पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण

काठमाडौं । पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र 'आईएसएस' मा प्रक्षेपण गरिएको हो । थप पढ्नुहोस्

नेपालको पहिलो भू-उपग्रह राति २.३१ बजे प्रक्षेपण हुने

ललितपुर । नेपालको पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी क्यूटेक बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ्न लागेको हो । थप पढ्नुहोस्

आइपुग्यो नेपाली बजारमा ‘डेष्टिनी १२५’ स्कूटर

काठमाडौं । नेपाली बजारमा नयाँ बर्ष २०७६ सालको सुुरुवातसंगै नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ । हिरो मोटरकर्प लिमिटेडले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ लञ्च गरेको हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर सो प्रविधि जडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भागर्भले जानकारी दिए । अत्याधुनिक प्रविधियुक्त सो स्कूटर नेपाली बजारमा उपयोगी हुने कम्पनीको विश्वास छ । डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । थप पढ्नुहोस्

अमेरिकाबाटै यसरी उड्दैछ नेपाली स्याटेलाइट

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना –१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । यो समाचार आजको कान्तिपुर दैनिकमा गोविन्द पोखरेलले लेखेका छन् । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण हुनेछ । थप पढ्नुहोस्

इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक

एजेन्सी । हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो । सोबारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार छापिएको छ । नेदरल्यान्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसो अनुसन्धानको प्रस्ताव गरेका थिए । थप पढ्नुहोस्

बम डिस्पोजलपछि मनिष जोशीले ड्रोन उडाए

दार्चुला । महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् ।सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएर उडाएपछि उनले सबैको ध्यान खिचेका छन् । थप पढ्नुहोस्

नयाँ आइफोन सार्वजनिक

कुपरटिनो, क्यालिफोर्निया । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेका हुन्। यसलाई अमेरिकी बजारमा ११०० डलर 'करिब रु। १ लाख २६ हजार' पर्दछ । यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ । थप पढ्नुहोस्

आर्थिक समृद्धिका लागि सूचना प्रविधि चाहिन्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेआर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत उनले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले नेपालको सूचना प्रविधि क्षेत्रमा आइसिटी अवार्डले नयाँ सम्भावना प्रदान गरेको उल्लेख गर्दै सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पु¥याउने बताए । थप पढ्नुहोस्

मोबाइल एप्समा रेडियो नेपाल

काठमाडौं । रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ । एण्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स आज रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरे । सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स सहयोगी सावित हुने विश्वास पनि उनले व्यक्त गरे । थप पढ्नुहोस्

वल्र्डलिंकको ‘अफर जम्बो खर्च कम भो’ नामक अफरको सुरुवात

काठमाडौं । वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि नयाँ नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्र्तगत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअपबक्स पनि प्राप्त गर्न सक्नेछन् । यस अफर अन्र्तगत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ८४००, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ९६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. १२१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने हुनेछ । यो अफर भाद्र मसान्तसम्मको लागि मात्र लागू गरिएको वल्र्डलिंकले जानकारी दिएको छ । थप पढ्नुहोस्
1 2 3