नगरप्रमुख शाक्यको बेथितीले सीमा नाघ्यो, फजुल खर्चमात्र दैनिक १ लाख ३४ हजार !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एकसय दिनमा एकसय एक काम गर्छु भनेर काठमाडौंका गल्लीगल्लीमा झ्याली पिटेर जनमत आफ्नो पोल्टामा पारेको १८ महिना नपुग्दै आफुलाई आफैँले ढाँटेको पुष्टि गरेका छन् । उनले नगरवासीसँग उधारो बाचा गरेका थिए । बाचा गरे अनुसारको काम गर्नसक्ने ठाउँमा उनलाई आमनगरबासीले पुर्याइदिए पनि तर आफ्नै बाचाकसम भुलेर नगरप्रमुख शाक्यले महानगरपालिकाका पदाधिकारीहरूको दैनिक खाजा खर्च, बैठक भत्ता र सवारी खर्च मात्रै रु.१ लाख ३४ हजारभन्दा माथि गरेको खुलासा भएकोछ । थप पढ्नुहोस्

कांग्रेस महासमिति : पार्टी एकता र सङगठन सुदृढीकरणमा जोड

राजाराम कार्की काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिएका छन् । सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उनीहरूले सुझाव दिएका छन् । कार्यकर्ताको भावना अनुरूप गुट उपगुट अन्त गरी समग्र एकता कायम गर्नुपर्ने उनीहरूको जोड छ । थप पढ्नुहोस्

पुस मसान्तभित्र वित्त आयोग बन्ने

काठमाडौं । आगामी पुस मसान्तभित्र वित्त आयोग गठन हुने भएको छ । प्रदेशका समस्या समाधानका लागि गठित कार्यदलले संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना तयार पार्दै माघभित्र प्रदशको अधिकार सूची गर्नु पर्ने प्रस्ताव गरेको छ। परिषद्को सिंहदरवारमा बसेको बैठकले गृहमन्त्री रामबहादुर थापा  नेतृत्वको कार्यदलले पेश गरेको संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना पास गर्दै कार्ययोजना तय गरेको हो ।कार्ययोजनामा पुस मसान्तभित्र वृत्त आयोग बनाइने उल्लेख छ । थप पढ्नुहोस्

ने क पा स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । आज बोलेका ८ जना स्थायी कमिटि सदस्यहरुले सरकार र पार्टी सञ्चालनमा नेतृत्वले लापवार्ही गरेको आरोप लगाएको छन् । बैठकमा नेता भीम रावलले १४ पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेश गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताए । उनले सरकार सञ्चालनमा गम्भीर लापवार्ही भएको जिकीर गरेका हुन्। अर्का नेता योगेश भट्टराईले पार्टी नेतृत्व एकलौटी ढंगले अगाडि बढेको भन्दै त्यसलाई रोकिनुपर्ने बताए । थप पढ्नुहोस्

कांग्रेस महासमिति बैठक : ११ जना प्रतिनिधिद्धारा साझा धारणा पेश

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा ११ जना प्रतिनिधिहरुले साझा धारणा पेश गरेका छन्। पार्टीलाई नयाँ ढंगले अघि बढाउन ठोस खाका र स्पष्ट योजनासहित अघि बढ्नुपर्ने भन्दै साझा धारणा पेश गरेको नेता नवराज गुरुङले जानकारी दिए । आज सभापति शेरबहादुर देउवालाई बुझाएको पत्रमा पार्टीको विधान, राजनीतिक प्रस्ताव, आर्थिक प्रस्ताव, संगठनात्मक प्रस्तावबारे धारणा पेश गरिएको छ । थप पढ्नुहोस्

कांग्रेस महासमिति बैठकमा हात हालाहाल ! प्रवक्ता भन्छन् : “केहि भएको छैन् “

काठमाडौं । कांग्रेस महासमिति बैठकमा विवाद सिर्जना भएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदनविना बैठक चल्न नसक्ने अडान राख्दा हात हालाहालकाे अवस्था सिर्जना भएको हो । आजको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा.प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनाव सिर्जना भएको हो । महत र केसीबीचको विवादमा महासमिति सदस्यहरुले केसीको पक्षमा हुटिङ गरेका थिए । थप पढ्नुहोस्

पूर्वप्रधानमन्त्री डा. गिरीको अन्त्यष्टि विद्युतीय शवदाह गृहमा गरिने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको हो । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर रोग लागेका कारण उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै निधन भएको हो । थप पढ्नुहोस्

उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य, परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक

काठमाडौं । उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल 'लुम' नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ । सो संस्थाले घर र समाजबाटै त्यस्तो शिक्षाको खाँचो औँल्याएको हो । थप पढ्नुहोस्

बिजुलीको तार सर्ट हुँदा १२ लाखको क्षति !

तुलसीपुर । घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । मंगलबार बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हुँदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना२अ १९३६ नंको अटोरिक्सा र नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको छ । थप पढ्नुहोस्

सोमालियामा एक सातामा ६ वटा हवाई आक्रमण : ६२ जना मारिए

मोगादिसु । मोगादिसुमा गत हप्ताभर भएका छ हवाई आक्रमणमा परी कम्तीमा ६२ जना लडाकू मारिएका छन् । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा परी अल शबाबका लडाकूहरु मारिएको अमेरिकी सेनाले सोमबार जनाएको छ । अमेरिका अफ्रिाका कमाण्डले पछिल्लो घटनामा सर्वसाधारण भने कोही नमारिएको दावी गरेको छ । गान्डार्सेमा अल शबाबका लडाकूहरुलाई लक्षित गरी शनिबार गरिएको चार ओटा हवाई आक्रमणमा ३४ जना मारिएका थिए । त्यसैगरी आईतबार भएको आक्रमणमा अरु २८ जना मारिएका थिए । आइतबार दुई ओटा हवाई आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । थप पढ्नुहोस्
1 2 3 4 585