बेसार उत्पादन बाट वार्षिक चार लाखसम्म आम्दानी


Share This

नेपालबहस संवाददाता    

गाईघाट । लामो समयदेखि कृषकले परम्परागत रुपमा बेसार उत्पादन गर्दै आएका छन् । चौदण्डी नगरपालिकाको सिद्धिपुर क्षेत्रका कृषकले बेसार उत्पादनबाट वार्षिक रु चार लाखसम्म आम्दानी गर्न थालेका छन् ।

सावा सिद्धीपुरका हर्कबहादुर मगर बीस वर्षदेखि बेसारखेती गर्दैआउनुभएको हो । उहाँले पछिल्लो चार वर्षदेखि आधुनिक रुपमा बेसारखेती गर्न थालेपछि मनग्य आम्दानी गर्न थाल्नुभएको हो ।

विगतमा यहाँका कृषकले परम्परागत स्थानीय जातका बेसारखेती गरेर वार्षिक रु ५० हजारसम्मको आम्दानी गर्ने गर्थे भने अहिले उनीहरुले बेसारखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । सिद्धिपुरका भगेन्द्र मगर सुगन्धा जातको बेसारखेती गरेपछि विगतको तुलनामा आम्दानीमा वृद्धि भएको बताउनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारी पनि सुगन्धा प्रजातिको बेसारखेती गर्न थालेपछि कृषकको आम्दानी बढेको बताए ।

सिद्धिपुरका २५ घरका कृषकले वार्षिक २५० बोरासम्म बेसार बिक्री गर्ने गरेका छन् । काभ्रेको बनेपाबाट नयाँ सुगन्धा प्रजातिको बेसारको बीउ ल्याएर सिद्धिपुरका ४० कृषकले बेसारखेती गरेका हुन् ।

उत्पादित बेसार विराटनगरस्थित गोल्छा कम्पनीले खरिद गर्ने गरेको छ । जिल्लाको ४५० हेक्टर क्षेत्रफलमा करीब सात सय मेट्रिक टन बेसार उत्पादन हुने गरेको कृषि कार्यालयले जनाएको छ ।
–––

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार