fbpx

भारतमा मोदी कि गड्करी ? यस्तो छ आरएसएसको तयारी

india-leader
भूमिका निर्वाहमा यो एक अनौठो विरोधाभास हो । नरेन्द्र मोदी (भारतीय प्रधानमन्त्री) ले नागपुरमा नितिन गडकरीका लागि (चुनाव) प्रचार गरेनन्, तर आफ्ना केन्द्रिय यातायात मन्त्री एवं आर.एस.एस. प्रमुख मोहन भागवतका यी प्रियपात्रलाई वाराणसीमा आफ्नो अभियानमा सरिक हुन आमन्त्रित गरे । मोदी र गडकरीका बीच छायाँ शक्तिको खेल बनेको १८० सिट सिद्धान्तको कारण भाजपाभित्र धेरैखाले अड्कलको विषय बनेको छ ,जो घुमिरहेको छ । यो सिद्धान्तअनुसार यदि भाजपाको सीट संख्या २०० देखि १८० सम्म तल (मात्र) आयो भने आर.एस.एस.ले गडकरीका साथ गठबन्धन सरकार बनाउनका लागि जोड दिनसक्छ । थप पढ्नुहोस्

सूर्यबहादुर, जनमत संग्रह र पञ्चायतको प्राण–प्रतिष्ठा

सूर्यबहादुर, जनमत संग्रह र पञ्चायत
२०३६ सालमा एकदिन सूर्यबहादुरजीले मसँग जनमत नहुन्जेल कति रकम चाहिन्छ भन्नुस् भन्नुभयो । मेरो धारणामा करिब तीन करोड पचास लाख जति भए पञ्चायतलाई जिताउन सकिन्छ भन्ने थियो । त्यही कुरा प्रधानमन्त्रीज्यूलाई जवाफ दिएँ । लामो छलफलपछि उद्योगपति, ब्यापारीहरूसँग चन्दा माग्ने कुरामा हामी दुवैजना पुग्यौं । प्रधानमन्त्री निवासबाटै एक सेनाको हाकिम लिई म जाटियाको घर गएँ । उनी सुतेका रहेछन् । उठाएर सबै कुरा भने । मेरो कुरा सुनेपछि उनले एक शब्द नभनी सेफ खोले, त्यहाँ भएको सबै रकम झिके । जम्मा ६० लाख रहेछ । थप पढ्नुहोस्

सूर्यबहादुर थापा :- मृत्युपछि समेत विवाद !

सूर्यबहादुर थापा प्रतिष्ठान
काठमाडाैं । विवादास्पद मानिसले बाँचुन्जेल मात्र होइन मरेपछि पनि विवाद उठाईदिरहन्छ भन्ने नेपाली आख्यान पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको मृत्युको चौथो वार्षिकी बैशाख २ (०७६) मा मनाउने क्रममा देखापरेको छ । ‘सूर्यबहादुर थापा प्रतिष्ठान’ नामक एउटा संस्था स्थापना गर्न काठमाडौंस्थित एउटा दूतावासले ठूलो धनराशी लगानी गरेको भन्ने पहु्ँचवालाहरूकै बैठकहरूबाट सुनिएका चर्चा नसेलाउँदै सो प्रतिष्ठानले नेपाली पत्रपत्रिकालाई छोडेर ‘दक्षिणमुखी’ भनिएको एक अंग्रेजी दैनिकमा अंग्रेजीमा विज्ञापन प्रकाशित गरेको कारणले उक्त चर्चालाई पुष्टि गरेको देखिन्छ । थप पढ्नुहोस्

अनौठा विशेषताका गणेशमान सिंहको सम्झना

Ganesh_man_singh
ऐतिहासिक जनआन्दोलन दिवस ०४६ का सन्दर्भमा   उहाँ अद्भुत मानिस हुनुहुन्थ्यो, मैले त्यस्तो मानिस देखेको छैन, त्यस दृढनिश्चयको मानिस :- बीपी ♠ चन्द्रमणि गौतम ♠ ‘आत्मबृत्तान्त’मा गणेशमान सिंहबारे बीपी कोइरालाले उल्लेख गर्नुभएको छ, “....गणेशमानजी भयानक अनुशासित मानिस । उहाँले जुन नियम बनाउनु भयो, त्यसमा एक मिनेटको हेरफेर हुँदैनथ्यो– एक मिनेटको पनि । आठ वर्षमा, एकपल्ट हो वा दुईचोटी सर्दी लागेर पाँच बजे उहाँले नउठेको, नियमित चिया लिएर आउनु भयो । चिया उहाँले नै बनाउनु हुन्थ्यो र सबैको कोठामा चिया दिनुहुन्थ्यो बनाएर । एक दिन हो कि दुई दिनमात्र उहाँको नियम भङ्ग भयो । थप पढ्नुहोस्

राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद बीचका ऐतिहासिक वार्ता

Girija-gyanandra-king
जनआन्दोलन २०४६ दिवसका सन्दर्भमा  फरक समय र सन्दर्भका यी अप्रकाशित संवादहरूले तत्कालिन राष्ट्रिय राजनीतिलाई छर्लङ्ग पार्छन् ♥ चन्द्रमणि गौतम ♥ स्थान :- वीरेन्द्र सैनिक अस्पताल, छाउनी । दिन :- २०५८ साल जेठ २१ गते आइतबार । समय :- अपरान्ह अन्दाजी ४ बजे । बादल लागेको मौसम, तर पानी परिहाल्ला जस्तो लागेको छैन । तत्कालिन अधिराजकुमार (राज्य सहायक) ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सैनिक अस्पतालको प्राङ्गणमा लगाइएको सामियाना नजिक उभिएका छन् । सामियानामा यतिखेर कोही छैन । सैनिक सुरक्षा अत्यन्त कडा बनाइएको छ । थप पढ्नुहोस्

राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग किसुनजीका ऐतिहासिक संवाद

ऐतिहासिक सामग्री स्थान : नारायणहिटी राजदरबारको प्राङ्गण । मिति : २०४७ कात्तिक २३ गते शुक्रबार । २०४७ को संविधान जारी गर्न स्व. राजा वीरेन्द्रले आफ्नै खल्तीबाट एउटा पत्र निकालेर शाही घोषणा गरेपछि सकिएको छ । यो संविधानका पक्षमा तत्कालीन राजदरबारमा शक्ति खेलाएर र शान देखाएर बसेका कसैको रुची थिएन । तैपनि सो दिन मुलुकको सत्तावृत्तका महत्वपूर्ण व्यक्तित्वहरूमा चियाको चुस्कीसहित नयाँ संविधानप्रतिको खुल्दुली, भेटघाट र चर्चा भइरहेको छ । थप पढ्नुहोस्

यौनबारे सुपरिचित महिलाका विचार

पहिलो रजस्वला हुँदाको आश्चर्य मैले भोगेका पुराना रोचक किस्सा पनि छन् । जब, महिला र पुरुषको संसर्गबाट बच्चा जन्मिन्छ भन्ने थाहा पाएँ, आश्चर्य लागेको थियो । त्यतिवेला म ‘बच्चा पाउन कस्तो खालको पुरुषलाई सहवासको लागि निम्ता दिने होला ?’ भनी सोच्थें । मनमनै स्कुलमा पढाउने शिक्षकमध्येबाट एकजना छान्थे । जब सहवासका लागि विवाह गर्नुपर्छ भन्ने थाहा पाएँ, तब फाँटिलो जमिनहरू मेरो रोजाइमा पर्थे । त्यहाँका पुरुषहरूसँग विवाह गर्ने सोच्थे । पहिलोचोटि रजस्वला हुँदाको दिन सम्झँदा मलाई अझै हाँसो लाग्छ । रगत आएको थाहा पाएपछि जुका पसेजस्तो लाग्यो । थप पढ्नुहोस्

पहिलो भारतीय प्रधानमन्त्रीका रुपमा रेकर्ड राखेका मोदीका रोचक विशेषता

‘तपाई (गोर्खा) हरूको सपना मेरो सपना हो । यो सपनालाई हामी पूरा गर्नेछौं । हिमालय क्षेत्रका राज्यहरूका लागि अलग विचारधाराले सोचिएन भने विकास हुँदैन ।.....देशका सिमाना बचाउन गोर्खा भाईहरूको योगदान छ । भारतका कुना–कुनामा गोर्खा भाईहरू काम गरिरहेका छन् । जहाँ गए पनि गोर्खा सेक्युरिटी हुन्छ ।.....देशका नागरिकहरू पुलिस प्रशासनमाथिभन्दा बढी गोर्खा दाजुभाईहरूमाथि विश्वास गर्छन् । गोर्खामाथि देशलाई विश्वास छ । यो विश्वास तपाईहरूले मिहिनेतबाट कमाउनु भएको सम्मान हो,’ (०७० चैत २७ बिहिबार मोदीले सिलिगुढी नजिक खोपरेलको आफ्नो चुनाबी सभालाई गरेको सम्बोधन भाषणबाट) । थप पढ्नुहोस्

शक्तिशाली र समृद्ध देश बनाउन सक्ने पृथ्वीनारायण शाहका ३९ वटा नीतिहरु

काठमाडौं । पृथ्वीनारायण शाहका दिव्योपदेशहरुका बारेमा थोरै मात्र प्रचारप्रसार भएको छ । दिव्योपदेशप्रति चासो राख्नेहरुले पनि यसको वास्तविक अर्थ नबुझन् सकिरहेका छैनन् । कतै पारसी भाषा र नेपाली भाषाको आदि स्वरुपका शव्दहरुको अधिकका कारण नयाँ पुस्तामा दिव्योपदेशका बारेमा यथार्थ ज्ञानको सञ्चार हुन सकिरहेको छैन । यसै परिप्रेक्ष्यलाई दृष्टिगत गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई व्यष्टि व्यष्टिमा प्रस्तुत गरिएको छ । थप पढ्नुहोस्

थाहा पाउनुहोस्, सन् २०१८ का विश्व चर्चित दश घटना

काठमाडौं । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ । १.इन्डोनेसियामा दुई हजारको ज्यान लिने भूकम्प यस बर्षको सम्भवतः सबैभन्दा ठूलो विनासकारी घटनाको रुपमा इन्डोनेसियाको भूकम्पलाई लिन सकिन्छ । सेप्टेम्बर २८ तारिखका दिन आएको ७ । थप पढ्नुहोस्
1 2 3 5