महिला हिंसा के हो ?

काठमाडौं । महिला भएको हुँदा लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा भनिन्छ । र महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रुपमा क्षति पुर्‍याउने कुनै पनि कार्य हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली-व्यवहारबाट पनि कसैको भावनामाथि चोट पुर्‍याउने कार्य हिंसा हो।हिंसा कुनै व्यक्ति वा समुदाय मार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन सक्छ। यस अन्तर्गत कुटपिट गर्नु,झगडा गरेर बाझ्नु, असहयोग, दबाब, चेलीबेटी वेचबिखन गर्नु, फोहोर शब्द प्रयोग गरेर गाली गर्नु कुनै पनि हुन सक्छ । थप पढ्नुहोस्

तिहार र यससँगैका अन्य पर्वहरू : सबैमा मंगलमय शुभकामना !

सम्पादकीय तिहारलाई यमपञ्चक अवधिको एउटा हिन्दूचाडको रुपमा मात्र हेर्नु कमजोर वैचारिक स्तरमात्र होइन, नेपाली संस्कृतिको वैभवप्रति उपेक्षा र तिरस्कार गर्न खोजेको प्रतित हन्छ । यो यस्तो चाड हो, जसले मानिसलाई मात्र होइन , काग, कुकुर, गाई–गोरूको पनि पूजा गराउँछ । हिन्दु धर्म र संस्कृति चाडपर्वका सन्दर्भमा विरोधाभासपूर्ण छ । दशैँले पशु–पंक्षीको बली खोज्छ तर तिहारले तिनै पशुपंक्षीलाई फूलमाला र पूजासहित उनीहरूलाई रुचिकर लाग्ने खाना खुवाउन मानिसलाई अह«ाउँछ । दशैँ मनाउन उदासिनता देखाउनेहरू पनि तिहार मनाउन उत्सुक र उत्साही हुन्छन् । थप पढ्नुहोस्

देउवा सोच : गच्छेदारलाई काखा, कांग्रेसलाई पाखा !

सभापतिकै शक्तिको चरम दुरुपयोग नेपाल बहस डेस्क काठमाडौँ । कम्युनिष्टहरुले इतिहासकै शक्तिशाली सत्ता चलाइरहेका बेला मुलुककै लामो राजनीतिक विरासत बोकेको पार्टी नेपाली कांग्रेस अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । आफ्नै नेतृत्वमा भएको आमचुनावमा कांग्रेस यसरी बढारिएला भन्ने कमैले सोचेका थिए । नेतृत्व दुरदर्शी, समयमुखी र परिवर्तनकारी नहुँदा कतिसम्म कमजोर भइन्छ भन्ने पाठ अब जोसुकैले पनि कांग्रेसबाट सिक्न सल्लाह दिन सक्छन । 'एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा अहिले सत्तामा छ । कांग्रेस प्रतिपक्षमा छ । थप पढ्नुहोस्

संविधानमा फेरि धर्मको विवाद !

२०७६ सालपछिको कालखण्डमा वर्तमान संविधानमा ‘आनको तान’ हेरफेर हुने कारण ♠ इन्द्र रिजाल  ♠ केही रहस्यमय घटनाक्रम :- ‘श्रीपेच गायब भएन स्थापित भयो’ :- गएको दशैँ फूलपातीको पूर्वसन्ध्यामा सबै चाडपर्व मनाउन तल्लिन थिए । राजधानीबाट २५ लाख मानिस उपत्यका छोडेर घरतिर लागेका थिए । त्यही मौका छोपेर सरकारले राजतन्त्रजन्य श्रीपेच, राजगद्दी, रानीले लगाउने टायरा (मुकुट), राजदण्ड आदि राजतन्त्रका पहिचानलाई स्थापित ग¥यो । कुनै प्रचण्ड दबाबलाई टार्न नसकेपछि बिर्सिँदै लगेको राजतन्त्रको पहिचान स्थापित भयो । थप पढ्नुहोस्

जो सँधै अस्थिर र विस्थापित उसैको नाम स्थापित !

राजनीतिक अभियन्ता र स्वप्नद्रष्टा केशव स्थापितबारे केही रोचक–घोचक सन्दर्भ ¤नेपाल बहस टिप्पणी¤ भन्नुपर्ने ‘स्थपति’हो ‘स्थापित’होइन । जनजिब्रोमा जे सजिलो भयो त्यसै भनिदिएको हो । थप पढ्नुहोस्

जातीय उन्मादले प्रदेशको विकास हुँदैन ?

