दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा !

काठमाडौँ । दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको छ । वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३।२ रोपनी जग्गामा करीब रु दुई अर्बको लागतमा बन्ने भएको हो । आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने योजनासहितको उक्त परियोजनाको बुधबार आयोजित कार्यक्रममा शब्ददृश्य परिकल्पना सार्वजनिक गरिएको हो । थप पढ्नुहोस्