साता दिन देखि सुनको मुल्य यथावत


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली बजारमा केही सातादेखि लगातार सुनचाँदीको मूल्यमा यथावत नै कायम भएको छ ।

आइतबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, साताको लगातारझैं सोमबार पनि यही मूल्यमै सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।सोमबार चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आइतबार प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया