चिकित्सा शिक्षा विधेयकलाई नाफामुखी बनाउन खोजियो : कांग्रेस नेता थापा

काठमाडौं । डा .गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन सरकारलाई नेपाली कांग्रेसका सांसद गगन थापाले आग्रह गरेका छन । डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । डा. केसीको स्वास्थ्य अवस्था कमजोर भइसकेको भन्दै सरकारले औपचारिक सम्वाद समेत सुरु नगरेको उनले बताए । आज पत्रकार सम्मेलन गरेर पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले चिकित्सा शिक्षा विधेयक अब संसदीय समितिबाट सरकारको हातमा पुगेकोले प्रधानमन्त्रीको एउटा आदेशले डा. केसीसँग भएको सम्झौता अनुसार विधेयक पारित गर्न प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताएका छन् । थप पढ्नुहोस्

बुटवलमा कांग्रेसको प्रदर्शन, लुम्बिनीको अवमूल्यन गरेको आरोप

बुटवल । लुम्बिनी क्षेत्रको अवमूल्यन नगर्न नेपाली कांग्रेसले बुटवलमा प्रदर्शन गर्दै सरकारलाई चेतावनी दिएको छ। कांग्रेसका नेताहरुले लुम्बिनी क्षेत्रले विश्वभर शान्ति र सद्भाव फैलाउने काम गरिरहेको भन्दै लुम्बिनीको अवमूल्यन नगर्न आग्रह गरेका हुन् । कांग्रेस रुपन्देहीले बुटवलमा आयोजना गरेको खबरदारी सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद्का प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देहीले मुलुकलाई नै एकताको सन्देश दिने बताएका छन्। विश्वले मान्ने बुद्ध जन्मस्थल लुम्बिनीलाई मान्दिन भन्नु बुद्धकै अपमान हुने उनले बताए । थप पढ्नुहोस्

काठमाडौंलाई स्मार्ट सिटी बनाउन ४ सय ५२ सुझाव

काठमाडौं । पहिलो पटक शुरु गरिएको ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म ४५२ सुझाव सङ्कलन भएको छ । काठमाडौं महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समयावधि निर्धारण गरी गत मङ्सिर २६ गते सुझाव पठाउन आह्वान गरेको थियो ।प्रतिस्पर्धाका लागि चार वटा विधा निर्धारण गरिएको र उक्त विषयमा नै सम्बन्धित रहेको सुझाव सङ्कलन भएको कामपाको शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले जानकारी दिए । प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन विषय समेटिएका छन् । थप पढ्नुहोस्

ढकाल थाइल्यान्डका लागि र अधिकारी फ्रान्सका लागि राजदूतमा अनुमोदित

 काठमाडौं । संसदीय सुनुवाई समितिले दुईजना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई आज बसेको समितिको बैठकले अनुमोदन गरेको हो । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर, पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाई गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको बैठकमा बोलाइएको थियो । थप पढ्नुहोस्

खानेपानी जोहो गर्न बिहानैदेखि लाइन

दमौली । बिहान चार बजे उठेर धारोमा पानी भर्न लाइन बस्नुपर्छ । तीन ग्रागीभन्दा बढी भर्न पाइँदैन । एउटा टोलको धारोमा पानी खोल्यो कि अर्को टोलमा पानी आउँदैन । खानेपानीको जोहो गर्नमै दिन बित्ने गर्छ । तनहुँको भीमाद नगरपालिका २ रघुगाउँका बासिन्दाले सधैँ पानीका लागि यस्तै पीडा भोग्न बाध्य छन् । बिहान चार बजेदेखि नौ बजेसम्म मात्रै पानी आउने भएकाले झिसमिसेमै लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी भिमशिला थापाले बताइन् । “बाह्रैमास पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता रहन्छ,” उनले भनिन् । थप पढ्नुहोस्

