सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ अभियान

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको न्यायका लागि भन्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’अभियान सञ्चालन गरिएको छ। निर्मलाको हत्यामा संलग्नलाई पहिचान गरी कारबाही गर्न दवाव दिने उद्देश्ले अभियान सुरु गरिएको हो। ह्यास्ट्याग जस्टिस फर निर्मला अभियान सञ्चालन सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका हुन्। साउन ११ गते हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो। पोस्टमार्टम रिपोर्टपछि निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको थियो । थप पढ्नुहोस्

माइजूबिहीन मेरो मावलीघर !

वितेको साता हामीले निकै सकसपूर्ण अबस्था गुजार्यौं । माइजूको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाई माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो । अनेक प्रयासका बाबजुद हामीले हाम्री माइजूलाई बचाउन सकेनौं । उहाँले ३ भाइ, ५ बहिनीलाई मात्र छाडेर जानु भएन, मामालाई एक्लो बनाउनु भयो । मेरो ९९ बर्षको मावली हजुरबुबा सहाराबिहीन हुनु भयो । हामी भान्जाभान्जी मावलमा माइजूबिहीन भयौं । थप पढ्नुहोस्

सरल सहयात्रीको खुल्ला प्रश्न : नेपाली हुनुमा पनि गर्व छ र रबी जी ?

सरल सहयात्री प्रिय रबी जी, यसर्थ धन्यवाद दिन चाहन्छु कि, तपाईंले आफ्नो अमेरिकी नागरिकता त्याग गर्ने कानुनी प्रक्रिया पुनः शुरु गरेर फेरि अर्कोपटक नेपाली नागरिक हुने प्रक्रियामा सामेल हुनुभयो भन्ने खबर सुन्न पाइयो । तपाईंको कुरा गर्दा यतिबेला माहोल निकै गरम खालको छ । विभिन्न कारणले विदेशमा बस्ने नेपाली र भर्खर उत्सकुताको प्रश्नैप्रश्न बोकेर अन्योल भविष्यको मार्गमा कुदिरहेका किशोर किशोरीहरु रबी लामिछानेको थोरै पनि आलोचना सहन नसक्ने भएका छन् । यो तपाईंको एक प्रकारले सफलता हो । थप पढ्नुहोस्

ट्रेड युनियन खारेज गर्दै सरकार

बिष्णु घिमिरे काठमाडौं । निजामती कर्मचारीहरूको टे«ड युनियन खारेज गर्ने कि नगर्ने भन्ने बहस तीव्र भइरहेको छ । ट्रेड युनियनका नेताहरू मालदार कार्यालयमा सरुवा हुने र घुस लिँदै आफ्ना आसेपासे सरुवा गर्ने प्रवृत्ति पछिल्ला दिनमा बढेको छ । जसका कारण राजनीतिक दलनिकट ट्रेड युनियनप्रति वितृष्णा बढेको छ । र, अब बन्ने संघीय निजामती ऐनमा दलनिकट ट्रेड युनियन खारेजै गर्नुपर्ने पक्षमा जनमत बलियो बन्दै गएको छ । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद पोखरेल नायबसुब्बादेखि नै गृहमन्त्रालयको आकर्षक मानिने विपत् व्यवस्थापन महाशाखामा कार्यरत छन् । थप पढ्नुहोस्

प्रतिरोधको राजनीति र नेपालको दलित

टासी टेवा डोल्पो काठमाडौं । केही महिनाअघि तिजडाँडा, दैलेखको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुले दिउँसोको खाना खान अस्विकार गरे । विद्यालयको प्रशासन केही घण्टाको लागि बन्द भयो । कारण थियो, एक दलित भान्सेले भान्सामा छिरेर दिउँसोको खाना तयार पारेकोमा । त्यसको प्रतिउत्तर स्थानीय दलितका अधिकारकर्मीहरुले विद्यालयका शिक्षकहरु माथि विद्यार्थीहरुलाई उक्साएको आरोप लगाए । समृद्धिको गफमा व्यस्त हामी उक्त घटनाले समाजमा विद्यमान पुरानो सोचहरुले अझै पनि कसरी दलितहरुलाई कमजोर बनाई रहेको छ त भन्ने चरितार्थ गरेको छ । पक्कै पनि त्यो नौलो घटना थिएन । थप पढ्नुहोस्

कहिलेसम्म बाढीको त्रासमा मधेश ?

