fbpx

कुरा हेल्मेटको काम कमिशनको

helmat-nepal
जनताको जीउधनको सुरक्षा सरकारको दायित्व हो । लोकतन्त्रमा जनता जनार्दन हुन् । जनताको मत पाएर सत्तारुढ भएको पार्टी र नेतृत्वको ध्यान जनता केन्द्रित हुनुपर्छ । यसै अर्थमा सरकारले दुई पांग्रे सवारी अर्थात मोटरसाइकलमा सवार हुने दुबै यात्रुले हेल्मेटको अनिवार्य प्रयोग गर्नुपर्ने गरी कानून निर्माणको तयारी गरिरहेको प्रसंग सार्वजनिक भएको छ । सुन्दा आकर्षक र जनताको भावनामैत्री लाग्छ यो तयारी । तर यसका पछाडिको अन्तर्य भने बेग्लै हुनसक्छ । कारण सरकारको कार्यशैली र व्यवहार अर्कै देखिन्छ । नेपालमा हेल्मेटको उत्पादन छैन । भारतबाटै धेरैजसो हेल्मेट आयात गर्नुपर्छ । थप पढ्नुहोस्

उपत्यकामा एकै दिन १ हजार भन्दा बढि ट्राफिक कारवाही

नेपाल प्रहरी
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न नाकाबाट आउत जावत गर्ने सवारी साधन र सवारी दुर्घटना विवरण सार्वजनिक गरेको छ । यसैबिच जेठ ६ गते काठमाडौं उपत्यकामा भएको ट्राफिक कारवाही विवरण पनि ट्राफिक प्रहरीले जानकारी गराएको छ । थप पढ्नुहोस्

‘हेल्मेट तपाईकै सुरक्षाका लागि हो, ट्राफिक प्रहरीका लागि होइन’ !

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईपाङ्ग्रे सवारीसाधनमा पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने व्यवस्था लागु गर्ने घोषणा गरेपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया सार्वजनिक भएका छन्। सडक दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधन बढी पर्ने र हेल्मेट नलगाउने भएकाले प्रायस् पछाडि बस्ने व्यक्तिको ज्यान जाने वा दीर्घकालीन रूपमा असर पुर्‍याउने खालका गम्भीर चोट वा अन्य समस्या उत्पन्न भएका घटनाको सङ्ख्या बढेको प्रहरी अधिकारीहरूको भनाइ छ । थप पढ्नुहोस्

पाँचथर हत्या प्रकरणः रुखमा भेटियो झुण्डिएको शव,सीआईबीले अनुसन्धान गर्दै

pachthar
पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले घटनास्थलबाट पैदल हिँड्दा करिब डेढ/दुई घन्टा लाग्ने दूरीमा शव भेटिएको जानकारी आएको बताए । उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख घटनास्थलमा रहेका छन् । माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । यद्यपि, घटनामा उनको कुनै संलग्नता थियो/थिएन भन्ने विषय चाहिँ खुलेको छैन । थप पढ्नुहोस्

नगर प्रहरीद्वारा करिव दश हजार मोटरसाइकललाई कारवाही

nagarpolice
काठमाडौँ । नगर प्रहरीले काठमाडौँका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो । थप पढ्नुहोस्

पाँचथरको आरुबोटेमा नौ जनाको विभत्स हत्या, अनुसन्धानका लागी प्रहरी घटनास्थलमा

[अफडेट] पाँचथर । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या भएको छ । घटनास्थलबाट १२ वर्षीया बालिका सीता खाजुम भागेर बाँच्न सफल भएकी छिन् । बालिका भन्छिन, कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका हुन् । पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका-३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको थियो। धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका नौजनाको हत्या भएकोथियो । थप पढ्नुहोस्

अब मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगानुपर्ने

traffic-checking-
काठमाडौँ । मोटरसाइकलको पछाडि बस्नेले पनि अब हेल्मेट लगाउनुपर्ने नियम लागू हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै मोटरसाइकलमा सवार दुबै जनाले हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ । आइतबार महाशाखामा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले चालकहरुलाई सहज होस् र दुर्घटनाबाट हुने क्षति न्यूनीकरण होस् भन्नका लागि यसतो व्यवस्था गर्न लागेको जानकारी दिए । नयाँ आउने सवारी ऐनमा यस्तो प्रावधान राख्न लागिएको पन्तले जानकारी दिए । थप पढ्नुहोस्

शनिबार देशैभर कहाँ के भयो ? थाहा पाउनुस

नेपाल प्रहरी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय महाशाखाले देशैभर भएका घटना दुर्घटनाहरुलाई नेपाल पुलिसको पेज माफत सार्वजनिक गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजी सहित राक्सिराङ गाउँपालिका-१ बस्ने २७ वर्षीय सुकलाल थिङ र चितवन भरतपुर महानगरपालिका-१३ गितानगर बस्ने ३० वर्षीय नवराज दर्जीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । थप पढ्नुहोस्

‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

नेपाल प्रहरी
काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ । सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्ता विकृति र अपराध रोकथामका लागि नै समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको उल्लेख गर्दै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको जानकारी दिए । थप पढ्नुहोस्

‘प्रहरी कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्ने’ : प्रहरी महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कार्यालयको वातावरण सदैव नागरिकमैत्री हुनुपर्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त गौशालाको आज आकस्मिक निरीक्षणपछि वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिंँदै उनले सेवाग्राहीलाई छिटोछरितोे सेवा प्रदान गर्न आग्रह गरेका छन् । थप पढ्नुहोस्
1 2 3 57