विरोध प्रदर्शनका लागि स्थान तोकिँदा जनजीवन सहज हुने अपेक्षा

प्रकाश सिलवाल काठमाडौं । सरकारले विरोध प्रदर्शन गर्न पाइने भनेर निश्चित स्थान तोकिदिएपछि काठमाडौँ उपत्यकाको सवारी आवागमन र व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु नागरिकको मौलिक हक भएपनि मुख्य बजार र मुलुकको केन्द्रीय निकायको प्रवेशमार्गमा रहेको माइतीघर मण्डलाजस्ता स्थानमा हुने विरोध प्रदर्शनले आममानिसले हैरानी खेप्दै आएका थिए । थप पढ्नुहोस्

पुनःनिर्माण गर्न चाहनेले पाएनन् पशुपति क्षेत्रका सम्पदा

पूर्णप्रसाद मिश्र काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिरमा भक्तजनले तीन वर्षदेखि यस्तो सूचना पढ्दैआएका छन् – ‘भूकम्पका कारण मन्दिर पूर्णरुपमा क्षति हुन पुगेकाले प्रवेश निषेध गरिएको छ ।’ यो मन्दिरको पुनःनिर्माण कहिले हुन्छ होला भन्ने खुल्दुली मन्दिर क्षेत्रमा पुग्ने अधिकांश मानिसको मनमा जाग्छ । पशुपति र गुह्येश्वरीबीचको मृगस्थली जंगलमा रहेको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको थियो । भूकम्पले धुजा धुजा भएको मन्दिर त्यसै वर्ष भदौ ४ गतेको वर्षाले ढल्यो । थप पढ्नुहोस्

हिलाम्मे सडकका कारण सर्वसाधारणलाई आवतजावतमा सास्ती

कुसुम विश्वकर्मा काठमाडौं । काठमाडौंमा हल्ला बर्षा होस या अविरल पानी पर्ने बित्तिकै हिलाम्मे हुने सडकका कारण दैनिक जसो आवतजावत गर्ने आम सर्वसाधारणलाई सास्ती भएको छ । पानी पर्ने बित्रिकै दैनिक जसो हिलाम्मे हुने अवस्थाका सडकमा सरकार मातहतका सडक डिभिजनको त आँखा जान सकेको छैन भने जिल्ला सदरमुकाम स्थित नगर र गाउपालिकाका सडकको हालत अझै कस्तो होला कल्पना सम्म नि गर्न सकिदैन । थप पढ्नुहोस्
1 2 3 4