संविधानमा फेरि धर्मको विवाद !

२०७६ सालपछिको कालखण्डमा वर्तमान संविधानमा ‘आनको तान’ हेरफेर हुने कारण ♠ इन्द्र रिजाल  ♠ केही रहस्यमय घटनाक्रम :- ‘श्रीपेच गायब भएन स्थापित भयो’ :- गएको दशैँ फूलपातीको पूर्वसन्ध्यामा सबै चाडपर्व मनाउन तल्लिन थिए । राजधानीबाट २५ लाख मानिस उपत्यका छोडेर घरतिर लागेका थिए । त्यही मौका छोपेर सरकारले राजतन्त्रजन्य श्रीपेच, राजगद्दी, रानीले लगाउने टायरा (मुकुट), राजदण्ड आदि राजतन्त्रका पहिचानलाई स्थापित ग¥यो । कुनै प्रचण्ड दबाबलाई टार्न नसकेपछि बिर्सिँदै लगेको राजतन्त्रको पहिचान स्थापित भयो । थप पढ्नुहोस्

प्रधानमन्त्री ओली र उनका मन्त्रीको निर्देशनको बिजोग !

♦ सञ्चिता पौड्याल / नेपालबहस टिप्पणी ♦ अपत्यारिलो र हामीलाई अचम्म लाग्ने एउटा घटनालाई उदाहरणका रुपमा लिएर प्रसंग शुरू गरौँ । सन् ८० को दशकमा नेपालको औपचारिक भ्रमणमा आएका जर्मनीका चान्सलर हेल्मुट कोहललाई दृश्यावलोकनका लागि पाटन दरबार स्क्वायर क्षेत्रमा लगियो । उनी त्यहाँका मन्दिर र स्मारकहरू ध्यानपूर्वक हेर्दै बिस्तारै हिँडिरहेका थिए । उनैको तालमा स्वागत र भ्रमण टोलीको हुल पनि । एउटा सानो तर जीर्ण हुन थालेको मन्दिरमा कोहलका आँखा टक्क अडिए र उनले सवारीमन्त्री र आफ्ना राजदूतलाई भने “यो मन्दिरको मर्मतसम्भार गर्नुपर्ने भएछ ।” उनले त्यतिमात्र भने । थप पढ्नुहोस्

हलिगोठाला र भरौटेहरुको मानविय संवेदना !

♥ शान्तिमान श्रेष्ठ ♥ प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुनुहुन्छ र उहाँको सघन उपचार चलिरा'छ । सर्वप्रथम उहाँको शिघ्र स्वास्थलाभको कामना ! हालैका दिनमा प्रधानमन्त्री ओलीका बारे सामाजिक संजाल र अनलाइन मिडियाहरुमा विभिन्न अफवाह फैलाइए । एकथरीहरु मरेमरोस, उखाने , रिप, मरेदेखि विदेशमा उपचार गर्न लाग्ने राज्यको पैसा बचत हुन्थ्यो , उखान सुन्न नपाइने भयो ... इत्यादी खालको कटु बचन पोख्न ब्यस्त रहे । अर्कोथरीहरु यस्तो तितो बचन पोख्नेहरु प्रति खनिंदै मानवीय संवेदना हराएको , निर्दयी , हृदयहिन शैतानहरु भन्न भ्याए । यस सन्दर्भमा मेरो आफ्नै खाले दृष्टिकोण छ । थप पढ्नुहोस्

नेपालका दलितलाई यसरी बुझौँ कि !

♦ रामशंकर लकान्द्री ♦ मलाई यो समाजले ‘कामी’ भन्ने गरेको छ । छुवाछुत, उपेक्षा र तिरस्कार भोग्नु त छँदैछ, जसो गर्दा पनि जश नदिने समाज हाम्रा अगाडि पहाड झैँ उभिएको छ । उपमा हेर्नुस् त, हामीले अलिक सुकिला लुगा लगायौँ भने ‘कामीको बेहुलो जस्तो’ भनिदिन्छन् । अलिक धैलोमैलो देखे भने ‘आरनमा बसेको कामीजस्तो’ भन्न थाल्छन् । हामीले कस्तो हुँदाचाहिँ यो समाजलाई उपयुक्त लाग्ने ? त्यसैले इन्द्र रिजालजीको यो ‘नेपाल बहस’ अनलाइनमा म आज न्यायको लागि आगो ओकल्नेवाला छु । केही कुरा हामीलाई अछुत र दलित बनाउनेलाई भन्नेछु । थप पढ्नुहोस्

कम्युनिष्ट पाखण्डबाज : दशैं टीका र स्वास्थ्य लाभ !

♦शान्तिमान श्रेष्ठ♦ प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेर नेकपाले आयोजना गरेको चियापान समारोहमा जान सकेन्छन। उनको वृत्तिको कारण म उनको कटु आलोचक हुँ । मार्क्सवाद आफैंमा एउटा काँचो र लंगडो दर्शन हो । यो आर्थिक दर्शन हुनसक्छ तर जीवन दर्शन कदापी होइन । म व्यक्तिगत रुपले पूर्विय दर्शनप्रति श्रद्धा र भक्तिभाव राख्छु । पूर्विय दर्शनको ठिक उल्टो मत छ मार्क्सवादी दर्शनको । यहि पाखन्डवाजलाई महशुस गरेर हुनपर्छ, कुनै दिन देवासुर संग्राम लेख्ने मोदनाथ प्रशिृत आजभोली प्रायश्चित गर्दै वेदपाठ गरेर बस्छन । थप पढ्नुहोस्

