fbpx

कोतपर्वको प्रेतले ऐँठन लगाएका नेताहरू

∴सम्पादकीय ‘ठूला’ पार्टीहरूमा तिलश्मी ढङ्गले तुच्छ कलह मच्चिरहनु अब नियमित आकस्मिकता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसभित्र पन्पिरहेका कलहहरू सैद्धान्तिक द्वन्द्व होइनन्, न त जनतालाई सुविस्ता दिने होडवाजीका क्रममा पैदा भएका हुन् । यी पार्टीभित्र जनताले भोगेका कमी, कठिनाई र आवश्यकताबारे कहिल्यै एजेण्डाका रुपमा छलफल नै भएन । भ्रष्टाचारबाट मुलुकलाई मुक्त राख्न पार्टीहरूमा शुद्धीकरणको लागि निर्ममतापूर्वक देशब्यापी अभियान चलाउनुपर्नेतर्फ कहिल्यै सोचिएन । थप पढ्नुहोस्

अलबिदा रविन्द्र अधिकारी,,,,,,,,,,,,,,,,,,

डाइन्सेटी एअरलाइन्सको हेलिकोप्टर ताप्लेजुङको चुहानडाँडामा दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको निधन भयो । मुलुकवासीले आशा गरेका युवा नेतामध्येका एक थिए मन्त्री अधिकारी । विक्रम संवत् २०२६ वैशाख २२ गतेका दिन आमा लक्ष्मीदेवी अधिकारी र बुवा इन्द्रप्रसाद अधिकारीका जेठा छोराका रुपमा जन्मिएका हुन्, रवीन्द्र अधिकारी । उनले कास्कीको ब्रह्मज्योति प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरे भने शान्ति उदय माविबाट एसएलएसी पास गरे । थप पढ्नुहोस्

शिथिल राज्य संयन्त्र र अपराधको राजिनामा मञ्चन

 ♥ सम्पादकीय ♥ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घुस प्रकरणमा तानिएपछि शुक्रबार पदबाट दिएको राजिनामा यतिबेला स्वीकृत भईसकेको छ । सुशासान र पारदर्शिता कायम गर्ने मुख्य जिम्मेवारी पाएको अख्तियारकै आयुक्तले सेवाग्राहीबाट घुस खाएपछि अरु कसको विश्वास गर्ने ? सत्ता, शक्ति र पहुँचको आडमा कसुर गर्ने तर कसुर सार्वजनिक रुपमा छताछुल्ल भएपनि राजिनामाको नाटक मञ्चन गर्ने प्रवृत्तिले राज्यका संयन्त्र निकै शिथिल हुन पुगेका छन् । थप पढ्नुहोस्

महासमिति बैठकका सुसंगत र बिसंगत पक्ष

♠ विशेष सम्पादकीय ♠ नेपाललाई हिन्दूराज्य घोषणा गर्नुपर्ने जोशिलो प्रस्तावउपर महासमितिको बहुमत ! कांग्रेस सिंहदरबारमा बिराजमान हुनै लागेको झझल्को वा आभास दिने गरी हिजोसम्म सिंहदरबारको नजिकै र आजदेखि सानेपास्थित पार्टी कार्यालयमा जारी रहेको नेपाली कांग्रेस महासमितिको बैठकमा कतिपय सुसंगत र कतिपय बिसंगत पक्षले आ–आफ्नो रुप प्रदर्शन गरिरहेका छन् । महासमितिको बैठकमा सहभागी सदस्यहरूको उत्साहपूर्ण सहभागिता आफैमा सकारात्मक पक्ष हो । पार्टीको आगामी (चौधौँ) महाधिवेशन नियमसंगत रुपमै हुनुपर्छ भन्ने दृढताका लागि यो बैठक भरपर्दो शक्ति भएको छ । थप पढ्नुहोस्

तिहार र यससँगैका अन्य पर्वहरू : सबैमा मंगलमय शुभकामना !

सम्पादकीय तिहारलाई यमपञ्चक अवधिको एउटा हिन्दूचाडको रुपमा मात्र हेर्नु कमजोर वैचारिक स्तरमात्र होइन, नेपाली संस्कृतिको वैभवप्रति उपेक्षा र तिरस्कार गर्न खोजेको प्रतित हन्छ । यो यस्तो चाड हो, जसले मानिसलाई मात्र होइन , काग, कुकुर, गाई–गोरूको पनि पूजा गराउँछ । हिन्दु धर्म र संस्कृति चाडपर्वका सन्दर्भमा विरोधाभासपूर्ण छ । दशैँले पशु–पंक्षीको बली खोज्छ तर तिहारले तिनै पशुपंक्षीलाई फूलमाला र पूजासहित उनीहरूलाई रुचिकर लाग्ने खाना खुवाउन मानिसलाई अह«ाउँछ । दशैँ मनाउन उदासिनता देखाउनेहरू पनि तिहार मनाउन उत्सुक र उत्साही हुन्छन् । थप पढ्नुहोस्

दशाको जङ्गलमा दशैंको आगमन

नेपालबहस सम्पादकीय दशैंको सन्दर्भले एउटा काब्यांशलाई सम्झिन प्रेरित गर्दछ— चाँदनी रातमा वर्षात खराब लाग्दछ - घरमा लाश छ भने जन्ती खराब लाग्दछ - मनमा चिन्ता र तनाब छ भने हे मित्र, हाम्रा हरेक खुसीयाली खराबै खराब लाग्दछ......। जता हे¥यो उतै लथालिङ्ग, जसको हेरे पनि सबैको मन भरङ्ग, चालु राजनीतिले निम्त्याएको असुरक्षा र अन्योलग्रस्त समाज र भित्रभित्रै अर्को द्वन्द्वको तयारी भइरहेको लाग्ने वर्तमान परिवेशमा नेपालीमात्रका लागि दशैं खुशीयालीको पर्वभन्दा बढ्ता दशा र संघर्षको रुपमा आएको महसुस भइरहेछ । थप पढ्नुहोस्

‘वामदेवपन्थी उल्का’ हरायो, वामपन्थी बदनियत विद्यमान

जनमतको अनादर गर्ने क्रुर खेलबाडले ने.क.पा.भित्र स्थायित्व पाएको प्रमाणित ♠नेपालबहस सम्पादकीय♠ सत्तारुढ ने.क.पा.ले वामपन्थी पहिचानमात्र होइन ‘वामदेवपन्थी’ नियत पनि बोकेको छर्लङ्ग भएको छ । ने.क.पा.मा वामदेव गौतम व्यक्तिमात्र नभएर प्रवृत्ति वा चरित्रको नामका रुपमा पनि प्रस्तुत भएको छ, वामदेव उपचुनाब लड्ने ‘हाललाई स्थगित’ प्रकरण । आफ्नै पार्टीको निर्वाचित सांसदलाई जनतासामु नाङ्गेझार पार्दै जनमतको अपमान गर्ने पञ्चतन्त्रको बाँदर शैलीलाई ‘वामदेवपन्थी चरित्र’ भन्दा अर्को उपयुक्त शब्दावली हामीले पाएनौँ । थप पढ्नुहोस्