जापानमा समेत मनाइयो संविधान दिवस !

काठमाडौँ । संविधान दिवसका अवसरमा जापानको टोकियोस्थित नेपाली दूतावासले स्वागत समारोहको आयोजना गरेको छ । समारोहमा जापान सरकारका विभिन्न निकाय र अन्य सार्वजनिक संस्थाका उच्च पदाधिकारी, जापानका लागि विभिन्न देशका राजदूत तथा नेपाललाई माया गर्ने जापानी नागरिकका साथै जापानमा रहेका नेपाली समुदायको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो । सो अवसरमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले व्यापक सहभागितामा समावेशी, सङ्घीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले नेपालको इतिहासमा यो दिन अत्यन्त महत्वपूर्ण रहेको बताए । थप पढ्नुहोस्

समाजसेवी बद्रीनाथ झाद्वारा अपाङ्गलाई साईकल र कपडा सहयोग

रौतहट । विदेशमा रहेपनि आफनो देशको असहायका सहारा महोत्तरीको सदरमुकाम जलेश्वर निवासी समाजसेवी बद्रीनाथ झा बनेका छन । ११ वर्ष देखि दोहा कतारमा बस्दै आएका समाजसेवी बद्री झाले आफनो व्यक्तिगत तर्फबाट रौतहट क्षेत्र नं २ परोहा नगरपालिकाका वडा नं ७ खापको ३६ वर्षीय उपेन्द्र रामचमार दुबै खुट्टाबाट अपाङ्ग र उनकै कान्छो भाईको ११ वर्षीय छोरी मुस्कान राम पनि जन्मै देखि पूर्ण अपाङ्गसँगै लाटो समेत रहेकोले साईकल र कपडा सहयोग गरेका छन् । यो संस्था कतार नेपाल दुबै ठाँउबाट काम गर्दै आइ रहेको छ र संस्थाखुलेको ३ बर्ष भएको छ । थप पढ्नुहोस्

रोमानियाको नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेल नियुक्त

बर्लिन । रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरेको छ । नेपाल सरकारले नवराज पोखरेललाई रोमानियामा ब्यापार, ब्यवसाय, पर्यटन, अध्ययन तथा भ्रमण लगायतका अन्य बिभिन्न उद्देश्यबाट बसोबास गर्दै आएका नेपालीहरुको हकहित संरक्षण गर्न र उनीहरुलाई कानूनी एवम् ब्यापारिक बिषयहरुमा सहयोग प्रदान गर्न बुखारेष्ट शहरलाई कार्य क्षेत्र बनाई अवैतनिक बाणिज्यदूतको पदमा नियुक्त गरेको हो । थप पढ्नुहोस्

म्यानमार मिस्टर मोडल अफ द वल्र्ड बने दिक्पाल

काठमाडौं । म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल जितेका हुन् । प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए । दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका छन् । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले जिते । थप पढ्नुहोस्

म्याग्दीका गणेशबहादुर किसान कुबेतको अस्पतालमा भर्ना

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान ९थापा० कुबेतमै ढलेका छन् । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई कोमामा अचेत अवस्था  राखेर उपचार गरिएको थियो । दुई हप्तापछि सामान्य होशमा आउनुभएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन अझै सकेको छैन् । उनी अहिले पनि आफूले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराइरहका छन् । थप पढ्नुहोस्

यूएईले भिजिट भीषामा कडाइ गर्ने

काठमाडौं । भिजिट भीषामा प्रवेश गरेका विदेशी नागरिक गैरकानूनी रुपमा बसेको विश्लेषण गर्दै यूएईले भिजिट भीषामा कडाइ गर्ने भएको छ । हाल सकिएको आममाफीको समयमा धेरै विदेशी नागरिक भ्रमण तथा पर्यटक भीषामा गएर उक्त भीषा अवधि सकिएपछि पनि गैरकानूनी रूपमा बसिरहेको पाएपछि दुवै भीषामा कडाइ गर्ने तयारी गरेको गल्फ न्यूजले जनाएको छ । भ्रमण भीषामा गएर लुकीछिपी काममा लागे ५० हजार दिराम 'करिब १ करोड ३० लाख रुपैयाँ'सम्म जरिवाना गर्ने बताइएको छ । थप पढ्नुहोस्

यूएईमा ३ सय ९१ नेपाली अवैध रहेको तथ्यांक दूतावासद्धारा सार्वजनिक

यूएर्इ । वैदेशिक रोजगारीका लागि यूएई आएर विभिन्न कारणले आफू कार्यरत कम्पनी वा घरबाट भागेका ३९१ जनाको तथ्यांक नेपाली दूतावास अबुधावीले सार्वजनिक गरेको छ । यूएईमा अवैध कामदारलाई यहाँको सरकारले वैध बन्न या विना जरिवाना आफ्नो देश फर्कन आममाफीको सुविधा दिएको करिब २ सातापछि यो तथ्यांक यूएई सरकारले दूतावासलाई उपलब्ध गराएपछि सार्वजनिक गरिएको हो । साउन ३१ गते बिहीवार एक सूचना जारी गर्दै दूतावासले विभिन्न कारणले यूएईमा अबैधानिक बन्न पुगेका नेपालीहरुको पासपोर्ट अध्यागमनमार्फत दूतावासको कार्यलयमा प्राप्त भएको जनाएको हो । थप पढ्नुहोस्

फेरी कोरिया जानेका लागि भदौमा भाषा परीक्षा हुदै !

काठमाडौँ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा सिबिटी सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो । थप पढ्नुहोस्

विद्यालय बनाउन एउटै परिवारले दियो ३० लाख रुपैयाँ सहयोग !

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले रु ५० लाख सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न एउटै परिवारले रु ३० लाख सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गरेको हो । थप पढ्नुहोस्

बेलायतमा ‘हाइक फर नेपाल’

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२० प्रर्वद्धनको उदेश्यले बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ भएको छ। ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त सहरलाई करिब चारघण्टा नेपालमय बनाएको थियो। करिब १२ किलोमिटर लामो पैदलयात्रालाई ‘नेपालका लागि संगसंगै पाईला चालौं’ नारा दिइएको थियो। वि विल राइज फाउन्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ। बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गर्दै यसैकारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए । थप पढ्नुहोस्
1 2 3 7