हुम्लाका आठवटै वडामा नुनको अभाव, एक किलो रु ७० !

हुम्ला । हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताए । जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरद्वारा बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा रु ७० तिरेर खानु परेको शाहीले बताए । थप पढ्नुहोस्

म्यान्मामा लगानी गर्न नेपाली उद्यमीलाई सुकीको आग्रह

काठमाडौँ । म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्न आग्रह गरेकी छन् । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन् । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मामा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गरिन । थप पढ्नुहोस्

चामल पाउनका लागि कर्मचारीलाई तलब प्राप्त गरेको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता

♦दाने बोहरा ♦ हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैंक र सिटिजन इन्टरनेशनल बैंकबाट तलब प्राप्त गरेको कागज र कार्यालयको हाजिरी रेकर्डलगायत कागजात पूरा गरेको हुनुपर्छ । ती कागजातका आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले १५ किलोग्राम चामल उपलब्ध गराउनका लागि सम्बन्धीत निकायमा तोक लागाउने गर्छ । थप पढ्नुहोस्

पेट्रोलियम पाइप लाइन निर्माणका लागि निकुञ्जभित्रका ५ हजार रुख काट्ने तयारी

बीरगंज । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको करीब पाँच हजार रुख काटने तयारी भइरहेको छ । नेपाल र भारत सरकारको उच्च प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्यका लागि यतीधेरै रुखहरु कटान गर्न लागिएको हो । काम द्रुत गतिमा भइरहेको कार्यालयले जानकारी दिएको छ । काम निकट भविष्यमै हुने तथा भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको परियोजनाको कार्यालय सिमराले जनाएको छ । थप पढ्नुहोस्

वाइडबडी खरिद प्रकरण : ७ दिनभित्र राय पेश गर्न अनुगमन कार्यालयलाई निर्देशन

काठमाडौं । वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।आज सिंहदरबारमा कार्यालयका निर्देशक रामचन्द्र शर्मा, सचिव मधुप्रसाद रेग्मीलगायतसँग छलफल गरी समितिका सभापति भरत शाहले निर्देशन दिएका हुन्। समितिले कार्यालयका निर्देशक, सचिवलगायतलाई वाइडबडी विमान खरिद एेनअनुसार भएको छ कि छैन ? भनी प्रश्न गरेका थिए। जवाफमा कार्यालयका सचिव रेग्मीले अहिले नै औपचारिक रुपमा जानकारी दिन नमिल्ने बताए। कार्यालयले समय माग गरेपछि समितिले ७ दिनको म्याद दिएको छ । थप पढ्नुहोस्

उपभोक्तालाई ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

काठमाडौं । पेट्रोलियम पदार्थमा उपभोक्तालाई ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो । थप पढ्नुहोस्

उद्योग दिवस : उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए । विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, एक हजार ६४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब र ४२ हजार ७२३ लघु, घरेलु तथा साना उद्योगमा चार खर्ब ३२ अर्ब लगानी रहेको सिंहले जानकारी दिए । यसमा स्वदेशी लगानीका मझौला तथा साना उद्योग र विदेशी लगानीका सबै उद्योग रहेका समावेश छन् । थप पढ्नुहोस्

नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् । श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा एओटीएसद्वारा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षासम्बन्धी कानुनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको धारणा राखेका छन् । थप पढ्नुहोस्

नुन सर्वसुलभ बिक्री भइरहेको छ : साल्ट ट्रेडिङ

धनगढी । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाजुरा जिल्लामा तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री वितरण नभएको जनाएको छ । कर्पोरेशनको धनगढीस्थित सेती अञ्चल कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफूले बाजुरा जिल्लाको नुन बिक्रीको विषयमा स्थलगत अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढी रकममा कहीँ कतै नुन बिक्री वितरण नभएको पाइएको बताए। जिल्ला प्रशासन कार्यालय बाजुराले पनि गरेको स्थलगत अनुगमनका क्रममा जिल्लाको कवाडी, मार्तडी, कोल्टीमा रहेका डिपोबाट ‘भानु’ नुन प्रतिकिलो रु नौ का दरले बिक्री वितरण भइरहेको जानकारी कर्पोरेशनलाई दिएको छ । थप पढ्नुहोस्

१३ करोड मूल्यको चिनी बन्दरगाहमै थन्कियो

बीरगंज । सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ । हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको पश्चिम बङ्गालको हल्दियास्थित रेणुका सुगर मिलबाट सो परिमाणको चिनी आयात गरेको थियो, तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किन पुगेको हो । थप पढ्नुहोस्
1 2 3 15