विकासका सम्पूर्ण आयोजना पार्टीकरण भयो : कांग्रेस नेता महत

नारायणपुर । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताएका छन् । घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताए। “विगतको सरकारले देशभर १२/१३ हजार सानाठूला आयोजना शुरु गरेको थियो । ती आयोजना अहिले अलपत्र अवस्थामा छन्”, नेता महतले भने, “विकास बजेट कसरी खर्च हुन्छ रु आयोजनाको काम शुरु भएपछि बजेट खर्च देखिने हो । विकास ठप्प छ, सरकारले कि पुराना आयोजनाको काम नै हुँदैन भन्नुप¥यो होइन भने स्थानीय सरकारलाई ती आयोजनाको जिम्मा लगाउनुप¥यो । थप पढ्नुहोस्

भाजपा अध्यक्ष शाहलाई स्वाइन फ्लु, अस्पतालमा भर्ना

भारत । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु भएको छ । उनलाई बुधबार राति ९ बजे उपचारका लागि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।आफ्नो स्वास्थ्य अवस्थाबारे शाह आफैले ट्वीट गरेर जानकारी दिएका हुन् । उनले ट्वीटमा उल्लेख गरेका छन्, ‘मलाई स्वाइन फ्लु भएको छ, र यसको उपचार जारी छ । ईश्वरको कृपा र तपाईँ सबैको प्रेम तथा शुभकामनाले चाँडै स्वस्थ हुनेछु ।’ गृहमन्त्री राजनाथ सिंहले ट्वीट गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तै अर्थमन्त्री अरुण जेटलीको स्वास्थ्यमा पनि समस्या छ । थप पढ्नुहोस्

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन ७५ हजार कर्मचारीले भरे

काठमाडौं । समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले आफ्नो नाम दर्ता गराएका छन् । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन अनलाइनमार्फत नाम दर्ता गराएका हुन् । बुधबार राति १२ बजेसम्ममा झण्डै ७५ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम दर्ता गरेको कर्मचारी समायोजन तथा संगठन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए। सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेको सहसचिव पनेरुले बताए। तीन लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ४६ हजार २ सय ७० जनाले संघमा समायोजन हुन फारम भरेका उनले जानकारी दिए । थप पढ्नुहोस्

नेपाल विद्यार्थी संघद्धारा देउवा निवास बुढानिलकण्ठमा धर्ना

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले धर्ना दिएका छन् । (नेविसंघ) को म्याद थपिएको विरोधमा उनीहरुले धर्ना दिएका हुन् । मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानिलकण्ठ पुगेर दर्जनौं नेता एवं कार्यकर्ताहरुले धर्ना दिएका छन् । नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्दावाद’को नारा लगाएका थिए । माइक्रोबससमेत रिजर्भ गरेर बुढानिलकण्ठ पुगेका उनीहरुले देउवा निवास अगाडि धर्ना दिएका हुन् । थप पढ्नुहोस्

मन्त्री–कर्मचारी बीच घीनलाग्दो भिडन्तको नालीबेली

संघीयता : जसको माग र आन्दोलनका कारण आयो, उसैको प्रदेशमा बदनामी ! बिक्रमभान्जा योञ्जन / टिप्पणी काठमाडौं । कर्मचारीलाई घरेलु कारिन्दा वा दासजस्तो ब्यवहार गर्न खोज्ने मन्त्री वा नेता र हातजोर–कामचोर–घुसखोर भएर स्वाभिमान गुमाएका गतिछाडा कर्मचारीका बीच सांघातिक हमलासहितको झगडा भइरहने गर्दछ । दुई नम्बर प्रदेशमा मन्त्रीको एनजीओ मोहकै कारण प्रदेश सचिवजस्तो उच्चस्तरका कर्मचारीले हालै मन्त्रीका हातबाट कुटाई खाए । सो प्रदेशको राजधानी जनकपुरका कर्मचारीहरूमा व्याप्त क्षोभ र आक्रोशको वातावरण साम्य भएको छैन । थप पढ्नुहोस्
1 2 3 4 5 641