लुटपाट, डकैती र अपराधकर्मीको आश्रयस्थल जमुनियाँमा प्रहरी पोष्ट

काठमाडौं । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज साँझ प्रहरी पोष्ट स्थापना भएको छ । लुटपाट, डकैती हुने र अपराधकर्मीको आश्रयस्थल बनेको आम गुनासो बढेपछि आज साँझ सो चोकमा नेपाल प्रहरीको अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । भङ्गाहा नगरपालिका र बर्दिवास नगरपालिकाको सीमा नजिकै पुरानो रातु नदी छेउमा रहेको भङ्गाहा–६ जमुनियाँचोकमा लुटपाट र डकैतीका घटना भएपछि स्थानीय जनता र बाटो हिँड्ने आम यात्रीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । थप पढ्नुहोस्

काठमाडौं-तराई-मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुन्छ : नेपाली सेना

काठमाडौं। नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ – तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशंका नगर्न आग्रह गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबै बाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समय भित्रै निर्माण गर्न सक्षम हुने दाबी गरे । थप पढ्नुहोस्

तराई– मधेश द्रुतमार्गको डिपीआर कोरियाली कम्पनीलाई !

काठमाडौं । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश दु्रतमार्ग 'फाष्ट ट्रयाक'को विस्तृत परियोजना प्रतिवेदन 'डिपीआर' तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको हो । थप पढ्नुहोस्

ताल फुटाउन सेना परिचालन !

बलेवा, बागलुङ । गत भदौ २९ गते पहिरो खसेर थुनिएको ढोरपाटन नगरपालिका–२ सिमलचौरस्थित बडिगाड खोला अझै खुल्न सकेको छैन । पहिरोसँगै कडा चट्टान खोलामा थुप्रिएपछि ताल बनेको छ । खोलामा बनेको ताल फुटाउन नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन थालेको छ । सुरक्षित तरिकाबाट ताल फुटाउन नेपाली सेनाको पश्चिमाञ्चल पृतना कार्यालय पोखराबाट सेनानी बलबहादुर थापा नेतृत्वको ११ जनाको प्राविधिक टोली सो क्षेत्रमा पुगेको छ । स्थानीयवासीले चाँडो तालको पानी निकास गर्न माग गरेका छन् । लोकमार्ग सञ्चालनबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । थप पढ्नुहोस्

निर्मला बलात्कार भित्र अल्झिएको सरकार ! १९ प्रहरी अधिकारीको मोबाइल जफत

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको बलात्कार–हत्याकाण्डको अनुसन्धानमा विभिन्न तहबाट संलग्न १९ जना प्रहरी अधिकारीको मोबाइल जफत गरिएको छ । प्रहरी अधिकारी र अन्य प्रहरीको मोबाइल कनेक्सनको अध्ययन, उनीहरुले केही डाटा मेटाएको भए त्यसको ‘रिकभरी’ गर्ने र कल डिटेलका लागि मोबाइल तथा सिमकार्ड जफत गरिएको समाचार स्रोतले जनाएको छ । नेपाल बहस डटकमले गत साउन १० गते भीमदत्त नगरपालिका–२ महुलियाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको समाचारलाई निरन्तर प्रकाशन गर्दै आएको छ । थप पढ्नुहोस्

सुडानमा नेपाली सेनालाई गोली लाग्यो, अवस्था खतरामुक्त

काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक नेपाली सैनिक जवानलाई गोली लागेको छ । ती सैनिकलाई आइतबार गोली लागेको नेपाली सेनाले जनाएको छ । तर घाइते जवानको नाम भने सेनाले सार्वजनिक गरेको छैन । उनलाई खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दक्षिणी सुडानको नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको गस्ती फर्कने क्रममा उनलाई गोली लागेको हो । थप पढ्नुहोस्

भूतपूर्व प्रहरी लामा पक्राउ

काठमाडौं । प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा परेका छन् । दाङ जिल्लाको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई प्रक्राउ गरी हिजो सार्वजनिक गरिएको हो । दोलखा भीमेश्वर नगरपालिका–२ चरिकोट घर भई काठमाडौँ पेप्सीखोला बस्दै आएका ५१ वर्षीय लामालाई काठमाडौँबाट दाङ प्रहरीसहित सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्त लामाले करीब ६०-७० जनासँग जनही रु दुई लाख ५० हजारसम्म लिएको खुल्न आएको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

निर्मला हत्या प्रकरण : डीआइजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन

काठमाडौं । नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानविन गर्न फेरि समिति गठन गरेको छ । छानबिन समितिलाई शक्तिशाली बनाउन डीआइजी धिरु बस्नेतको संयोजकत्वमा ९ सदस्यीय बनाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । यो छानबिन समितिमा यसअघि संयोजक रहेका एसएसपी उत्तम सुवेदीसहित पुरानै ५ सदस्य पनि छन् । समितिलाई निलम्बनमा परेका ६ जना प्रहरी अधिकारीमाथि पनि सोधपुछ गर्ने जिम्मेवारी दिइएको छ । प्रहरीले नै प्रमाण नष्ट बनाएको भन्ने आरोप लागेसँगै प्रहरीले ६ जना प्रहरी अधिकृतलाई निलम्बन गरेको थियो । थप पढ्नुहोस्

बालुवा तस्करीसँग घुस माग्ने ९ जना प्रहरी पक्राउ

काठमाडौं । काठमाडौं र भक्तपुरमा घुस माग्ने नौ प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई बालुवा तस्करीसँग घुस मागी रहेका बेला पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग कोटेश्वर, काडाँघारी र भक्तपुरको सानोठिमी प्रभागका प्रहरीलाई आयोगबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई असई, तीन हवल्दार र चार सिपाही रहेका छन् । बालुवा तस्करीको सेटिङ मिलाउँदै उनीहरुले घुस मागेका थिए । घुस लिएको सूचना पाएपछि अख्तियारले ‘स्टिङ अप्रेसन’ चलाएर उनीहरुलाई पक्राउ गरेको हो । थप पढ्नुहोस्

बलात्कारविरुद्ध लड्न स्कुलले छात्रालाई प्रहरीले तालिम दिदै

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरीमाथि अनेक प्रश्न उब्जिएका छन् । प्रहरी संगठनमाथि नै आमनागरिकको विश्वास गुम्दै गएको छ । यो दबाबबीच प्रहरीले भने बलात्कारीविरुद्ध लड्न स्कुले छात्रालाई तालिम दिने योजना बनाएको छ । ७७ जिल्लाकै स्कुले छात्रालाई तालिम दिने बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपाल प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रूपमा तालिम दिन तयारी थालेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । थप पढ्नुहोस्
1 2 3 35