काठमाडौं । सार जनताको रगत र पसिनाबाट जम्मा भएको कर, राजस्व जनहितका काममा लगाउन सक्ने तागत बोकेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अलोकप्रिय बन्न पुगेको छ । दुई तिहाइको बहुमत सहित सरकारको नेतृत्व गरिरहेका ओलीले सुसाशन र भ्रष्टारारमा शुन्य सहनशिलताको मन्त्र जपेको पनि वर्षौँ भएको छ । तर, प्रधानमन्त्रीले नै सुसाशन र भ्रष्टाचारको परिभाषा फेर्ने छाँटकाँट देखाएका छन् । प्रधानमन्त्री ओलीले सत्ता सम्हालेदेखि नै मुलुकमा अराजकता, भ्रष्टाचार, कुसाशन बढेको छ । सरकार आफैँले लिएको लक्ष्यमा पुग्न दिन प्रतिदिन असफल बन्दै छ । थप पढ्नुहोस्
काठमाडौं । पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेन्ट मदन शर्मा सहितको तीन सदस्यीय आयोग गठन गरेको थियो ।
विमान खरिद सम्बन्धमा उठेका विषयमा छानबिन गरेर ४५ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले त्यतिबेला जानकारी गराएका थिए । थप पढ्नुहोस्
काठमाडौं । नेपालमै इन्सास र एम–१६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम–१६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो ।
उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम–१६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो । तर, त्यसलाई भारतले ठाडै अस्वीकार गरेको सैनिक स्रोतको भनाइ छ । थप पढ्नुहोस्
काठमाडौं । आइतबार प्रकाशित पत्रपत्रिकाहरुले फरक–फरक विषयलाई प्राथमिकता दिँदै समाचार छापेका छन् । आज नेकपाभित्रको अन्तरद्वन्द्व, विभिन्न सरकारी निकायमा भइरहेको भ्रष्टाचार, अनियमितता, सरकारले ल्याएका विकास योजनालगायतका खबर प्राथमिकतामा परेका छन् ।
कान्तिपुरले ‘नेकपामा थप तरंग’ शीर्षकको समाचारलाई मुखपृष्ठमा प्राथमिकता साथ प्रकाशित गरेको छ । कान्तिपुरले लेखेको छ– नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रुपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ । थप पढ्नुहोस्
काठमाडौं । पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत अनियमितता गरेको कारण देखाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्द विशेष अदालतमा हिजो मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्द आयोगले ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ २० पैसा रकम हिनामिना गरेको दाबी गर्दै सोही रकम बराबर विगो असुल हुनुपर्ने माग गरेको छ । थप पढ्नुहोस्
काठमाडौं । सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक पारदर्शीता र खर्चमा मितव्ययिता अपनाउने घोषित नीतिविपरीत सरकारले प्रधानमन्त्रीकका लागि महल बनाउन लागेको हो ।
अहिलेको संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषद्बाट स्वीकृतिसमेत पाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छाबमोजिम बालुवाटारमा नयाँ भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालय स्रोतले जनाएको छ । थप पढ्नुहोस्
काठमाडौं । भुसको आगो झैँ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको शक्तिशाली भनिएको सरकार धराममा पर्दै गएको छ । यो कुनै कपोलकल्पित कुरा होइन । ओली नेतृत्व सहितको सरकार बनेका दिनदेखि नै ओह्रालो लागेको अर्थतन्त्रको परिशुचक (ऐना) नेप्से उकालो लाग्न सकेको छैन । नेपाल राष्ट्र बैंकले जारी गरेका कुनै पनि तथ्यांक सकारात्मक हुन सकेका छैनन् । सरकारका अंगहरुले दिएका प्रतिवेदन र तथ्यांक नै सकारात्मक आउन सकेका छैनन् । ओली नेतृत्वको अर्थनीतिका कारण देशको अर्थतन्त्र सोचनिय अवस्थामा पुगेको छ । थप पढ्नुहोस्
काठमाडौं । शक्तिशाली गठबन्धनसहितको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विदेशी निकायले पनि विस्तारै पत्याउन छोडेका छन् । ओलीको बोलीमा नरम तर काम गर्ने शैली गह्रम भएपछि दातृ निकाय तथा विदेशी लगानीकर्ताले यो कुरालाई तथ्यांकमा नै देखाइदिएका छन् ।
चालु आवको पुससम्म १ सय ९५ वटा उद्योगमा १० अर्ब २४ करोड ३० लाख रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ । सरकारले विदेशी लगानीको वातावरण बनेको दाबी गरिरहेकै बेला उद्योगमा विदेशी लगानी भने घटेको छ । थप पढ्नुहोस्
काठमाडौं : सशस्त्र प्रहरी बल (एपीएफ) का क्षेत्रीय कार्यालय (बाहिनी) तथा गणहरुको नाम ईसाई धर्म परिवर्तनको लक्ष्यसहित नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ईसाई धर्म मान्ने मुलुकको दवावमा परिर्वतन हुन शुरू भएकाे छ ।
सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचना सम्बन्धी विस्तृत कार्ययोजना लागु भएसँगै उसले यसअघि विभिन्न देवीदेवताको नाममा रहेका कार्यालयहरुको नाम अंकमा परिवर्तन तथा नयाँ नामपनि अंककै आधारमा राख्न थालेको हो।
हाल सशस्त्र प्रहरीमा ६९ वटा गण गुल्म छन् जसमध्ये २८ वटा देवीदेवताका नाममा छन् भने बाँकीको नामाकरण स्थान र संख्याका आधारमा गरिएको छ । थप पढ्नुहोस्
काठमाडौं । भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने मन्त्र बाँड्ने प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारमा उद्दत छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनतामाझ गरेको सर्वेक्षणले नीतिगत तहमा हुने भ्रष्टाचारमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्यसचिवसम्मको सहभागिता हुने गरेको देखाएको छ ।
अख्तियारले देशका विभिन्न भागमा पुगेर ३ हजार ४ सय सर्वसाधारणसँग गरेको मत सर्वेक्षणले विगतमा प्रधानमन्त्रीदेखि मन्त्री तथा मुख्य सचिवको सहभागितामा नीतिगत भ्रष्टचार हुने गरेको तथ्य औंल्याएको हो । थप पढ्नुहोस्123…55Next »