुक्रबार बेलुकी दर्जनौं मानिस पाइपलाइनबाट चुहिरहेको तेल भर्ने कोसिस गरिरहेका थिए । स्थानीय टेलिभिजन च्यानलमा जारी गरिएको फुटेजमा बिस्फोटपछि आगोमा जलिरहेका मानिसहरु देखिएका थिए । मेक्सिकोमा थुप्रै समुदायमा तेल चोरी निकै साधारण कुरा हो । मेक्सिको सरकारका अनुसार यो चुहावटका कारण गत वर्ष मेक्सिकोलाई ३३६ अर्ब नोक्सानी भएको थियो । थप पढ्नुहोस्

मोवाइलको पासवर्ड नदिदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन्

इन्डोनेसिया । श्रीमान श्रीमतीको बीचमा झगडाले विकराल रुप लिए छ इन्डोनेसियामा । मोबाइलको पासवर्ड नदिएको भन्दै सुरु भएको झगडाले श्रीमानले ज्यान गुमाएका छन् । मोबाइलको पासवर्ड नदिएको रिसमा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएर हत्या गरेकी हुन् । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए। त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे । थप पढ्नुहोस्

भारतमा मोदी सरकारविरुद्ध सबै विपक्षी एकै ठाउँमा उभिए

भारत । सत्तारुढ भारतीय जनता पार्टी विरुद्ध विपक्षी दल एकठाउँ उभिएका छन्। आज कोलकातामा ४१ वर्षपछि सबै विपक्षी एक ठाउँमा उभिन लागेका हुन्। यसअघि सन् १९७७ मा ज्योति बसुले कोलकाताबाटै कांग्रेसविरुद्ध विशाल प्रदर्शनको नेतृत्व गरेका थिए। भारतीय जनता पार्टीविरुद्ध आज संयुक्त लडाइँको संकल्प स्वरुप विपक्षीले प्रदर्शनको तयारी गरेका छन्। ठाउँ ठाउँबाट र्‍यालीसहित आयोजना हुने संयुक्तसभालाई विपक्ष दलका शीर्षनेताले सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । थप पढ्नुहोस्

मितव्ययिता उल्लंघन गर्ने एक लाख चिनियाँ कारबाहीमा

काठमाडौं । चीनमा मितव्ययितासम्बन्धी नियमलाई उल्लंघन गरेकोमा सन् २०१८ मा करिब एक लाख व्यक्तिलाई कारबाही गरिएको छ । दल र सरकारको आचरणमा सुधार गर्ने अभियानस्वरूप आठ बुँदे मितव्ययिता संहिताअन्तर्गत वर्षभरमा ९२ हजार २१५ व्यक्तिलाई कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीका भ्रष्टचार विरोधी उच्च निकायले जनाएको छ । उनीहरूलाई विभिन्न ६५ हजार ५५ मुद्दामा मितव्ययी नबनेको ठहर गरी कारबाही प्रक्रिया अधि बढाइएको चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन अनुगमन तथा राष्ट्रिय पर्यवेक्षण केन्द्रीय आयोगद्वारा  वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ । थप पढ्नुहोस्

भाजपा अध्यक्ष शाहलाई स्वाइन फ्लु, अस्पतालमा भर्ना

भारत । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु भएको छ । उनलाई बुधबार राति ९ बजे उपचारका लागि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।आफ्नो स्वास्थ्य अवस्थाबारे शाह आफैले ट्वीट गरेर जानकारी दिएका हुन् । उनले ट्वीटमा उल्लेख गरेका छन्, ‘मलाई स्वाइन फ्लु भएको छ, र यसको उपचार जारी छ । ईश्वरको कृपा र तपाईँ सबैको प्रेम तथा शुभकामनाले चाँडै स्वस्थ हुनेछु ।’ गृहमन्त्री राजनाथ सिंहले ट्वीट गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तै अर्थमन्त्री अरुण जेटलीको स्वास्थ्यमा पनि समस्या छ । थप पढ्नुहोस्

बेलायती प्रधानमन्त्री मे संसदमा पराजित,ब्रेक्जिट डिल संसदबाट अस्वीकृत

बेलायत। ब्रेक्जिट डिल अर्थात युरोपेली युनियन(ईयू)बाट छुट्टिने बेलायती प्रधानमन्त्री टरिजा मेको योजना संसदमा बहुमतबाट खारेज भएको छ । टरिजा मेको योजनाको विपक्षमा ४३२ जना सांसदले मत दिएका थिए भने उनको समर्थनमा २०२ जना सांसद थिए । प्रधानमन्त्री टरिजा मेकै दल कन्जर्भेटिभ पार्टीका ११८ जना सांसदले समते विपक्षी पार्टीसँग मिलेर युरोपेली युनियनबाट अलग्गिने योजनाको विपक्षमा मत दिएका थिए । बेलायती संसदीय इतिहासमा कुनै पनि बिल वा मस्यौदामाथि बहालवाला सरकारको यो ठूलो हार हो । थप पढ्नुहोस्

तेलमा भएको मुल्य अस्थिरता सामान्य हुनेमा साउदी अरब आशावादी

काठमाडौं । तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको त्यहाँका उर्जा मन्त्री खालिद अल–फालिहले मङ्गलबार बताएका छन् । तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको उनले बताए । थप पढ्नुहोस्

ट्रम्पले किमलाई पठाए चिठ्ठी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई गत हप्ता पत्र पठाएका छन् । वासिङटन र प्योङयाङबीच भइरहेको परमाणु निःशस्त्रीकरण वार्तामा संलग्न स्रोतको हवाला दिँदै सिएनएनले जनाएको छ । दुई पक्षले ट्रम्प र किमको दोस्रो भेटको तयारीबारे छलफल भइरहँदा ट्रम्पको यो पत्र प्योङयाङ पुगेको हो ।   अमेरिकी उच्च प्योङयाङसम्म पुगेर हातैले पत्र किमसम्म पुर्याएका थिए । दुई देशबीचको छलफलमा सक्रिय रहेका उत्तर कोरियाको जासुसी विभागका पूर्व प्रमुख किम योङ चोलले दुई शीर्ष नेताबीचको भेटको तालिका तय गर्न यही हप्ता वासिङटन पुग्ने पनि बताइएको छ । थप पढ्नुहोस्
1 2 3 101