fbpx

रसुवाबाट ७ किलो सुनसहित एक जना पक्राउ

रसुवा । रसुवा प्रहरीको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका डीएसपी सन्तोष तामाङले पुष्टि गरे । मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनले बताए । स्रोतका अनुसार ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो । थप पढ्नुहोस्

विमानस्थलबाट सुनको बालासहित दुई बिदेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङ एरियाबाट तस्करी गरिएको सुनको बालासहित दुई बिदेशी नागरिकलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरीले पार्किङ क्षेत्र भियनतामी भो थी मोइ र कमबोडिन थेब्बी यू पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ८५ लाख २७ हजार सात सय ६१ रुपैयाँ मूल्य बराबरको सुनको १० वटा वाला र एउटा लकेट बरामद गरेको छ । उनीहरु आइतबार थाई एयरवेजको फ्लाइट नम्बर टीजी ५८५ को उडानबाट विमानस्थल उत्रिएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

जङ्गली बँदेलको तस्करी बढेपछि सवारी साधनको जाँचमा कडाइ

चितवन । जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार माडी क्षेत्रमा जङ्गली बँदेल समाएर अर्धचेत बनाई गाडीमा राखेर सौराहाका होटलमा पु¥याउने गरेको सूचना प्राप्त भएको बताए । सौराहाका कतिपय होटलहरुले खुलमखुल्ला जङ्गली बँदेल भन्दै बिक्री गरेको निकुञ्जलाई सूचना प्राप्त भएको उनले बताए । थप पढ्नुहोस्

हात्तीको दाह्रा र कस्तुरीको वीनासहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३ सामाखुशीबाट करिब २ सय २९ ग्रामको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो वस्तु १ थान सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ, थाक्रे गाउँपालिका-१० बस्ने २५ वर्षीय विकाश तामाङ, काभ्रे पनौती नगरपालिका-३ का ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोट ककनी गाउँपालिका-६ का ३८ वर्षीय राजकुमार लामा र खोटाङ बाह्रपोखरी गाउँपालिका-४ का ३१ वर्षीय फर्सुराम राई रहेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । थप पढ्नुहोस्

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

सिरहा । प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट आज बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–२ निवासी २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ स६प ६८०१ नंको मोटरसाइकलमा आउँदै गर्दा जाँच गर्ने क्रममा अवैध सुनसहित राइनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । थप पढ्नुहोस्

साढे ३ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । मलद्धारमा सुन लुकाएर ल्याउँदै गरेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । झण्डै साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हुन् । त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो । थप पढ्नुहोस्

विमानस्थलबाट ६ किलो सुनसहित भारतिय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ६ किलो सुनसहित ४ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयले बताएको छ । सुरक्षा कार्यालयका अनुसार बरामद सुन गहनाको रुपमा ल्याइएको हो । यस विषयमा थप अनुसन्धान जारी छ । थप पढ्नुहोस्

घुससहित सहायक वन अधिकृत र कार्यालय सहयोगी पक्राउ

सिमरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले घुससहित सहायक वन अधिकृत र कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । जिल्ला वन कार्यालय सिमराका सहायक वन अधिकृतसहित २ कर्मचारीलाई एक लाख १५ हजार रुपैयाँ घुससहित अख्तियारको टोली शुक्रबार पक्राउ गरेको हो । शुक्रबार वन कार्यालयले आह्वान गरेको कबाडी ठेक्काको टेन्डर स्वीकृत गर्न सहायक वन अधिकृतसहितका कर्मचारीले आर्थिक चलखेल गरेको गुनासो आएपछि अख्तियारले निगरानी बढाएको थियो । थप पढ्नुहोस्

गजुरीबाट १ सय ६४ केजी चरेस बरामद

धादिङ । गजुरी ईलाका प्रहरी कार्यालयले नियमित चेकजाँचका क्रममा चरेस बरामद गरेको छ । चरेससहित एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेका ब्यक्तिलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ। भदौ महिना यता गजुरी चौकीवाट ९ सय ७३ केजी गाँजा, ६ सय ३४ केजी चरेस बरामद भएको छ। पछिल्लो समय पृथ्वीराजमार्गलाई लागुऔषध तस्करहरुले कारोवारको मुख्य नाका बनाउदै आएका छन् । थप पढ्नुहोस्

बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

बनियानी । झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् । थप पढ्नुहोस्
1 2 3 7