नक्कली सुन बेच्न खोज्ने २ जना पक्राउ

काठमाडौं । नक्कली सुन बेच्न खोज्ने दुईजना पक्राउ परेका छन् । दुई किलो नक्कली सुन उनीहरुले ६६ लाखमा बेच्न खोजेका थिए । पक्राउ पर्नेमा सिन्धुपाल्चोक वलेफि घर भई हाल चावहिल वस्ने २३ वर्षका लालबहादुर लामा र सिन्धुपाल्चोक मेलम्चीका राजिव तामाङ रहेका छन् । उनीहरुले हिजो आफूहरुसंग दुई किलो सुन रहेको र ६६ लाखमा बेच्चे भन्दै ग्राहक खोजिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट पक्राउ गरेको हो । थप पढ्नुहोस्

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

पाल्पा । पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जनालाई पक्राउ परेका छन् । घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरी फरार रहेको भन्दै पीडित बालिकाका परिवारले प्रहरीमा उजुरी गरेपछि ती पुरुषलाई पक्राउ गरिएको हो । प्रहरीको विशेष टोलीले आरोपीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ । पक्राउ पर्नेकोसमेत प्रहरीले परिचय खुलाएको छैन । घटना गएको मंसिर ९ गतेको हो । थप पढ्नुहोस्

२ किलो सुनसहित निमा दोर्जे पक्राउ

काठमाडौं । दुई किलो सुनसहित १ जना रसुवामा पक्राउ परेका छन्। रसुवाको स्याब्रुबेसीबाट काठमाडौं आइरहेको ना १ ज ६१७६ नम्बरको गाडी जाँच गर्ने क्रममा गोसाइकुण्ड गाउँपालिका– १, थुमनका निमा दोर्जे तामाङ पक्राउ परेको रसुवाका प्रहरी निरीक्षक रन्जन अवाले जानकारी दिए। उनलाई रसुवाको धुन्चे ६ बाट नियन्त्रणमा लिइएको अवाले बताए। केहीबेरमा पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी दिने बताइएको छ । थप पढ्नुहोस्

नवजात शिशुको शव फाल्दै गर्दा आमा पक्राउ

काठमाडौं । नवजात शिशुको शव फाल्दै गर्दा संखुवासभाको खाँदबारी नगरपालिकामा आमा पक्राउ परेकी छन् । खाँदबारी नगरपालिका–६ मयम भन्ने ठाउँमा शिशुको हत्या गरेको आरोपमा ३७ वर्षकी एक महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । ती महिलाका श्रीमानको झण्डै दुईवर्षअघि मृत्यु भइसकेको र अवैध गर्भधारण गरी शिशुलाई जन्मदिएपछि हत्या गरेर फाल्दै गरेको भन्ने स्थानीयका सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डोकोमा मृत अवस्थामा भेटिएको नवजात शिशुको शव परीक्षणका लागि अहिले जिल्ला अस्पतालमा राखिएको छ । थप पढ्नुहोस्

दश किलोग्राम चरेश सहित एक जना पक्राउ !

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले १० किलोग्राम ४०० ग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा लागुऔषध बोकेर हिडिरहेको अवस्थामा धादिङका ३१ वर्षीय कमल तामाङलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा कालो रङको झोलाभित्र खैरो रङको कार्टुनभित्र लुकाएर ल्याएको अवस्थामा तामाङलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका तामाङमाथि थप अनुुसन्धान भइरहेको परिसरले जनाएको छ । थप पढ्नुहोस्

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । कार्यक्रममा संवैधानिक आयोगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु पनि सहभागी छन् । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । थप पढ्नुहोस्

छोराले गरे बुबा र ठूलोबुबाको हत्या कैलालीमा

धनगढी । कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाउँमा छोराले आफ्नो बुबा र ठूलाबुबाको हत्या गरेका छन्। बलिया गाउँका जहरीलाल चौधरीले बुबा चक्रा थारु र ठूलाबुबा पल्टु थारूको हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ। उनलाई अहिले प्रहरीले पक्राउ गरेको छ। आमा दिलबहादी देवी चौधरीको टाउको र बायाँ कानमा चोट लागेको बताइएको छ। उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

रातोपुलमा प्रहरी र लिम्बुबीच गोली हानाहान, १ जना घाइते

काठमाडौं । काठमाडौंको  रातोपुलमा  प्रहरीसँग गोली हानाहान हुँदा आज एक जना घाइते भएका छन् । इटहरीका राजन लिम्बुसँग गोली र पेस्तोल भएको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा रातोपुलमा गोली हानाहान भएको प्रहरीले जनाएको छ । लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो भएको उक्त घटनामा प्रहरीको गोली खुट्टामा लागेर घाइते भएका लिम्बुको प्रहरी नियन्त्रणमा उपचार भइरहेको समेत महाशाखाले जानकारी दिएको छ । थप पढ्नुहोस्

५ बर्षिय बालिका बलात्कृत, १ युवक पक्राउ

काठमाडौं । हेटौडा उपमहानगरपालिका १९ बर्कौली बस्ने ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंसिर २० गते बेलुका बालिका लाई ललाई फकाई गाँउकै एक युवकले जवरजस्ती करणी गरेको खुलेको छ । प्रहरीमा उजुरी परेपछि सोही ठाँउका २१ बर्षीय राकेश मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका क्तानलाई म्याद थप गरी अनुसन्धान गरी रहेको इलाका प्रहरी कार्यालय नेवारपानीले बताएको छ । थप पढ्नुहोस्

लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । अवैध रुपमा ल्याएको लागूऔषधसहित युवकलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले पक्राउ गरेको छ । प्रभागको टोलीले काठमाडौँ महानगरपालिका–२ नागढुङ्गामा गरेको जाँचमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बसमा आउँदै गरेका काठमाडौँ बौद्धका २० वर्षीय सान्जे शेर्पालाई आज पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका शेर्पासँग ९३ एम्पुल डाइजेल्याव, ९१ एम्पुल फेनार्गन र ९० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ शेर्पालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । थप पढ्नुहोस्
1 2 3 82