बजेटमाथि आज विभिन्न विभागीय मन्त्रीहरुले जवाफ दिने


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेटको विनियोजन शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज पनि मन्त्रीहरूले जवाफ दिने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा सांसद्हरुले उठाएका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम हिजो आइतबारदेखि सुरु भएको हो।

आइतबार ११ विभागीय मन्त्रीहरूले जवाफ दिएका थिए। आज सोमबार प्रधानमन्त्री कार्यालय र मातहतका निकायसहितका १० मन्त्रालयका विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यतालिका रहेको छ ।

आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा विभागीय मन्त्रीहरूले जवाफ दिनेछन्।

यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार र प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको बजेटबारे विभागीय मन्त्रीहरूले जवाफ दिनेछन्।

तपाईको प्रतिक्रिया