fbpx

मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ढिलाइ गर्दै ठेकेदार कम्पनी

११ फागुन, काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको दिनमा पनि छ देखि आठ मिटर मात्र सुरुङ खनिएकाले काममा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए । थप पढ्नुहोस्

पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद

१० फागुन, काठमाडौं । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले आज निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ लाख ५९ हजार ७०० बिगो तिराउने फैसला गरेको छ । थप पढ्नुहोस्

राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक

१० फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज आयोगमा बसेको बैठकले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने मिति तयसँगै निर्वाचन तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गतेका लागि तोकिएको छ । यसैगरी, फागुन २३ गते उम्मेदवारको मनोनयन दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने समय तोकिएको छ । फागुन २९ गते मंगलबार बिहान १० बजेदेखि ३ः०० बजेसम्म मतदान हुने छ । थप पढ्नुहोस्

देशमा सरकार र सत्ता परिवर्तन भए तर किन परिवर्तन भएन यो ‘आरनदार’को जीवनस्तर ?

१० फागुन, काठमाडौं । साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षौंदेखि आरनमा काम गरिआएका छन् । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी परेका छन् । टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि उनलाई पेशा सम्हाल्नै हम्मे हम्मे परेको छ । गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्दा उनको स्वास्थ्यमा सुधार आएको छैन । चिकित्सकले क्षयरोग लागेको हुनसक्ने भनेपछि उनी थप चिन्तित बनेका छन् । यसरी बिरामी परेका सुनारको स्वास्थ्यमा समस्या बढेसँगै पेशा नै रोकिने हो कि भन्ने चिन्ताले उनलाई पिरोल्न थालेको छ । थप पढ्नुहोस्

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

१० फागुन, काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन् । प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्ने छन् । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राउतले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ । थप पढ्नुहोस्

धादिङबेसी र धनकुटामा व्यापार तथा कृषि महोत्सव हुने, हेलिकप्टरबाट गणेशहिमाल लगायतका हिमश्रिङखला हेर्न पाइने

१० फागुन, काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङद्वारा यही फागुन १६ गतेदेखि २७ गतेसम्म नीलकण्ठ नपा–४ धादिङबेसी रायटारमा धादिङ महोत्सव–२०७४ को आयोजना गरिँदैछ । ‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य रहेको छ । थप पढ्नुहोस्

छुट्टाछट्टै दुर्घटनामा २ को मृत्यु, ३ घाइते

१० फागुन, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् । दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए । थप पढ्नुहोस्

पार्टी सुदृढीकरणको लागि नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री कोइराला

९ फागुन, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले भने, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।” वाम एकताको विषयमा पत्रकारले सोधेको जिज्ञासामा महामन्त्री डा कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै “हामीलाई चुनौती छ, हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ”, उनले भने । थप पढ्नुहोस्

फागुन २३ देखि रसुवागढीबाट सामान आयात हुने

९ फागुन, काठमाडौं । सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महिनाको राजश्व असुली रु २९ करोडको लक्ष्य राखिएकामा सामान आयात बढ्दै जाँदा रु ३१ करोड असुली भएको छ । चीनबाट नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, थर्मस, कपडा, शिशुका खेलौना, विद्युतीय उपकरणलगायत विविध सामग्री आयात हुने गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म मूल्य अभिवृद्धि करसमेत रु एक अर्ब ९२ करोड राजश्व असुली भएको बताइएको छ । थप पढ्नुहोस्

बिहानै गयो ३.६ रिक्टर स्केलको परकम्प

९ फागुन, काठमाडौं । आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् । थप पढ्नुहोस्
1 630 631 632 633 634 745