fbpx

श्रममन्त्री गोकर्ण बिष्ट मोरक्को प्रस्थान !

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मोरक्कोमा आयोजना हुने सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जिसिएम सम्मेलनमा सहभागी हुन साँझ त्यसतर्फ प्रस्थान गरेका छन । मोरक्कोको माराकेसमा यही मङ्सिर २४ र २५ गते हुने उक्त सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने श्रम मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपालका तर्फबाट मन्त्री विष्ट, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल र वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईँले सहभागिता जनाउनेछन । थप पढ्नुहोस्

नेपाली महिलाको पोर्चुगलमा निधन

लिस्बन । क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ । विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो । नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले दिए । मृतक नेपाली तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित बनेकी थिइन् । उनका एक छोरा र एक छोरी छन् । मृतक नेपालीको शव हाल राजधानी लिस्बनस्थित साओ ज्वोय अस्पतालको शव गृहमा राखिएको छ । उनको पोर्चुगलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ । थप पढ्नुहोस्

तालिवानको ‘निशाना’मा नेपाली, काबुलमा ११ घाइते !

काठमाडौं । तालिवानले बुधबार अफगानिस्तानको काबुलमा गरेको आक्रमणमा नेपाली पनि परेका छन । घाइते १६ मध्ये ११ जना नेपाली भएको पुष्टि भएको छ । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । नेपालीको ज्यान नगएपनि घाइते भएका बिबिसीले जनाएको छ । अरु ५ जना बेलायती छन । घाइते नेपालीहरुको परिचय भने खुलेको छैन । घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । तालिवानले यसअघि काबुलमै गरेको आक्रमणमा १३ जना नेपालीको ज्यान गएको थियो । थप पढ्नुहोस्

जापानमा एक हजार नेपाली ईन्जिनियरलाई रोजगार !

भक्तपुर । जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ । जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । थप पढ्नुहोस्

सिर्जना उत्सवको ३८औँ शृंखला बोस्टनमा

काठमाडौं । अमेरिकाको बोस्टनमा मासिक रूपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ। विगत चार वर्षदेखि सिर्जजा उत्सवको आयोजना हुँदै आएको छ । साहित्यकार महेश्वर पन्तको संयोजन तथा शारदा पन्तको प्रायोजनमा आयोजित रात्रिभोजसहितको उक्त उत्सवमा विभिन्न साहित्यकार तथा संगीतकारद्वारा कविता, गीत, गजल र सांगीतिक कोशेली प्रस्तुत गरिएको थियो। कार्यक्रमको प्रथम चरणमा बोस्टनका प्रशिद्ध तवला वादक प्रेमसागर खतिवडा तथा हरिमाया अधिकारीद्वारा सांगीतिक गीत गजल प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा डेढ दर्जन कविहरूले सिर्जनावाचन गरेका थिए । थप पढ्नुहोस्

प्रधानमन्त्री हुन सेन र सुकीको नेपाल भ्रमण विवादमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री आङ साङ सुकी दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उहाँहरु सद्भावना भ्रमणका क्रममा यही मङ्सिर १३ र १४ नेपाल भ्रमणमा आउन लागेका जनाएको छ । भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । थप पढ्नुहोस्

काठमाडौँ घोषणापत्र जारी गर्दै सकियो ‘कोलम्बो प्रोसेस’

काठमाडाँै । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को छैठौँ मन्त्रिस्तरीय परामर्श बैठक २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा प्रोसेसको पाँच विषयगत कार्यसमूहको काम र देशगत रुपमा सम्पन्न हुने कामलाई सहज ढङ्गले अघि बढाउन प्राविधिक सहयोग युनिट टिएसयू लाई निरन्तरता दिने निर्णय गरेको छ । थप पढ्नुहोस्

अमेरिकाको मध्यावधि चुनावमा ह्यारी भण्डारी विजयी

काठमाडौं । अमेरिकाको मध्यावधि चुनावमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट राज्य सांसदमा डेमोक्र्याटिक उम्मेदवार उनी विजयी भएका हुन् । पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् । गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए । थप पढ्नुहोस्

युएईमा आममाफीको समय एक महिना थपियो, नेपालीलाई सजिलो !

काठमाडौँ । संयुक्त अरब इमिरेट्स युएईले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि सकिँदै थियो । आबुधाबीस्थित नेपाली दूतावासले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न पुनःआग्रह गरेको छ । थप पढ्नुहोस्

दक्षिण कोरियामा आङ्कामी शेर्पाको हृदयाघातले ज्यान लियो !

काठमाडौँ । दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ । हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिए । मृतक शेर्पा सन् २०१६ मा कोरिया प्रवेश गरी अवैधानिक बसोबास गर्दै आएका थिए । थप पढ्नुहोस्
1 2 3 4 9