सानो कोठाको व्यवस्थापन यसरी गर्नुस

काठमाडौं । बेडरुम सानो छ भने कोठाको भित्तामा सेतो, क्रिम तथा खैरो रङ प्रयोग गर्नु उपयुक्त हुन्छ । यद्यपि झुक्किएर पनि कालो रङ प्रयोग गर्नु हुँदैन । भित्तामा सेतो, क्रिम वा खैरो रङ लगाउँदा राति शान्ति तथा दिउँसो ताजापन महसुस गर्न सकिन्छ । कोठाको लम्बाइ–चौडाइअनुसारको पलङ छनौट गर्नुपर्छ । भित्रपट्टि धेरै सामान राख्न सकिने पलङ खरिद गर्दा फाइदा हुन्छ । त्यसले कोठाका सामान छरपस्ट हुन दिँदैन । यदि सामान राख्ने स्थान छुट्टै भए फोल्ड गर्न मिल्ने पलङ प्रयोग गर्न सकिन्छ । सानो कोठालाई फरक देखाउन धेरै सामान राख्न सकिने दराज खरिद गर्नु बुद्धिमानी हुन्छ । थप पढ्नुहोस्

यसरी तयार पार्नुहोस म्याङ्गो फ्रुटी

काठमाडौं । दुईवटा पाकेको र एउटा काँचो आँप लिने । उक्त आँपको बोक्रा ताछेर टुक्रा पार्ने । एक लिटर जुस बनाउन एक लिटर पानी लिने र त्यसमा हाल्न १ सय ग्राम चिनी तयार राख्ने । ताछेर कोया निकालिएको आँपको टुक्रालाई प्रेसर कुकरमा हाली एक चिया गिलास पानी मिसाउने अनि ४–५ सिट्ठी लागुन्जेल पकाउने । १ सय ग्राम चिनी एक चिया गिलास पानीमा हालेर अर्को भाँडोमा पकाउने । चिनी पानीमा राम्रोसँग नघुलुन्जेल पकाउनुपर्छ । धेरै नपकाई त्यसलाई सेलाउन दिने । आँप पकाएको प्रेसर कुकरलाई पनि आफैं सेलाउन दिने । सेलाएपछि पकाइएको आँपलाई ब्लेन्डिङ जारमा हालेर ब्लेन्ड गर्ने । थप पढ्नुहोस्

स्वस्थ खानाबाट एसिडिटी उत्पन्न हुन्छ ?

काठमाडौं । कुनै–कुनै खानाले हाम्रो शरीरमा ग्याँस अर्थात् एसिडिटी उत्पन्न गर्नसक्छ । खाना हेल्दी भए पनि यस्तो समस्या देखापर्न सक्छ । स्वस्थ खानाबाट पनि एसिडिटीको समस्या हुने भएकाले खाना बनाउने तरिकामा केही परिवर्तन ल्याउन सके यस्तो समस्या हटाउन सकिन्छ । सिमी : राजमा प्रोटिनले भरिपूर्ण सिमी फाइदाजनक छ । सिमी फाइबर तथा एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । सिमी हरेक व्यक्तिका लागि त्यति नै उपयोगी हुनुका साथै लिबरका बिरामीका लागि पनि फाइदाजनक छ । यद्यपि कतिपयलाई सिमी खाँदा एसिडिटीको समस्या उत्पन्न हुनसक्छ । थप पढ्नुहोस्

यसरी बनाउनुहोस् साँधेको स्वादमा कुखुराको मासु

काठमाडौं । कुखुराको छाला नभएको मासुलाई स–साना टुक्रामा काट्ने । मासुको मात्रा अनुसार बेसार, नुन, धूलो खुर्सानी, मरिचको धूलो तथा एक चम्चा सोया सस हालेर मोल्ने अनि १५ मिनेट जति छोपेर राख्ने । सिलौटा वा ग्राइन्डरमा उसिनेको गोलभेंडा, अदुवा, लसुन तथा रातो खुर्सानी पिँध्ने । प्यान वा कराईमा थोरै तेल हालेर मोलेर राखिएको कुखुराको मासु हाली खौरो नहुन्जेल चलाउँदै पकाउने । खैरो भएपछि उक्त कुखुराको मासुलाई अर्को भाँडोमा खन्याउने । कुखुराको मासुमा पिँधेर राखेको मसलाको पेस्ट हाल्ने । थप पढ्नुहोस्

