fbpx

सम्बन्ध विच्छेदको निहुँमा ससुराली र साढु दाइका परिवार सखाप

फिदिम । श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । सम्बन्धविच्छेदको निहुँमा पाँचथरको मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनाको गत राति वीभत्स हत्या भएको प्रहरीले स्थलगत अध्ययनपछि जनाएको होे । थप पढ्नुहोस्

पाँचथरको आरुबोटेमा नौ जनाको विभत्स हत्या, अनुसन्धानका लागी प्रहरी घटनास्थलमा

[अफडेट] पाँचथर । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या भएको छ । घटनास्थलबाट १२ वर्षीया बालिका सीता खाजुम भागेर बाँच्न सफल भएकी छिन् । बालिका भन्छिन, कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका हुन् । पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका-३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको थियो। धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका नौजनाको हत्या भएकोथियो । थप पढ्नुहोस्

पाँचथरको आरुबोटेमा दुई परिवारका नौ जनाको विभत्स हत्या !

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिए । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरे । थप पढ्नुहोस्

[अपडेट] त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुग्यो

धादिङ । गजुरी ६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट आइतबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेको उद्धारमा खटिएका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नंबरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो । मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरिका ३६ वर्षीय सीता थपलिया, इलाम कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ मलेखुका ४३ वर्षीय राजन आचार्य रहेका छन् । थप पढ्नुहोस्

नानीगाडमा जिप दुर्घटना : ३ जनाको मृत्यु

accident-symbol
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार बिहान जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बाकेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर सडकभन्दा डेढसय मिटर तल खसेको थियो । दुर्घटना परी अन्य ३ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ । दुर्घटनामा परी दशरथचन्द(१० बाराकोटका अन्दाजी ४०र४५ वर्षका हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । थप पढ्नुहोस्

अपडेटः त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

tirsuli-Accident
धादिङ । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशूलीमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना।७ख ४३८७ नम्बरको यात्रुवाहक बस बिहान ६ बजे त्रिशूली नदीमा खसेको हो । घटनास्थलमै मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङकै राजन आचार्य रहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा ५ को मृत्यु

[अपडेट] धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए। घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । थप पढ्नुहोस्

करेन्ट लागेर युवकको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा अचानक मोटरको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । थप पढ्नुहोस्

गोली प्रहार गरी आफ्नै दाइको हत्या

पर्सा । पर्सामा भाइले गोली प्रहार गरी आफ्नै दाइको हत्या गरेका छन् । जिल्लाको जिराभवानीपुर गाउँपालिका– १ पलुवामा ३८ वर्षीय भाइ शेख सेरामुद्दिनले दाइ ४८ वर्षीय शेख फरुकलाई पेस्तोलबाट गोली प्रहार हत्या गरेका हुन् । घरायसी विवाद हुँदा भाइले दाइको छातीमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर गम्भिर घाइते भएका उनको उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । अहिले मृतकको शव घर लगिएको छ। गोली प्रहार गर्ने भाइ सेरामुद्दिनलाई कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीका खोकासहित प्रहरीले नियन्त्रणमा लिएको छ । थप पढ्नुहोस्

आफ्नै घरमा पालेको गोरुले लियो मालिकको ज्यान

भद्रपुर । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको थियो । थप पढ्नुहोस्
1 2 3 71