fbpx

सार्क ‘दालभात’ र बिमस्टेक !

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन 'सार्क' को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ‘दालभात’ गरीबी निवारण गर्ने प्रयासमा सार्क क्षेत्रीय मञ्चको एक प्रतीकात्मक प्रस्तुति पनि हो । सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने विषयलाई उनीहरुको आधारभूत तथा नैसर्गिक अधिकारका रुपमा सो घोषणापत्रमा प्रस्तुत गरिएको छ । दालभात यस क्षेत्रका नागरिकको साझा खाना हो । थप पढ्नुहोस्

द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !

बैतडी । दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जनक बहादुर चन्दलाई अक्षर लेख्ने र कुची, रङ्ग र ब्रससँग खेल्ने काम नै रमाइलो लाग्छ । तत्कालीन माओवादी पार्टीभित्र पनि चित्रकलाकै काम गरेका ३६ वर्षीय युवक जनकले हिजोआज अक्षर लेखेर मासिक ३० हजार रुपैयाँ कमाउँछन् । थप पढ्नुहोस्

बदलियो पुल प्रविधि, हरायो रैथाने सीप

बागलुङ । आधुनिक प्रविधि भित्रिनु अघि मुलुकका विकट गाउँ र वस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर झोलुङ्गे पुल बनाइन्थ्यो । स्थानीय कालिगढहरुलाई पुल बनाउने जिम्मा दिइन्थ्यो । तर, अहिले नयाँ प्रविधिले त्यसको ठाउँ लिइसक्यो । रैथाने सीपमै आधारित परम्परागत शैलीका यस्ता पुल अहिले देख्न मात्रै पाइन्छ । धेरै पुल जीर्ण भइसकेका छन् । अब त यस्ता पुल बनाउने कुशल कालिगढहरु भेट्टाउनै पनि मुश्किल भैसकेको छ । स्थानीय कालिगढ र सीपलाई नयाँ प्रविधिले झण्डै झण्डै विस्थापन गरिसकेको छ । नेपालमा नयाँ प्रविधिको झोलुङ्गे पुल बन्न लागेको १३ वर्ष जति भयो । थप पढ्नुहोस्

खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ

काठमाडौं । नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगतमा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट । देशका लागि ज्यानको बाजी राखेर खेल्ने खेलाडीहरू घाइते हुँदा उपचार गर्ने कहाँ छ त ? अहिले यस्तो प्रश्न सबैतिरबाट उठाउन थालिएको छ । खेलाडीहरुका लागि छुट्टै अस्पताल बन्न नसक्दा उनीहरु निरुत्साहित बनेका मात्र हैन खेलकूद क्षेत्रबाटै पलायन पनि भइरहेका छन् । यसो त खेलाडीका लागि छुट्टै अस्पताल हुनुप¥यो भनेर खेलाडीहरूले सरकारको ध्यानाकर्षण नगराएका पनि होइनन् । थप पढ्नुहोस्

शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा सुधार

काठमाडौं । नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा सामान्य सुधार आएको छ । सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो । सन् २०१६ मा सो संख्यामा वृद्धि भई ५५ प्रतिशत पुगेको छ । राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले विश्व स्तनपान दिवसका सन्दर्भमा बिहीबार जारी गरेको अध्ययन प्रतिवेदनमा नेपालमा १०० मध्ये ५५ जना शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइने जनाइएको छ । बाँकी शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुने एवं उनीहरुको निरन्तररुपमा स्तनपान गर्ने सम्भावना कम रहेको प्रतिवेदनले उजागर गरेको छ । थप पढ्नुहोस्

अस्पतालजन्य फोहरबाट वातावरणमा दुष्प्रभाव

काठमाडौं । अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधिजन्य फोहर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि त्यसलाई कडाइका साथ अपनाएको पाइँदैन । काठमाडौं उपत्यकाका अधिकांश स्वास्थ्य क्लिनिकले त्यस्ता फोहरलाई सामान्य फोहर सरह मिल्काउने गर्दा वातावरणीय प्रदूषण भयावह बनेको मात्रै हैन विभिन्न रोगको संक्रमण फैलने जोखिम पनि बढाएको छ । यस्ता संस्थाबाट निस्कने फोहरमध्ये काँच, धारिला पदार्थ र सुईजन्य फोहरबाट गम्भीर चोटपटक लाग्ने खतरा रहन्छ । थप पढ्नुहोस्

बिपीको साहित्यिक योगदान अतुलनीय

पोखरा । महामानव बिपी कोइरालाको ३६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक समाजवादका विचारक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका उनको साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण छ । कवि तीर्थ श्रेष्ठका अनुसार नेपाली आख्यान विधाका शिखर व्यक्तित्व कोइराला नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने प्रमुख व्यक्ति थिए । थप पढ्नुहोस्

बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

मंगलबारे, इलाम । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ । नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए अनाएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो । सबै शिक्षक आए नआएको र अनुगमन गर्न सम्बन्धित विद्यालय पुग्नु नपरेपछि समयको बचत भएको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले बताए । नगर प्रमुख रणबहादुर राईले आफ्नो कार्यकक्षबाट नै कतिजना शिक्षक विद्यालय हाजिर भएको, कतिजना नआएको साथै पूरा समय विद्यालय बसे नबसेको कार्यालयबाट नै जानकारी लिने गरेका छन् । थप पढ्नुहोस्

सरकारले घोषणा गरेको अनुदान नपाउँदा भूकम्पपीडित समस्यामा

ओखलढुंगा । भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका पीडितले मापदण्डअनुसार घर नबनेको भनी अनुदान नपाएपछि समस्यामा परेका छन् । घर भत्किएर ओत लाग्ने ठाउँ नभएपछि पीडितले अनुदान पाइएला भनी महँगो ब्याजदरमा ऋण लिई आफैँ पुनःनिर्माणमा जुटे । ऋण गरी घर बनाएर बसे । त्यस्ता लाभग्राहीले मापदण्ड पूरा नभएको भनी हालसम्म पनि सरकारले घोषणा गरेको रु तीन लाख अनुदान पाउन सकेका छैनन् । भूकम्प प्रभावित लाभग्राही सूचीमा परेकाले पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान पाउने कार्यविधि छ । थप पढ्नुहोस्

उपचारमा विश्वस्त नहुदा चितवनका २५ प्रतिशत बिरामी जिल्ला बाहिर

नारायण अधिकारी चितवन । उपचारका लागि सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति भएर पनि जिल्लाका बासिन्दा उपचारमा विश्वस्थ हुन नसकेको पाइएको छ । मेडिकल सिटिका रुपमा भरतपुरलाई चिनाउन चाहे पनि २५ प्रतिशत हाराहारी जिल्लावासीले उपचारको गन्तव्य जिल्ला बाहिर बनाउने गरेका छन् । सुविधा सम्पन्न एउटा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, एक केन्द्रीयस्तरको सरकारी अस्पताल, एउटा आँखा अस्पताल र १८ वटा १५ श्ययाभन्दा माथिका निजी अस्पताल भरतपुर महानगरपालिकामा छन् । थप पढ्नुहोस्
1 2 3 4