fbpx

प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा

काठमाडौं । आगामी मनसुन प्रदेशअनुसार फरक हुने भएको छ । मुलुकको पूर्वी र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भू–भागमा भने औसत रहने भएको हो । प्रदेश १, २ र ३ का अधिकांश भू–भागसहित प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने र अन्यत्र औसत वर्षा हुने मौसमविद्हरुको ठहर छ । सार्क मुलुक र म्यानमारसमेत आबद्ध दक्षिण एसियाली हावापानी दृष्टिकोण मञ्च ९सास्कोप० ले नेपालसहित दक्षिण एसियाको मनसुन भविष्यवाणी गर्दै यस्तो बताएको हो । नेपाल, बंगलादेश र भुटानको मनसुन मिश्रित प्रकृतिको रहने सास्कोप विज्ञको ठहर छ । थप पढ्नुहोस्

केन्द्रिय नेतृत्वलाई कार्यकर्ताको सुझाव ‘गुटको होइन कांग्रेसको नेता भएर आऊ’

काठमाडौं । नेपाली कांग्रेसले सुरु गरेको एक महिने ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ ७७ वटै जिल्लामा जारी रहँदा कार्यकर्ताले केन्द्रीय नेतृत्वलाई गुटको होइन कांग्रेसको नेता भएर आउन सुझाव दिएका छन् । केन्द्रमा देखिएको गुटगत प्रवृत्ति अब जिल्ला हुँदै गाउँ–गाउँसम्म औपचारिक वा अनौपचारिकरूपमा पुगेको छ । केन्द्रमा रहेको मतभिन्नता विस्तारै तल्लो तहसम्म पुगेको जानकारी अनुगमन रहेका कानुन व्यवसायीहरूबाट प्राप्त भएको छ । थप पढ्नुहोस्

आजबाट देशैभर ‘नेटवर्क ब्याकबोन’ तयार गर्न अप्टिकल फाइबर बिछ्याइँदै

काठमाडौं । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै छन् । थप पढ्नुहोस्

११ हजारभन्दा बढी कर्मचारी माग्दै संघीय लोकसेवा, स्थानीय सरकार असन्तुष्ट

काठमाडौं । लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो । यसअघि मन्त्रालयले सबै स्थानीय तह ७ सय ५३ लाई रिक्त दरबन्दी संख्यासहितको विवरण पठाउन पत्राचार गरेलगत्तै ४ सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी अपुग रहेको विवरण मन्त्रालयलाई पठाएका थिए । थप पढ्नुहोस्

भारतीयहरु नेपाल पसेर नेपाली सांसदलाई नियन्त्रणमा लिएपछि…

काठमाडौं । बाँकेको रैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प(यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो घटना शुक्रबार साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही स्थानीयले विश्वकर्मा निर्दोष रहेको भन्दै प्रदर्शन सुरु गरे । सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो । साँझ ६ बजेतिर प्रदेश सांसद कृष्णा केसी विकास निर्माणको अनुगमन गरेर फर्कने क्रममा नरैनापुरमा आइपुगेकी थिइन् । थप पढ्नुहोस्

कांग्रेस अनुशासन समितिमा एक हजार दुई सय उजुरी !

काठमाडौं । पार्टी अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेस अनुशासन समितिमा एक हजार दुई सय उजुरी परेका छन्। निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग नगरेको, विपक्षी दलको उम्मेदवारलाई जिताउन भूमिका खेलेको, टिकटमा मनोमानी भएकोजस्ता विषयमा बढी गुनासो परेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। स्याङ्जामा गोपालमान श्रेष्ठकै कारण निर्वाचन हारिएको भन्दै पुराना नेता भोजराज अर्यालले उजुरी दर्ता गराएका छन्। प्रभावशाली नेता श्रेष्ठले उम्मेदवार मिलाउन नसक्दा आफू पनि हारेको र पार्टीलाई पनि हराएको आरोप उनीमाथि लागाइएको छ । थप पढ्नुहोस्

कुन कमिटीमा कति भागबन्डा : नेकपाको एकता

काठमाडौं । सत्तारुढ दल नेकपाको जनवर्गीय संगठनसम्मको एकता टुंग्गिदा तत्कालीन एमाले–माओवादी बीचको भागवन्डाको अन्तर झाँगिन थालेको छ। पार्टीको केन्द्रीय तहमा सचिवालयबाट क्रमशः भागवन्डाको अन्तर खुम्चिँदो देखिए पनि जिल्ला तह र जनवर्गीय संगठनसम्मको एकतामा आइपुग्दा फेरि अन्तर बढ्न थालेको छ। जनवर्गीय संगठनको नेतृत्व भागवन्डासम्म आईपुग्दा तत्कालीन माओवादीको तुलनामा एमाले झण्डै तेब्वरको संख्यामा जिम्मेवारी लिने तहमा पुगेको छ। नेकपाका २२ जनवर्गीय संगठन मध्ये तत्कालिन एमालेले १६ र माओवादीले ६ ओटा जनवर्गीय संगठनको मात्र नेतृत्व पाएको छ । थप पढ्नुहोस्

२५६३औं बुद्ध जयन्ती मनाइँदै, लुम्बिनीका सात गाउँ विस्थापित

buddha-jayanti-nepal
काठमाडौं । आज शनिबार, २५६३ औं बुद्ध जयन्ती मनाइँदैछ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनास्वरुप मनाउने गरिन्छ। बुद्ध जन्मस्थल लुम्बिनीमा गरिने बुद्ध जयन्ती समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। बुद्ध जयन्तीकै अवसरमा प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । थप पढ्नुहोस्

आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु

काठमाडौं । आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर 'रेटिनोब्लास्टो' हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्छ । आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति 'सेतो टीका' देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनु, आँखाको डेढोपना देखिनु यसका लक्ष्यणहरू हुन् । थप पढ्नुहोस्

जेठ ८ मा १३ हजार कर्मचारीको विज्ञापन खुलाउने तयारीमा लाेकसेवा आयाेग

काठमाडौं । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको हो। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवाको सो प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पठाएको छ । थप पढ्नुहोस्
1 2 3 68