महिलालाई पटक्कै मन नपर्ने पुरुषको ५ बानीहरु ‘हेर्नुस’

काठमाडौं । कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । अनि आफुलाई प्रपोज गर्ने केटा के कस्तो छ भनेर स्पस्ट हुन जरुरत छ । तर यो बिषयमा सबै भन्दा पहिला आफुले प्रपोजको लागि मन पराएको केटिले मेरा कुन कुरा मन पराउछिन् र कुन कुरा मन पराउदिन भनेर जान्नु केटाहरुका लागि अत्यन्त महत्वपुर्ण बिषय हो  केटीहरु यस्ता केटाहरुलाई पटक्कै मन पराउदैनन्स् । १. आफ्नै तारिफ आफै गर्ने पुरुषः आफ्नै तारिफ गर्ने पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । त्यसैले पुरुषबाट टाढा भाग्न खोज्छन । थप पढ्नुहोस्

गुणकारी फल मेवा, रोगहरुका लागि अति उपयोगी

काठमाडौं । मेवा देख्न र खानमा जति मीठो हुन्छ त्यत्तिकै गुणकारी पनि हुन्छ। विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो मेवालाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सकिन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । थप पढ्नुहोस्

भत्ता पाएपछि राउटेले भने – ‘उधारो तिर्नै ठिक्क हुन्छ’

दैलेख । राउटेले पहिलो पटक समयमै भत्ता पाएका छन् । गत साता गुराँस गाउँपालिकाले राउटेलाई भत्ता उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग उनीहरुले समयमै भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । गुराँस गाउँपालिका–८ गर्चास्थित पातले खोला किनारमा बसोबास गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले प्रतिव्यक्ति दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो । राउटे समुदायका १५२ जनालाई सामाजिक सुरक्षा भत्ताबापत जनही रु दुई हजारका दरले रकम वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिए । “गाउँपालिकाले राउटेलाई पहिलो पटक मासिक भत्ता उपलब्ध गराएको हो,” उनले भने । थप पढ्नुहोस्

धुम्रपान गर्नेका छोराछोरीलाई हृदय रोगको जोखिम !

काठमाडौं । के तपाई आफ्नो घरमा चुरोट खानु हुन्छ । अनि घरमा आफ्ना छोराछोरी अथवा परिवार पनि होलान् । यी दुवैमा तपाई कस्लाई बढि माया गर्नु हुन्छ । यदि साच्चै दुवैलाई एकैसाथ माया गर्नु सक्नु हुन्न । यी तपाई भलाइ चाहाने भए दुवै मध्ये एउटालाई तपाईले छोड्नै पर्छ । एक अमेरिकी अध्ययनका अनुसार वुबा आमाले बचचाको नजिक चुरोट खादा पछि बच्चाहरुले पनि धूम्रपान गर्ने बानी बस्ने हुन्छ । यी रोगहरू निष्क्रिय धूम्रपानको कारण हुन सक्छ। निष्क्रिय धूम्रपान भनेको हो जब एक व्यक्ति चुरोट पिउछ भने, वरपरका मानिसहरू अनियमित हुन्छ । थप पढ्नुहोस्

खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौं । सुतेर उठने बितिक्कै फलफुल खानी बानी छ छोड्नुस । गर्नुहोस सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ, यस्तोमा एसिडको स्तर बढाउने खानेकुराले एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । यसकारण यि खानेकुराहरु खाली पेटमा खानु हुदैन् । १. केराः केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ । २. चियाः चियामा एसिडको मात्रा धेरै हुन्छ । यो खाली पेटमा खाँदा पेट पोल्ने र दुख्ने गर्दछ । थप पढ्नुहोस्

गर्मीमा अनुहारलार्इ यसरी बनाउनुस् सुन्दर

काठमाडौं । गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ। १. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन । २. अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ । ३. घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले क्लििन्जङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ । थप पढ्नुहोस्
1 2 3 9