‘शैक्षिक प्रमाणपत्र धितो कर्जा’ प्रभावकारी होला त ?

नेपालमा व्यवसायिक शिक्षा नभएको अवस्थामा शैक्षिक प्रमाणपत्र धितो कर्जा प्रभावकारी हुन गाह्रो नै छ । शैक्षिक प्रमाणपत्र धितो राखेर पनि कर्जा पाउने आशामा व्यवसायिक ज्ञानबिना नै कर्जा लिनु उचित पनि हुँदैन । कर्जा लिएर के काम गर्ने हो ? कति कर्जा लिँदा कस्तो व्यवसाय गर्न मिल्छ ? कुन व्यवसाय गर्दा राम्रो आम्दानी हुन्छ भन्ने विषयमा लगानीकर्ता आफैं जानकार भएमा राम्रो हुन्छ । आजभन्दा २/४ वर्षअघि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नका लागि भौतिक पूर्वाधार, सुरक्षा र नेटवर्कहरु थिएनन् । अहिले पनि ती कठिनाईहरु त झेल्नु परेको छ । थप पढ्नुहोस्

नेपाली काङ्ग्रेसका विशेषता भन्नु नै आधुनिक राज्य–सञ्चालनका विशेषताहरू हुन् – श्रीप्रसाद जी.टी ,नेता -नेपाली कांग्रेस

समाजवादका हिमायती : स्याङ्जाका श्रीप्रसाद जी.टी.                                                   – प्रा.डा. यमबहादुर क्षत्री आफ्नै देशभित्र हामी भौगोलिक विविधता र सांस्कृतिक विविधता देख्दछौँ । यी विविध क्षेत्र र विविध संस्कृतिका बीचमा विभिन्न स्थानका व्यक्तित्वहरूमध्ये केही व्यक्तिहरूलाई विशेष गुणका कारण विशेष व्यक्तिका रूपमा लिन सकिन्छ । कलाका क्षेत्रमा होस् या विद्या र विज्ञानका क्षेत्रमा होस्, राजनीतिक–सामाजिक क्षेत्रमा नै किन नहोस्, केही व्यक्ति विशेष क्षमतावान देखिन्छन् । यस्ता व्यक्तित्वहरूलाई पहिचान गर्ने र पहिचान दिलाउने प्रयास पनि चाहिन्छ । थप पढ्नुहोस्

रेल, मेट्रोरेल र पानी जहाज चल्दैमा देश धनी र जनता सुखी हुदैनन्

देश विकासको बहस माटो र सडकको विकासमा हुनुपर्ने ठाउँमा सामाजिक सञ्जालमा सिमित छ । यसले पनि हाम्रो वास्तविक धरातल के हो भन्ने छर्लंग पार्छ । अहिले झन पुर्ववती सरकारका निर्णय खारेज गरेर प्रधानमन्त्री केपी शर्मा ओली बहादुर पात्र बनेका छन् । जनतालाई खाने पानी र बस्ने बास नभइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेल र पानी जहाजको उखान टुक्का हाल्नै भ्याई नभ्याई छ । पाँच बर्षे स्थायी सरकारबाट देश विकासको अपेच्छा राखेका नागरिक नेताहरुका विकासे गफ सुनेर दिक्क भएका छन् । थप पढ्नुहोस्

असन्तुष्ट पूर्व माओवादी कमाण्डरको भेट्रान अन्तरवार्ता ‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’

सरल सहयात्री जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह/अवरोहकाबीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो । २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर राजनीतिक जीवन सुरु गरेका उनी २०४९ सालमा तत्काल अखिल छैठौंको जिल्ला सदस्य भए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालिन माओवादीद्वारा सञ्चालित जनयुद्धमा होमिए ।२०५७ सालमा जनमुक्ति सेनाको सिपाहीहुँदै उनले राजनैतिक कमिसार र ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी कुशलापूर्वक सम्हाले । थप पढ्नुहोस्

खाल्डा पुरेर मात्रै काठमाडौंको समस्या समाधान हुँदैन : भाइकाजी तिवारी

विकसित र पूर्वाधारयुक्त राजधानी होस् भन्ने चाहना अझै पूरा भएको छैन । उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्तका रूपमा काम गरिरहँदा र एउटा सर्वसाधारणका रूपमा पनि यहाँको मनमा के लागिरहेको छ ?  दिगो रूपमा राजधानीको विकास गर्ने हाम्रो योजना बन्न सकेको छैन । टालटुल मात्रै भइरहेको छ । ०३३ सालदेखि परिकल्पना गरेअनुसार राजधानीका सडक अहिलेसम्म पूर्ण रूपमा चौडा हुन सकेका छैनन् । हामीले जानेर होस् वा नजानेर अथवा सरकार मौन बसेर होस् वा जनताले बुझ पचाएर होस्, मापदण्डअनुसार घर नबनाइदिएका कारण सडक चौडा गर्दा छेउका घर भत्काउनुपर्यो । थप पढ्नुहोस्

प्रहरीलाई लखेट्दा रमाईलो लाग्थ्यो ! सुनिल प्रजापति, मेयर-भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकालाई पर्यटकीय शहरका रुपमा चिनाइने छ नेपाली राजनीतिमा लामो अनुभव बोकेका सुनिल प्रजापति हालैमात्र भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनी कक्षा ४ देखि नै राजनीतिमा रुचि राख्दै २०३६ सालको ऐतिहासिक जनआन्दोलन र जनमतसङ्ग्रहमा बहुदलको पक्षमा प्रतिबद्धताका साथ सरिक भएका थिए । माता कृष्णमाया प्रजापति र पिता बद्री प्रजापतिका सुपुत्र सुनिल प्रजापतिको जन्म वि.सं.२०२१ साल असार १० गते भक्तपुरको जेंला टोलमा भएको हो । कानुनमा स्नातक प्रजापतिसँग कानुन व्यवसायीको पनि अनुभव छ । थप पढ्नुहोस्