fbpx

सशस्त्र प्रहरीले ३२९७ जना प्रहरी जवान माग्यो ‘सूचनासहित’

काठमाडौं: सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ । सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको हो । सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि आगामी चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् । थप पढ्नुहोस्

सशस्त्र प्रहरीको निरीक्षकमा ३४ ले लिखित परीक्षामा नाम निकाले (नामावलीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा प्रहरी निरीक्षकको लिखित परीक्षा सार्वजनिक भएको छ। गत पुस २७ देखि ३० सम्म लिइएको लिखित परीक्षामा ३४ जना उतिर्ण भएका छन्। लिखित परीक्षामा उर्तिण भएका उम्मेद्वारले आगामी कार्यक्रमका लागि सहभागी हुन पनि एपीएफले भनेको छ । थप पढ्नुहोस्

पाँचथरको २१ स्थानमा सशस्त्र प्रहरी राखिने

पाँचथर । प्रदेश नं १ को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि सशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताए । उनले सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न रु. १७ करोड ५० लाख बजेट छुट्याइसकेको जानकारी दिए । थप पढ्नुहोस्

सशस्त्रका बाहिनी र गण गुल्मको नाम परिवर्तन सुरु

काठमाडौं  : सशस्त्र प्रहरी बल (एपीएफ) का क्षेत्रीय कार्यालय (बाहिनी) तथा गणहरुको नाम ईसाई धर्म परिवर्तनको लक्ष्यसहित नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ईसाई धर्म मान्ने मुलुकको दवावमा परिर्वतन हुन शुरू भएकाे छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचना सम्बन्धी विस्तृत कार्ययोजना लागु भएसँगै उसले यसअघि विभिन्न देवीदेवताको नाममा रहेका कार्यालयहरुको नाम अंकमा परिवर्तन तथा नयाँ नामपनि अंककै आधारमा राख्न थालेको हो। हाल सशस्त्र प्रहरीमा ६९ वटा गण गुल्म छन् जसमध्ये २८ वटा देवीदेवताका नाममा छन् भने बाँकीको नामाकरण स्थान र संख्याका आधारमा गरिएको छ । थप पढ्नुहोस्

पर्साको विभिन्न नाकाबाट तस्करी शुरु , घुमुवा प्रहरी असुल्छन् रकम

बीरगंज । केही समयदेखि सुस्ताएको तस्करी प्रमुख व्यापारिक नाका बीरगञ्जबाट पुन शुरु हुन थालेको छ । २ दिन अघिदेखि बीरगंज नाकाबाट व्यापक रुपमा भन्सार छलेर तस्करीको सामान भित्रन थालेको छ । सीमावर्ती रक्सौल हुँदै ल्याइएका सामानहरु भन्सार बिना नै बीरगंज भित्रिने क्रम बढेको समाचार नेपालबहस डटकमले प्राप्त गरेको छ । प्रहरी र भन्सार कर्मचारीहरुको सेटिङमा अहिले संगठित रुपमा तस्करी शुरु हुनथालेको हो । भन्सारमा रहेको सशस्त्र प्रहरी राजश्व गस्ती टोलीले बरामद गरेको तस्करीको परिमाणबाट पनि ठूलो मात्रामा भन्सार छलेर तस्करी हुने गरेको पुष्टि हुन्छ । थप पढ्नुहोस्

प्रधानसेनापति थापा पुस २७ गते भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा भारत सरकारको निमन्त्रणामा पाँच दिने यात्राका लागि पुस २७ गते नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्किने छन् । नेपाली सेनाको नेतृत्व सम्हालेको चार महिनापछि हुन लागेको यो भ्रमणमा दुई देशबिचको परम्परा अनुसार प्रधानसेनापति थापालाई पुस २८ गते भारतीय राष्ट्रपतिद्वारा भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान हुनेछ । धानसेनापति थापाले भारतको जल, थल र हवाई सेनाका प्रमुखसँग अलग अलग भेट गर्ने छन् । थप पढ्नुहोस्

ईसाईको दवावमा सशस्त्रका ब्यारेकको नाम परिवर्तन  ?

काठमाडौं । सशस्त्र प्रहरी वल ( एपीएफ )का क्षेत्रीय कार्यालय ( बाहिनी) तथा गणहरुको नाम ईसाई धर्मपरिवर्तनको लक्ष्यसहित नेपालका सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ईसाई धर्म मान्ने मुलुकको दवावमा फेरिएको आशंका गरिएको छ । सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्ने नाममा बाह्य शक्तिको दवावकै कारण गृह मन्त्रालयले स्थापनाकालदेखि नै देवीदेवताका नाममा राखिएका क्षेत्रीय कार्यालय र गणहरुको नाम परिवर्तन गरिएको हुनसक्ने सरकारकै वरिष्ठ अधिकारीहरुको आशंका छ । थप पढ्नुहोस्

डेनमार्कको चर्चले सशस्त्रलाई दियो पानी छान्ने उपकरण !

Dan church
काठमाडौं । ईसाई धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित एशिया प्यासिफिक समिटको चर्चा सेलाउन नपाउदै त्यसको प्रभाव मुलुक कै अर्धसैनिक निकाय सशस्त्र प्रहरी बलमा पर्न थालेको छ । यूनिफिकेशन नेपालसमेत आबद्ध रहेको तथा ललितपुरमा कार्यालय रहेको डेनमार्कको एक संस्थाबाट सशस्त्र प्रहरीले पानी छान्ने उपकरण सहयोग लिएको हो । त्यो संस्थाले विश्वव्यापी रुपमै हिन्दू, बौद्ध, इस्लाम लगायतका धर्मप्रति आस्थावान व्यक्तिहरुको धर्म परिवर्तन गराउने तथा इसाई धर्म प्रचार गराउँदै आएको छ । थप पढ्नुहोस्

विप्लव आतंकवादी, सीके राउत विखण्डनकारी :- सुरक्षा परिषद

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र स्वतन्त्र मधेश अभियानको आवरणमा राष्ट्रिय अखण्डताविरुद्ध अभियान चलाउँदै आएका डा. सीके राउतका कारण मुलुक दीर्घकालिन अस्थिरतामा फस्ने खतरा रहेको औंल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार बुझाइएको राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदनमै विप्लव नेतृत्वको नेकपा र सीके राउत संयोजक रहेको स्वतन्त्र मधेश अभियानका गतिविधि देशकै लागि प्रमुख चुनौती रहेको औंल्याइएको उच्च स्रोतले नेपाल बहसलाई जानकारी दियो । थप पढ्नुहोस्

सीमा नाका झुलाघाट हिँडेका १ सय ६० जवानलाई मिलेन सीमानामा जाने अनुमति

बैतडी । गत असोजमा सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षाका लागि हिँडेको सशस्त्र प्रहरी बलको गुल्म नेपाल भारत सीमा नाका झुलाघाट जाने अनुमति नमिल्दा सदरमुकाम गढीमा नै बसेको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्ने उद्देश्यसहित यहाँ आएको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै बसेको छ । सरकारले सबै जिल्लामा सशस्त्रको उपस्थिति गराउने निर्णयानुसार यहाँ पहिलोपटक गुल्म स्थापना गरेको छ । थप पढ्नुहोस्
1 2 3 4