स्वीस नेसनल बैंकमा नेपालीको ३५ अर्ब रुपैयाँ


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । गोपनीयताको कानूनी आडमा ग्राहकको परिचय नखोल्ने गरे पनि स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ ।

विदेशी ग्राहकहरूको सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक त्यस बैंकमा राखेको पाइएको छ ।

९एक फ्र्याङ्क बराबर ११० रुपिञा हुन्छ० जसअनुसार स्वीस नेसनल बैंकमा रहेका नेपालीहरुको रकम ३५ अर्ब ५१ अर्ब ६८ लाख रुपैयाँ हुन्छ । नेपाली ग्राहकको संख्या खुलाइएको छैन ।

हिमालयन टाइम्स अनुसार, माथि उल्लेखित अङ्क करीव ३२ करोड २९ लाख फ्र्याङ्क सन् २००८ को दाँजोमा चौगुणा बढी हो । १० वर्षअघि यो रकम आठ करोड ६२ लाख २० हजार थियो ।

बैंकमा संसारका झण्डै दुईशय देशका मानिसको खाता रहेको र निक्षेपको आधारमा नेपाल १०९ औं हो । बेलायत, अमेरिका, वेष्ट ईण्डिज , फ्रान्स र जर्मनी माथिल्लो पाँचमा पर्दछन् ।

प्रचलित नेपाल कानूनले नेपाली नागरिकलाई विदेशी बैंकमा पैसा पठाउने अनुमति दिँदैन तर अवैध माध्यमबाट रकम पठाउने क्रम भने तीव्र भएको देखिन्छ ।

लोकान्तर

तपाईको प्रतिक्रिया