काठमाडौं । सरकारले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि मर्यादामा भने बस्नुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले नेपालमा सञ्चालनमा हुने सबैखाले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने बताए। मन्त्री बाँस्कोटाले राष्ट्रिय कानुनअनुरुप दर्ता भएरमात्र सञ्चालन हुन पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए । थप पढ्नुहोस्
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउनका लागि सूचना तथा प्रविधि विधेयक ल्याइएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सूचना तथा प्रविधि सम्बन्धी विधेयक २०७५ पेश गर्दै उनले फेसबुक चलाउन व्यक्ति व्यक्तिले दर्ता गर्नुपर्ने कुरा गलत भएको समेत बताए ।
उत्तरी छिमेकी देशले आफ्नै सामाजिक सञ्जाल निर्माण गरेको भएपनि नेपालले आफ्नै विकास गर्ने अवस्था भइनसकेकाले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने प्रावधान ल्याइएको मन्त्री बाँस्कोटाले बताए । थप पढ्नुहोस्
काठमाडौं । सामाजिक सञ्जालबाट किशोरभन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ ।
आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ ।
लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ ।
अध्ययनका अनुसार झण्डै १४ बर्षको उमेरका किशोरीहरुलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ । थप पढ्नुहोस्
नेपाल बहस डेस्क ।
काठमाडौँ । नेपालकै पहिलो रियालिटी शो नेपाल आइडलको सिजन २ को फाइनल चलिरहेको छ । पुल्चोक इन्जिनियरिंग क्याम्पसमा चलिरहेको सिजन २ को नेपाल आइडल धेरैले टेलिभिजन, फेसबुक, युट्युबमा हेरिरहेका छन । तर नेपाल आइडलको फिनाले शुरु हुनु अगावै दाङ बस दुर्घटनामा १६ जनाको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ ।
प्लस टु पढ्ने र व्याचलर स्टुडेन्ट नेपाल आइडलका प्रतिष्पर्धी सुमित पाठक, रवि ओड, सुस्मिता अधिकारी र बिक्रम बरालले सांगितिक जीवनको उत्कर्षमा रहदा पश्चिम नेपालको दाङमा १६ जना स्कुले केटाकेटीले जीवनको अन्तिम श्वास फेरेका छन । थप पढ्नुहोस्
काठमाडौं । फेक न्युजका सम्बन्धमा बेलायती संसदले गरिरहेको अनुसन्धानको क्रममा लुकाइएको तर फेसबुकबाट जफत गरिएका जानकारीहरु सार्वजनिक भएका छन् ।
यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गले सोसल नेटवर्कका कर्मचारीलाई पठाएका इमेल पनि समावेश छ । एक सफ्टवेयर फर्मबाट इमेलहरु प्राप्त भएको बेलायती सांसदले बताएका छन् ।
झण्डै २५० पृष्ठको जानकारी प्रकाशित भएको हो । यसरी सार्वजनिक गरिएका केही जानकारी वा इमेल निकै गोप्य र संवेदनशिल रहेका छन् । फेसबुकले यसरी जानकारी सार्वजनिक गरिएकोमा आपत्ति जनाएको छ । थप पढ्नुहोस्
एजेन्सी। विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।
फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए।
पहिचान अझै नखुलेका केही व्यक्ति ९ह्याकर० ले करिब एक करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए । थप पढ्नुहोस्
काठमाडौं । एक अध्ययनका अनुसार मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् ।
बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट सेवा प्रयोगकर्ता रहेको देखाएको छ ।
आईडीआरसी, सीआरडीआईलगायतका संस्थाले गरेको सर्वेक्षणमा ७२ प्रतिशत नेपालीसँग मोबाइल फोन रहेको पाइएको छ । थप पढ्नुहोस्
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलार्य प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काईदिएका हुन् ।
आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफुलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो ।
नेपाल प्रहरीका पुर्वडिएसपीसमेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखिएका आपत्तिजनक शब्दको स्क्रिन्सट प्रमाणसहित समुना महाशाखामा उजुरी गर्न गएकी थिइन् । थप पढ्नुहोस्
काठमाडौं । नजिकिदैँ गरेको चाडपर्वलाई लक्षितगर्दे मोबाइलएप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फितार्’ योजना ल्याएको छ । जस अन्तर्गत रिचार्जर एपको माध्यमबाट लुगा तथा जुत्ता खरिद गर्ने क्रममा आफुसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरले जनाएको छ ।
ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरे पछि मन नपरेको खण्डमा तत्कालै उक्त सामान फिर्ता गर्न सक्ने छन् । ‘रिचार्जरबाट सामान अर्डर गरे पछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नु पर्दैन ।’रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने । थप पढ्नुहोस्
काठमाडौं । सबै सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भएको छ । ‘सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।
फेसबुक, ट्वीटर, भाइबर जस्ता सामाजिक सञ्जालका माध्यमबाट नागरिकका गुनासा सुन्न तथा तत्काल सम्बोधन गर्नको लागि भन्दै कार्यविधि ल्याइएको हो । यसले नागरिकसँग सरकारी निकायको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ ।
कार्यविधिअनुसार अब सबै सरकारी कार्यालयले फेसबुक पेज, ट्वीटर एकाउन्ट र भाइबर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने छ । थप पढ्नुहोस्123…5Next »