नेकपाको सचिवालय बैठक आइतबार बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आइतबार बस्दै छ। गत असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक दशैँ लगायतका कारण दशैँपछि सारिएको थियो। बैठकमा प्रदेशका नेतृत्व सिफारिस, सरकारका कामकारबाहीलगायतका विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालको गुनासोले प्रवेश पाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा नेपालको विषयले प्रवेश पाउने एक नेताले बताए। बैठकमा पार्टीको तल्ला कमिटी एकीकरणअन्तर्गत जिल्लाको एकीकरणका सन्दर्भमा प्रदेश नेतृत्वले गरेको गृहकार्यका विषयमा छलफल हुनेछ । थप पढ्नुहोस्

२९ हजार नक्कली नोटसहित काठमाडौंबाट दुई पक्राउ

काठमाडौं । नक्कली नोटसहित प्रहरीले काठमाडौंबाट दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कागेश्वरी मनहरा नगरपालिकाका २९ वर्षीय दोक्चे महर्जन र २५ वर्षीय अनिल शाह रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त गौशलाका अनुसार एक हजार दरका २९ वटा नक्कली नोटसहित शुक्रबार उनीहरूलाई पक्राउ गरिएको हो। शंका लागरेर उनीहरू चढेको बा ४५ प ८०६६ नम्बरको स्कुटर चेकजाँच गर्दा उक्त परिणामको नक्कली नोट फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होवेद्र बोगटीले जानकारी दिए। उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

काठमाडौं । अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ। आज भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ। काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताए। तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए । थप पढ्नुहोस्

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिड पराजित भएको छ । आज भएको खेलमा रियल मड्रिड लेभान्टेसंग २ - १ गोल अन्तरले पराजित भएको हो । रियल घरेलु मैदानमै लेभान्टेसंग स्तब्ध बनेको हो । लेभान्टेलाई जित दिलाउन जोसे लुइस मोरलेस र रोजर मार्टिले एक एक गोल गरे । रियलका मार्सेलोले एक गोल फर्काए । पहिलो हाफको सातौं मिनेटमा मोरलेसले गोल गर्दै लेभान्टेलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा मार्टिले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा लेभान्टे २ - ० ले अघि रह्यो । खेलको दोस्रो हाफमा रियल खेलमा फर्कने कोशिस गर्यो । तर, सफल भएनन् । थप पढ्नुहोस्

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

लहान । प्रहरीले नलकटुवा पेस्तोलसहित आज सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ । जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी सिरहाको धनगढीमाई नगरपालिका– ९ जिरोमाइलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । थप पढ्नुहोस्

भिरबाट लडेर महिलाको मृत्यु

म्याग्दी । म्याग्दी रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँस्थित ढाडेगौडाको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घरबाट श्रीमान् र छोरीसहित कोटगाउँस्थित माइतीघर जाँदै गरेकी पुनको बाटोबाट १५० मिटर तल खसेर मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए। बिहीबार राति भिरबाट खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा ल्याई परीक्षण गरेर आज आफन्तको जिम्मा लगाइएको पनि उनले बताए । थप पढ्नुहोस्

प्रधानमन्त्रीले लगाइदिए एचआईभी संक्रमित बालबालिकालाई दशैंको टिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआईभी संक्रमित बालबालिकालाई दशैंको टिका लगाइएका छन् । शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा सामुहिक दशैं टिकाको दोस्रो दिन टिका लगाइ दिएका हुन्। सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षकहरुसँग जानकारी लिएका थिए । थप पढ्नुहोस्

रानीबारीमा १८ वर्षीय बालकको हत्या गरी फरार १४ वर्षपछि पक्राउ

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले काठमाडौं–३, रानीबारीमा १८ वर्षीय बालक जीवन लोहनीको हत्या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ देविस्थान–२ का ३७ वर्षीय हिक्मत हमाल छन् । यसअघि हमालसहित हरि गिरी, प्रकाश हमाल लगायतको समूहले मादक पदार्थ सेवन गरेर बालक लोहनीको हत्या गरेका थिए । हत्यामा संलग्न हरि र प्रकाश यसअघि नै पक्राउ परिसकेका छन् । घटनामा संलग्न दुई जना अझै फरार छन् । उनीहरुले खुकुरी प्रहार गरेर बालकको हत्या गरेका थिए । थप पढ्नुहोस्

रेलले ठक्करबाट पञ्जावमा ५० जनाको मृत्यु

काठमाडौं । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो । स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो । थप पढ्नुहोस्

ग्यास सिलिण्डर विष्फोट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ । विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ । थप पढ्नुहोस्
1 2 3 29