विजय यादव झन्डै एक दशकअघि कोशी नदीमा आएको बाढीले कोशी आसपासका जिल्लाहरूमा धेरै ठूलो क्षति पु¥याएको थियो । कयौं जना घरबारविहीन भए, खेतका बाली–नाली नष्ट भयो, महामारी फैलिए र त्यस क्षेत्रका जनताहरू भोकमरीका शिकार हुन पुगेका थिए । हजारौं मानिसहरू त्यस क्षेत्रबाट एक किसिमले पलायन नै भए । त्यसपछि हरेक साल यस्तै बाढीका कहरले त्यस क्षेत्रका बासिन्दाहरूलाई पिरोलीरहेको छ । दशकौं बितिसक्दा पनि तिनीहरूको दुःखमा मल्हम लगाउन कोही पनि आएका छैनन् । आश्वासन भने सरकारी वा गैरसरकारी संस्थाबाट आए पनि तिनीहरूको पीडामा कुनै कमी भने आएको छैन । थप पढ्नुहोस्

नेपाली समाजमा लोकसेवा आयोगको भूमिका

लक्ष्मी विलास कोइराला नेपालको निजामती प्रशासनको ईतिहास मूल्याकंन गर्दा तत्कालिन शासक राजाहरू मुखको भरमा सरकारी कर्मचारीको नियुक्ति र पजनी गर्ने गर्दथे । थप पढ्नुहोस्

द्वन्द सकिएको दशक वित्यो तर बेपत्ता परिवारमा छट्पटी कायमै

१ साउन, काठमाडौं । “बेपत्ता भएको पनि यतिका वर्ष भयो, न सास आउँछ, न लाश” त्यति भनिसक्दा रुबी श्रेष्ठका आँखा आँशुले भरियो । भक्तपुर निवासी रुबीका श्रीमान् २०६० सालमा बेपत्ता भएका थिए। अहिलेसम्म मरेको वा बाँचेको केही खबर आएको छैन । “एक मनले जीवितै आउनुहुन्छ कि जस्तो लाग्छ, फेरि सोच्छु यत्रो वर्षसम्म जीवित भएको भए त आउनुपर्ने, बेलाबेलामा सपनामा आ’को देख्छु, आश लाग्छ तर खै केही भन्न सक्दिनँ” – दाहिने हातले आँशु पुछ्दै उनले थपिन् । रुबीको १५ वर्षको उमेरमा भक्तपुरकै राजेन्द्र मालीसँग विवाह भएको थियो । थप पढ्नुहोस्

नेताप्रधान राजनीति होईन, नीतिप्रधान राजनीतिको खाँचो

शान्ति खडायत कुनैपनि समाजको विकासका लागि समाजवाद होस् या पुँजीवाद फरक पर्दैन । विचारहीन राजनीतिको कुनै धर्म,जात,वर्ग,क्षेत्र हुँदैन। जहाँ फाईदा त्यहि आफ्नो प्रभुत्व जमाउछ । क्षणिक स्वार्थ स्थायी रहदैन । कुनै पार्टी वा दलको विचारधारा,सिद्दान्त पुरातन वा यथास्थितिवादी हुँदैन । यो त समयको माग अनुसार वदलिदै लैजान सकिन्छ र बदलिन्छ । बरु हाम्रो समाजमा हुर्केको सामन्तवादी संंस्कार,अहम्,अहङ्कार,आफन्तवाद र विचारहीन दलिय नारा लगाउदै हिड्ने व्यक्ति हावी भएमा पार्टी वा दललाई दिशाहिन बनाईदिन्छ । थप पढ्नुहोस्