शितल निवासमा ओलीको ‘लम्पसारवाद‘

♠ इन्द्र रिजाल ♠ प्रधानमन्त्री के.पी. शर्मा ओलीले स्वाभिमानहिन चरित्रलाई घृणा र निन्दास्वरुप भन्ने गरेको ‘लम्पसारवाद’ ओलीकै शासनकालमा शितल निवास (राष्ट्रपति भवन) ले लागु ग¥यो । उनले स्वाभिमानहिन भएर भारततिर धाउनेहरूलाई भन्ने गरेको यो शब्द अब उनकै शासन शैलीलाई ठ्याक्कै मिल्ने सुत्र हुन पुगेको छ । गणतन्त्रात्मक राज्यले आफ्नो चरित्र त गुमाएकै थियो, न्यूनतम सभ्यतापनि गुमाई सकेछ भन्ने यथार्थचित्र राष्ट्रपतिले कार्तिक २ गते दशैँको टीका लगाइदिन शितलनिवासमा आयोजित समारोहमा महत्वपूर्ण व्यक्तिहरूको हुर्मत लिएका चित्रहरूले प्रमाणित गरिदिए । थप पढ्नुहोस्

‘तेस्रोलिङ्गी’ र ज्यानमारा कम्युनिस्ट : जंगबहादुर र कोतपर्वको रिहर्सल !

नेकपा भन्ने यस्तो पार्टी हो जसको चरित्र आफ्नो लाज छोप्न अर्काको लगौँटी खोस्ने लबस्तर्याँई गर्न पछाडि पर्दैन ♠सञ्चिता पौड्याल♠ कहिल्यै नसुनिएको एउटा अचम्म ! हालैको प्रतिनिधिसभाबाट उत्पत्ति भएका ११ वटा विधेयक राष्ट्रियसभाका सांसद्ले पल्टाउन पनि पाएनन्, हतारहतार पारित गरियो । राष्ट्रियसभामा उत्पत्ति भएका ५ वटा विधेयक पनि प्रतिनिधिसभाबाट त्यसरी नै पारित भए । एउटा सभाले गरेको गल्ती अर्को सभाले सच्याउन तथा व्यापक सरोकारका विषयमा पर्याप्त छलफल गरी पारदर्शी रुपमा कानुन बनाउन दुई सदनात्मक व्यवस्था गरिएको हो । तर एक सदनात्मक व्यवस्था जसरी कानुन बनाइयो । थप पढ्नुहोस्

‘बाँचेका नेताले डुबाएको, मरेका नेताहरूले बचाएको पार्टी’ काँग्रेसको पछिल्लो दशा र दिशा

सामयिक- समीक्षा आज काँग्रेसमा महाभारत चरित्र चलखेल गरिरहेको छ । रामायणको आदर्शमा राज्यका निम्ति भाईहरू लडदै–लडदैनन्, तर महाभारतको चरित्रमा राज्यका निम्ति भाईहरू नलडी छोेड्दैनन् । ♣इन्द्र रिजाल ♣ नेपाली काँग्रेसलाई ‘बाँचेका नेताले डुबाएको, मरेका नेताहरूले बचाएको पार्टी’ भन्छन् । काँग्रेसको वर्तमान नेतृत्वकर्ताहरूको वैचारिक पक्ष एकदमै निरासलाग्दो भएकोले यसो भन्नेहरूको तर्कमा दम छ । उपलब्ध परिस्थितिमा पार्टीले कुन नीतिगत बाटो लिने ? लक्ष्य र रणनीति के हो ? यसबारे कुनै संवेदनशीलता देखिएको छैन । थप पढ्नुहोस्

सफल अर्थमन्त्रीको मापदण्ड राजश्व बृद्धि होईन

अर्थतन्त्रको कहालीलाग्दो गति ! श्वेतपत्र जारी गरेर देशको आर्थिक हालत देखाउने अर्थमन्त्री नै अर्थतन्त्रका घातक हुनुपर्ने कारण के हो ?   राजश्व बृद्धिले मात्र अर्थतन्त्रको आधार तय गर्दैन । करको दर बढाएर मात्र देशको विकास हुने होईन । यो नै अर्थतन्त्र मजबुत भएको सुचांक होइन । किनकी राज्य व्यापारी होइन । व्यापारीले नाफा कमाए जस्तो राज्यले राजश्व बृद्धि गरेर अर्थमन्त्रीले नाक फुलाउदैमा आर्थिक सुचांक बलियो भएको मानिदैन् । राज्यको अर्थतन्त्र बलियो हुन त जनताको प्रतिव्यक्ति आयमा बृद्धि हुनुपर्छ । कुल ग्रार्हस्थ उत्पादनमा बढोत्तरी हुनु पर्यो । थप पढ्नुहोस्

भारतलाई खुम्च्याउँदै चीनको पहलमानी उपस्थिति

‘शान्ति क्षेत्र’बाट ‘सामरिक महत्वको क्षेत्र’ मा परिवर्तन भइरहेको नेपालमा ‘अबको साम्राज्यवादी’ चीनको विजयी मानसिकतासहित बर्चश्व ♠ इन्द्र रिजाल ♠ नेपालको सत्ता–शिखरमा राजनीतिको तास फिट्ने काम भइरहेको मौका छोपेर पोहोर स्थानीय तहको निर्वाचन भइरहेको मुहूर्त छानेर, नेपालले चीनको ‘एक क्षेत्र एक सडक’ (वन बेल्ट वन रोड– ‘ओबोर’) प्रस्ताबमा सहीछाप गरेर ओबोरको सदस्य बन्यो । थप पढ्नुहोस्
1 2 3 4