नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाद्वारा राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिएका छन् । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराए । झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'बाट नै आफ्नो राजीनामा माग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताए । झालाई अध्यक्ष पदबाट हटाउन नेकपाभित्रबाट सरकारलाई दबाब दिइएको थियो । थप पढ्नुहोस्

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सिंजावासीलाई

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती, फोन गर्न डाँडा पाखा धाउनुपर्ने बाध्यता जुम्ला । तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । तर हिमा र कनकासुन्दरी गाउँपालिकाका वासिन्दा भने टेलिफोन सेवाबाट बञ्चित रहेका छन् । थप पढ्नुहोस्

टेलिकमले दिनेभयो ५५ प्रतिशत नगद

काठमाडौं । नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । सरकारबाट स्वीकृति प्राप्त भई आएपश्चात् कम्पनीको आगामी एघारौं वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ । थप पढ्नुहोस्

नगरपालिका हो तर फोन गर्न दैनिक अग्लो डाँडामा जानुपर्छ

जाजरकोट । नेपाल टेलिकमले जाजरकोटको सबै ठाउँमा टेलिफोन सेवा पुगेको जिकिर गरे पनि पश्चिमी क्षेत्रको अधिकांश ठाउँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् । गाउँमा टेलिफोन सुविधा नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । सञ्चार सुविधाको अभावमा बिरामीको उपचार, आपत्कालीन उद्धार देश विदेशमा रहेका आफन्तसँगको सम्पर्क कठिन भएको शिवालय–१ मोर्क बजारका पूर्णबहादुर महतरा बताउँछन् । अहिलेको सूचना प्रविधिको युगमा पनि जनता सञ्चार सुविधाबाट वञ्चित हुनु दुःखद् भएको उनको भनाइ छ । थप पढ्नुहोस्

अस्पतालमा टेलिफोनको असुविधा, दैनिक काम प्रभावित

रोल्पा । जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राही समेत मर्कामा पर्दै आएका छन् । जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध हुँदै आए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहुँचमा पुग्नसकेको छैन । कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्ने बाध्यता छ । थप पढ्नुहोस्

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ । थप पढ्नुहोस्

नेपाल टेलिकमको दशैंमा अफरै अफर

अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा दिने सेवा सुविधाहरु सार्वजनिक गरेको छ । टेलिकमले दशैंको अवसरमा अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक दिने घोषणा गरेको छ । अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । ६०० ब्यालेन्समा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर 'बिहान ६ बजेदेखि राति १० बजेसम्म' र १ जीबी ‘अफपिक आवर’ 'राति १० देखि बिहान ६ बजेसम्म' प्रयोग गर्न सकिन्छ । थप पढ्नुहोस्

इन्टरनेट प्रयोगकर्ता मासिक ४ लाखले वृद्धि

काठमाडौं । मासिक रुपमा नेपाल टेलिफोनका प्रयोगकर्ता ३ लाखले बढ्दा इन्टरनेट प्रयोगकर्ता ४ लाखले घटेका छन् । नेपालको जनसंख्या भन्दा बढी दूरसञ्चार प्रयोगकर्ता भइसक्दा पनि मासिक टेलिफोन प्रयोगकर्ताको बृद्धि भने रोकिएको छैन । नेपालमा सेवा दिइरहेका प्रमुख २ वटा दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलबाहेक पछिल्लो सयम स्मार्ट टेलिकम बजारमा आफ्नो उपस्थित देखाउँदै आगडि आइरहेको छ । तर, पनि सेवाग्राहि थप गर्ने र बजार बढाउने काममा भने टेलिकम र एनसेल नै अग्रणी रूपमा छन् । टेलिफोन सेवाप्रदायक कम्पनीबीचकै प्रतिस्पर्धाका कारण यसका प्रयोगकर्ता पनि बढिरहेका छन् । थप पढ्नुहोस्

संविधान दिवसको अवसरमा टेलिकमको सहुलियत योजना

काठमाडौं । नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको प्रवक्ता प्रतिभा वैद्यले बताए । थप पढ्नुहोस्

एक कल फोन गर्न डाँडामा जानुपर्ने बाध्यता !

जाजरकोट । पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टौ हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताए । अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिए । केन्द्रीय कार्यालयबाट स्तरोन्नतिका लागि प्राविधिक पठाएर हेरे पनि अहिलेसम्म काम हुन नसकेको जैसीले बताए । थप पढ्नुहोस्
1 2 3 5