प्रधानसेनापति थापा भारत प्रस्थान

  काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजना छन् । थप पढ्नुहोस्

भारतको औपचारिक निमन्त्रणमा प्रधानसेनापति भारत प्रस्थान

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजना छन् । थप पढ्नुहोस्

प्रधानसेनापति भोलिबाट ६ दिने भारत भ्रमणमा, प्रवक्तामा ढकाल नियुक्त

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलि शुक्रबारदेखि छ दिने भारत भ्रमण गर्ने भएका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल वीपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतिय राष्ट्रपति रामनाथ कोविन्दले भारतियस्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नेे कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । थप पढ्नुहोस्

आगामी शुक्रबार प्रधानसेनापति भारत भ्रमणमा जादै

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी शुक्रबार (पुस २७ गते) बाट भारतको औपचारिक भ्रमण गर्ने भएको छ ।प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनी पहिलो पटक भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने भएका छन् । नेपाल र भारतबीच एक अर्काे देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दज्र्यानी दिने प्रचलन छ । थप पढ्नुहोस्

सैनिक प्रवक्तामा ढकाल

काठमाडौं । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी यामप्रसाद ढकाललाई दिएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफको जिम्मेवारीमा रहेका ढकाललाई जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाे प्रमुखसहित प्रवक्ताको जिम्मेवारी तोकेको हो । उनले आगामी सातादेखि जिम्मेवारी सम्हाल्ने छन् । हालका प्रवक्ता एवं सहायकरथी गोकुल भण्डारीको सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा काज सरुवा भएको छ । उनले नयाँ प्रवक्तालाई आगामी साता जिम्मेवारीको बुझबुझारत गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट थाहा भएको छ । थप पढ्नुहोस्

जवानको सिधा उजुरी : प्रधानसेनापति थापाको फण्डा कि शुद्धिकरणको प्रयास ?

नेपाली सेना
काठमाडौं । नेपाली सेनामा कार्यरत तल्लो तहका कर्मचारीले भ्रष्ट र गैरकानुनी गतिविधिमा संलग्न आफ्नै कमाण्डरविरुद्ध आफ्नो उजुरी, असन्तुष्टि र गुनासा सिधै प्रधानसेनापतिसमक्ष राख्न पाउने भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले तल्लो तहका फौजका समस्या तथा गुनासा सम्बोधन गर्न हाकिमका गलत कामबारे सिधै उजुरी गर्नसक्ने व्यवस्था सुरु गरेका हुन् । प्रधानसेनापति थापाको यो कदमलाई उनी निकटका अधिकृतहरुले आन्तरिक शुद्धिकरणको महत्वपूर्ण कदम भन्दै बचाउ गरेका छन् । थप पढ्नुहोस्

विप्लव आतंकवादी, सीके राउत विखण्डनकारी :- सुरक्षा परिषद

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र स्वतन्त्र मधेश अभियानको आवरणमा राष्ट्रिय अखण्डताविरुद्ध अभियान चलाउँदै आएका डा. सीके राउतका कारण मुलुक दीर्घकालिन अस्थिरतामा फस्ने खतरा रहेको औंल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार बुझाइएको राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदनमै विप्लव नेतृत्वको नेकपा र सीके राउत संयोजक रहेको स्वतन्त्र मधेश अभियानका गतिविधि देशकै लागि प्रमुख चुनौती रहेको औंल्याइएको उच्च स्रोतले नेपाल बहसलाई जानकारी दियो । थप पढ्नुहोस्

भावविह्वल हुँदै बिदा बसे उपरथी सुवेदी !

उपरथी देवकुमार सुवेदी काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जुनियर उपरथी शरद गिरीलाई रथीमा बढुवा सिफारिस गरेपछि अर्का उपरथी देवकुमार सुवेदीले राजीनामा दिएका छन् । सैनिक गुप्तचर विभाग प्रमुख समेत रहेका उपरथी सुवेदीले कनिष्ठलाई रथी पदमा बढुवा सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । थप पढ्नुहोस्

राष्ट्रपति भण्डारीलाई फेरि डेढ अर्बको हेलिकप्टर !

काठमाडौं । सर्वहारावादी भनिएको ने क पाको वर्तमान दुईतिहाई सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि फेरि सुविधायुक्त अत्याधुनिक हेलिकप्टर खरिद गरेको छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो । थप पढ्नुहोस्

कार्गो विमान किन्न सेनाले पायो ५९ करोड

 काठमाडौं । सरकारले नेपाली सेनालाई कार्गो विमान खरिद गर्न रु.५९ करोड रुपैयाँ भुक्तानी दिएको छ । सैनिक मुख्यालयका नाममा अर्थ मन्त्रालयले ‘फिक्स विङ जहाज’ अर्थात सैनिक बिमान खरिद गर्न रु.५९ करोड रुपैयाँ निकासा दिएको हो । गत आब मै सेनाले मिडियम हेलिकप्टर १, लाइट २, भीपीआइपी उडानको मध्यम १, फिक्स विङ १ र ट्रेनर हेलिकप्टर १ गरी ७ वटा हवाइसाधन खरिदको अनुमति पाएको थियो । केही महिना भित्रै कार्गो विमान ल्याइसक्ने गरी सेनाले अर्थबाट रकम पाएको जनाएको छ । सेनाले २ वर्षको अवधिमा मात्रै सरकारबाट साना/ठूला गरी ७ वटा हेलिकप्टर तथा जहाज किन्न स्वीकृति पाइसकेको छ । थप पढ्नुहोस्
1 2 3 12