fbpx

मृतकले पाउनुपर्ने रकम नेपाल पठाइयो !

काठमाडौँ । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ । मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । थप पढ्नुहोस्

मलेसियामा १५ लाखभन्दा धेरै कमाउने नेपाली

सिवी अधिकारी क्वालालम्पुर, मलेसिया । वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक हुनुहुन्छ, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत हुनुहुन्छ । क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले महीनामा रु १६ लाखभन्दा बढी कमाउनुहुन्छ । थप पढ्नुहोस्

श्रम सम्झौतामा नेपाल र मलेशियाबीच ‘ब्रेक–थ्रु’ हुदैँ !

काठमाडौँ । नेपाल र मलेशियाबीच हुन लागेको श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एशिया मामिला महाशाखाका प्रमुख तापस अधिकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कविन्द्र नेपाल मलेसिया पुुगेका हुन । टोली बुधबार काठमाडौँबाटै हिडेको हो । थप पढ्नुहोस्

नेपाल र युएईबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीच दुवै मुलुकले अधिकतम लाभ प्राप्त गर्न सक्ने गरी श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँहरुबीच श्रम सम्झौता परिमार्जन गर्न आवश्यक तयारी गर्ने र छिट्टै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको हो । थप पढ्नुहोस्

मलेसियामा विषाक्त मदिराले थप २ नेपालीको ज्यान लियो, अझै १० जना बिरामी !

काठमाडौँ । मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या नौ पुगेको छ । थप पढ्नुहोस्

जापानमा समेत मनाइयो संविधान दिवस !

काठमाडौँ । संविधान दिवसका अवसरमा जापानको टोकियोस्थित नेपाली दूतावासले स्वागत समारोहको आयोजना गरेको छ । समारोहमा जापान सरकारका विभिन्न निकाय र अन्य सार्वजनिक संस्थाका उच्च पदाधिकारी, जापानका लागि विभिन्न देशका राजदूत तथा नेपाललाई माया गर्ने जापानी नागरिकका साथै जापानमा रहेका नेपाली समुदायको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो । सो अवसरमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले व्यापक सहभागितामा समावेशी, सङ्घीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले नेपालको इतिहासमा यो दिन अत्यन्त महत्वपूर्ण रहेको बताए । थप पढ्नुहोस्

समाजसेवी बद्रीनाथ झाद्वारा अपाङ्गलाई साईकल र कपडा सहयोग

रौतहट । विदेशमा रहेपनि आफनो देशको असहायका सहारा महोत्तरीको सदरमुकाम जलेश्वर निवासी समाजसेवी बद्रीनाथ झा बनेका छन । ११ वर्ष देखि दोहा कतारमा बस्दै आएका समाजसेवी बद्री झाले आफनो व्यक्तिगत तर्फबाट रौतहट क्षेत्र नं २ परोहा नगरपालिकाका वडा नं ७ खापको ३६ वर्षीय उपेन्द्र रामचमार दुबै खुट्टाबाट अपाङ्ग र उनकै कान्छो भाईको ११ वर्षीय छोरी मुस्कान राम पनि जन्मै देखि पूर्ण अपाङ्गसँगै लाटो समेत रहेकोले साईकल र कपडा सहयोग गरेका छन् । यो संस्था कतार नेपाल दुबै ठाँउबाट काम गर्दै आइ रहेको छ र संस्थाखुलेको ३ बर्ष भएको छ । थप पढ्नुहोस्

रोमानियाको नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेल नियुक्त

बर्लिन । रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरेको छ । नेपाल सरकारले नवराज पोखरेललाई रोमानियामा ब्यापार, ब्यवसाय, पर्यटन, अध्ययन तथा भ्रमण लगायतका अन्य बिभिन्न उद्देश्यबाट बसोबास गर्दै आएका नेपालीहरुको हकहित संरक्षण गर्न र उनीहरुलाई कानूनी एवम् ब्यापारिक बिषयहरुमा सहयोग प्रदान गर्न बुखारेष्ट शहरलाई कार्य क्षेत्र बनाई अवैतनिक बाणिज्यदूतको पदमा नियुक्त गरेको हो । थप पढ्नुहोस्

म्यानमार मिस्टर मोडल अफ द वल्र्ड बने दिक्पाल

काठमाडौं । म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल जितेका हुन् । प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए । दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका छन् । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले जिते । थप पढ्नुहोस्

म्याग्दीका गणेशबहादुर किसान कुबेतको अस्पतालमा भर्ना

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान ९थापा० कुबेतमै ढलेका छन् । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई कोमामा अचेत अवस्था  राखेर उपचार गरिएको थियो । दुई हप्तापछि सामान्य होशमा आउनुभएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन अझै सकेको छैन् । उनी अहिले पनि आफूले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराइरहका छन् । थप पढ्नुहोस्
1 2 3 4 5 9