♦ रामचन्द्र मण्डल♦ संवैधानिक हिसाबले प्रत्येक प्रदेशमा प्रदेशको प्रहरी पहिल्यैदेखि नै हुने व्यवस्था छ । तर, संसारकै इतिहासमा हेर्दा ‘ओभरटेक’ गर्दा संघीयता नै धरापमा परेको र अनेक किसिमका समस्याहरू निर्माण भएका हामीले देख्ने र सुन्ने गरेका छौं । संघीय कानुन बनि नसकेको अवस्थामा प्रहरी ऐन ल्याउनुभन्दा पनि संघीय कानुन बनिसकेपछि प्रहरी ऐन ल्याउनुपर्ने हो । प्रहरीका क्षेत्राधिकारहरू निर्धारण गर्ने काम संघीय कानुनले मात्र निर्धारण गर्न सक्छ । प्रहरीको दरबन्दी तोक्ने पनि संघीय कानुनले नै हो । थप पढ्नुहोस्

संघीयताको सुमधुर अभ्यास नै आजको आवश्यकता

♣ लक्ष्मीविलाश कोइराला ♣ नेपालको संविधानले संघ र प्रदेश तथा प्रदेश प्रदेशबीच सहयोगात्मक सहकारिता संघबादलाई स्वीकार गरेकोछ । प्रदेश प्रदेशबीच पाइने सहयोगात्मक व्यवहार अन्तरनिर्भरता, अन्तरसम्बन्ध एवम् परिपूरक सम्बन्ध रहने संघीय विधिलाई सहयोगात्मक संघीयता भनिन्छ । संघ, प्रदेश र स्थानीय गरि तीन तहका सरकारले संविधान अनुरूप बनेका कानूनको अधिनमा रहि राज्यशक्तिको प्रयोग गर्नेछन् । संघ प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित छ । थप पढ्नुहोस्

जनमोर्चाका नेता चित्रबहादुर के.सी.का चर्चित केही उखानटुक्का

कुसुम बिश्वकर्मा / नेपालबहस टिप्पणी एकनासले संघीय राज्य संरचनाको विरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर के.सी.का विरोधपूर्ण अभिव्यक्तिको वजन बढ्दै गएको छ । संघीयताप्रति आमवितृष्णासँगै उनका विचारको सान्दर्भिकता र औचित्य बढेको हो । उनी आफ्ना भाषणलाई उखानटुक्काले सिँगार्छन् । उनले प्रयोग गरेका केही चर्चित उखान टुक्का :- १. यो संघीयता भन्ने कुरो नेपाललाई टुक्राटुक्रा बनाएर निल्न ल्याएको षड्यन्त्र हो । थप पढ्नुहोस्

तपाईले कस्तो प्रेम गरिरहनुभएको छ ? जान्नुहोस्

काठमाडौं । प्रेम आफैंमा एक यस्तो चिज हो, जसमा भावना र अनुभव 'फिलिङ' जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो जसमा मानिसहरुलाई संशार पहिलेभन्दा सुन्दर लाग्न थाल्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ । तर के तपाईलाई थाहा छ प्रेम कति प्रकारको हुन्छ ? या तपाईले कहिल्यै सोच्नु भएको छ कि मैले कस्तो प्रकारको प्रेम गरिरहेको छु ? पक्कै पनि हरेक मान्छेको मनमा आफूले गरिरहेको प्रेम कस्तो प्रकारको हो भन्ने जिज्ञासा उत्पन्न हुन्छ । तर धेरैजसोले त्यसको जवाफ पाउँदैनन् । थप पढ्नुहोस्

देश अराजकतातिर अघि बढ्दै

◊ विष्णुकुमार प्रसाई ◊ मुलुकका सांसदको संलग्नतामा ठेक्कापट्टाको नाममा अबौं स्वाहा पार्दा समेत राज्यले त्यस्ता सांसदको संरक्षण नाङ्गो रुपमा गर्छ । मन्त्री पद नै पैसामा साटिएका कुरा सार्वजनिक भएका छन् । थप पढ्नुहोस्
1 2 3 21