बन्द गर्दैछ गुगलले गुगल प्लस ?

काठमाडौं । सन् २०११ मा निकै तामझाम तथा चर्चाका साथ गुगलले आफ्नो सोसल मिडिया प्लाटर्फम गुगल प्लस लञ्च गरेको थियो । तर अथक प्रयासका बाबजुत गुगल प्लसले इन्टरनेट प्रयोगकर्ताबीच लोकप्रियता हासिल गर्न सकिरहेको छैन । फलतः गुगल प्लस प्लाटर्फमको ढोका बन्द गर्ने अन्तिम टुंगोमा गुगल पुग्न लागेको चर्चा सुरु भएको छ । यसको पहिलो पाइलाका रुपमा गुगल फ्रान्सले औपचारिक घोषणा गरेको छ । गुगल फ्रान्सको अफिसियल गुगल प्लस पेजमा राखिएको जानकारी अनुसार यहीँ हप्तादेखि गुगल प्लसको ढोका बन्द गरिनेछ । थप पढ्नुहोस्

स्याटलाइट प्रविधिमा डिस होम फ्री अफर नामक नयाँ योजना

काठमाडौं । स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्तामाझ डिस होम फ्री अफर नामक नयाँ योजना ल्याएको छ । यस योजना अनुसार ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा गर्न सक्नेछन् । यही भदौ १ देखि सुरु भएको योजना सीमित अवधिका लागि मात्र लागू गरिएको डिस होमले जनाएको छ । सरकारले लागू गरेको अनिवार्य डिजिटलाइजेसनको नीति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरीय डिसहोमको सेवा प्रदान गर्न यो योजना लागू गरिएको विज्ञप्तिमा जनाइएको छ । जडान उपकरण निशुल्क पाउने भएपछि ग्राहक संख्या बढ्ने डिसहोमको अनुमान छ । थप पढ्नुहोस्

विद्यालयलाई ओम बैंकद्वारा कम्प्युटर प्रदान

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दीस्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । विद्यालयमा आयोजित एक समारोहकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधुप्रसाद बराललाई बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक विजय ढकालले उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् । सो विद्यालयमा हाल कक्षा १ देखि १० सम्म गरी १६५ जना विद्यार्थी अध्ययनरत छन् । थप पढ्नुहोस्

७ विधामा ९ जनालाई आईसिटी अवार्ड

काठमाडौं । लिभिङ विथ आईसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आईसिटी अवार्ड २०१८’ मा सात विधामा उत्कृष्ट ९ व्यक्ति तथा कम्पनीले अवार्ड जितेका छन् । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा सर्वोत्कृष्ट भएका विजयीहरूलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरूले अवार्ड वितरण गरेका हुन् । कार्यक्रममा मन्त्री बास्कोटाले सरकारले आईसिटी क्षेत्रका लागि आवश्यक नीति र पूर्वाधारको वातावरण तयार पारिरहेको बताए । थप पढ्नुहोस्

स्मार्टफोन निर्माता कम्पनी ओप्पोले एफनाइन सार्वजनिक गर्दै

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी ओप्पोले एफसिरिजअन्तर्गतको नयाँ संस्करण एफनाइन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाइ छ । ओप्पो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ः९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउने कम्पनीको दाबी छ । थप पढ्नुहोस्

फेक अकाउन्ट नियन्त्रणका लागि फेसबूकले उठायो कदम

काठमाडौं । संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबूकले आफ्नो प्लेटफर्ममा फेक अकाउन्टलाई नियन्त्रण गर्नका लागि कदम उठाएको छ । कम्पनीले अमेरिकामा ठूलो संख्यामा फलोअर भएका प्रयोगकर्तासँग अथोराइजेसन मागेको छ ।’ फेसबूकले भन्यो, ‘अमेरिकामा धेरै फलोअर वा अडियन्स भएक व्यक्तिलाई पेज पब्लिशिङ अथोराइजेसन हामीले शुरू गरेका छौं ।’ क्यालिफोर्नियामा रहेको कम्पनील प्रसिद्ध व्यक्तित्वको पेज व्यवस्थापन गर्ने व्यक्तिले पोस्ट प्रक्रिया जारी राख्नका लागि अथोराइजेसन गर्नुपर्छ । थप पढ्नुहोस्

वृद्धि बढाउन कर्मचारी र लगानी थप्दै सामसुङ

दक्षिण कोरिया । आगामी ३ वर्षभित्र दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले १ खर्ब ६० अर्ब डलर लगानी गर्ने र ४० हजारको सङ्ख्यामा कर्मचारी थप्ने बताएको छ । वृद्धि बढाउन र दक्षिण कोरियाली अर्थतन्त्रमा पुनर्बहाली ल्याउन कम्पनीले लगानी बढाउनुका साथै कर्मचारी पनि थप्ने तयारी गरेको हो । हालै मात्र रोजगारी सृजनाका लागि अतिरिक्त बजेट सार्वजनिक गर्ने क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले विशेषगरी युवा पुस्तामाझ रोजगारी सृजना गर्ने आफ्नो पहिलो प्राथमकिता रहेको बताएका छन् । थप पढ्नुहोस्

नयाँ मोबाइल ब्राण्ड टम्बो नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल प्रवेश गरेको छ। भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइलले नेपाली बजारमा आएको घोषणा गरेको हो। टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो। यी मोबाइल फोनहरु अब नेपाली बजारमा पनि उपलब्ध भएका छन्। टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ। कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याएको जनाएको छ। स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्ने तयारी गरेको छ, जो सस्तो मुल्यमा आउनेछ । थप पढ्नुहोस्

मोबाइल हरायो ? चिन्ता नगर्नुस् !

काठमाडौं । तपाईंको मोबाइल फोन सेट हरायो रु फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित रहेका हुन्छन् । तर तपाईंले आफ्नो मोबाइल किनेको मूल्यको पाँच प्रतिशत रकम भने तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष यो रकम तिरेर उक्त कम्पनीमा दर्ता हुनुभयो भने सो सेवा पाइन्छ । थप पढ्नुहोस्

शनिबारदेखि के एल मोबाइल मेला, एक्सचेञ्जसँगै किस्ताबन्दीमा नयां फोन

काठमाडौं । चाबहिल स्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ । मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गर्न लागेको हो । केएल मोबाइल हबले साउन १९ गते शनिबारदेखि २ साता चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन आयोजना गरेको बताएको छ । मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । थप पढ्नुहोस्
1 2